२०८३ असोज २८ गते बुधबार

ग्यास लिनेको लाइन, नपाएको उपभोक्ताको गुनासो [फोटोफिचर]

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २५
LP Gas Distribution – 1876
काठमाडौँ: दशैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौँ उपत्यकाका विभिन्न ६ स्थानबाट ग्यास वितरण तथा सिलिन्डर साट्ने व्यवस्था सुरु गरिएको छ। तर, जुनसुकै कम्पनीको खाली सिलिन्डर साट्न सकिने भनिए पनि कतिपय उद्योगले आफ्नै ब्रान्डका सिलिन्डर मात्र साटिदिएको उपभोक्ताले गुनासो गरेका छन्।
नेपाल एलपी ग्यास उद्योग संघका अनुसार घटस्थापनादेखि फूलपातीसम्म सञ्चालन हुने यस व्यवस्थाअन्तर्गत उपभोक्ताले आफूसँग भएको जुनसुकै कम्पनीको खाली सिलिन्डर बुझाएर अर्को ब्रान्डको भरिएको सिलिन्डर लिन सक्नेछन्। सिलिन्डर साटेबापत अतिरिक्त शुल्क तिर्नु नपर्ने भए पनि भरिएको ग्यासको तोकिएको मूल्य भने तिर्नुपर्नेछ।
संघले उपत्यकाका ६ स्थानबाट ग्यास वितरण तथा सिलिन्डर साट्ने व्यवस्था मिलाएको छ। कलंकीस्थित श्रीकृष्ण ग्यास उद्योगबाट श्रीकृष्ण र साइबाबा ग्यास वितरण भइरहेको छ। त्यस्तै, बालाजुस्थित नेपाल ग्यास उद्योग, पेप्सिकोलास्थित सगर ग्यासको गोदाम, सुकेधारास्थित बाबा ग्यासको डिपो, सिफलस्थित एभरेस्ट तथा सुगम ग्यासको केन्द्र र ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यासको गोदामबाट पनि सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ।
ग्यास वितरणका लागि बिहान ९ः३० देखि अपराह्न ४ बजेसम्मको समय निर्धारण गरिएको छ। नेपाल आयल निगमको समन्वय तथा ग्यास विक्रेता महासंघको सहकार्यमा यो व्यवस्था कार्यान्वयन गरिएको हो।
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले चाडपर्वका बेला उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने उद्देश्यले एक साताका लागि जुनसुकै कम्पनीका सिलिन्डर साट्न सकिने व्यवस्था गरिएको बताएका छन्।
उनका अनुसार बजारमा ५८ वटा ग्यास उद्योगका ५८ ब्रान्डका सिलिन्डर प्रचलनमा छन्। फरक कम्पनीको सिलिन्डर साट्दा उपभोक्ताले तीन सय रुपैयाँसम्म अतिरिक्त रकम तिर्नुपर्ने अवस्था रहेकाले नयाँ व्यवस्थाले उपभोक्तालाई राहत पुग्ने अपेक्षा गरिएको छ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले पनि उद्योगीसँगको छलफलपछि उपभोक्तालाई सहज बनाउन यस्तो व्यवस्था गरिएको जानकारी दिएका छन्।
विशेषगरी घरमा एउटा मात्र सिलिन्डर भएका परिवारलाई दशैँका बेला ग्यास खोज्दै पसलपसल धाउनुपर्ने बाध्यता कम गर्ने उद्देश्यले यो व्यवस्था ल्याइएको हो। सुविधाको दुरुपयोग रोक्न प्रत्येक वास्तविक उपभोक्तालाई एकवटा मात्र सिलिन्डर साट्न दिइनेछ। सेवा लिन आउने उपभोक्ताको पहिचान खुल्ने विवरण र मोबाइल नम्बरसमेत अभिलेखमा राखिने संघले जनाएको छ।
यद्यपि, जुनसुकै उद्योगको सिलिन्डर साट्न सकिने भनिए पनि व्यवहारमा केही उद्योगले आफ्नै ब्रान्डका सिलिन्डर मात्र स्वीकार गरेको उपभोक्ताको गुनासो छ। यसले व्यवस्था कार्यान्वयनमा प्रश्न उठाएको छ। सबै केन्द्रमा घोषित व्यवस्थाअनुसार सेवा उपलब्ध भएमा मात्रै उपभोक्ताले अपेक्षित सुविधा पाउनेछन्।
प्रकाशित: २०८३ असोज २५ गते आईतबार ११:४६
प्रतिक्रिया

थप समाचार

दसैं नजिकिएसँगै भृकुटीमण्डप खसी बजारमा चहलपहल, धमाधम भित्रिँदै खसी, बोका र च्यांग्रा (तस्विरहरू)

काठमाडौं। दसैं नजिकिएसँगै काठमाडौंको भृकुटीमण्डपस्थित खसी बजारमा चहलपहल बढ्न थालेको छ। दसैंका लागि खसी, बोका र च्यांग्रा खरिदबिक्री गर्ने तयारीसँगै बजारमा पशुचौपाया भित्रिने क्रम तीव्र...

फेरिएको दाप्चा, पहिलो गुल्जार, आजकल सुनसान (फोटोफिचर)

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–९ स्थित दाप्चा बजार। कुनै समय पूर्वी नेपाल र काठमाडौँको बिसौनी, व्यापारिक केन्द्र दाप्चा बीपी राजमार्ग निर्माण र बसाइँसराइँका कारण आजकल सुनसान प्रायः...

चाडबाड नजिकिँदै गर्दा ग्यास अभावले सर्वसाधारण सास्तीमा (तस्बिरहरु)

चाडबाड नजिकिँदै गर्दा ललितपुरको हरिसिद्धिमा खाना पकाउने ग्यास लिन उपभोक्ताको भीड लागेको छ। ग्यास लिन आएका गाडीहरूको लामो लाइनले सडकमा समेत जाम भएको छ। चाडबाडका बेला ग्यासको माग बढ्ने भए...

हरियाली बन्दै टुँडिखेल, सौन्दर्यीकरण अन्तिम चरणमा [फोटोफिचर]

काठमाडौँ महानगरपालिकाले सैनिक मञ्चको दक्षिणतर्फको क्षेत्रमा विशेष प्रजातिको बरमुढा दुबो रोप्ने कामलाई तीव्रता दिएको छ। दुबो रोपिएसँगै सुख्खा मौसममा धुलो र वर्षामा हिलो हुने समस्या कम हुने...

भूकम्पले जीर्ण बनेको जाजरकोट दरबार भत्कियो (फोटो फिचर)

भूकम्पपछि दरबारका भित्तामा चिरा पर्नुका साथै संरचना कमजोर बनेको थियो। वर्षात् र चिस्यानका कारण क्षति थपिँदै गएपछि अहिले दरबारको एउटा भाग नै भत्किएको छ। बाँकी संरचना पनि जोखिममा रहेको स्थानीय...
gagan thapa
राजनीति

कांग्रेस सभापतिमा गगनकुमार थापा विजयी, पाए ९३.८८ प्रतिशत मत

अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्। कुल ७ हजार १३ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको छ।
kalyan
ब्लग

डिजिटल युगमा समाजः एआईले मौलिक पहिचान र स्थानीय ज्ञानको सीमान्तीकरण हुने खतरा

मानव सभ्यताको विकासक्रममा प्रविधि र समाज सधैं एक अर्काका परिपूरक रहँदै आएका छन्। औद्योगिक क्रान्तिदेखि सूचना प्रविधिको विकाससम्म आइपुग्दा समाजले अनेकौं फड्को मारेको छ। तर, एक्काइसौं शताब्दीको...
ganesh_karki_1
विचार

प्रधानमन्त्रीले भारत भ्रमणमा उठाउनुपर्ने ऊर्जा क्षेत्रका सात एजेन्डा

प्रधानमन्त्रीको भारत भ्रमणको सफलता सहमतिपत्रमा हस्ताक्षरको संख्याले मात्र मापन हुनुहुँदैन। कुन परियोजना कहिले अघि बढ्ने, लगानी कसरी जुट्ने र विद्युत् व्यापारबाट दुवै देशले कसरी लाभ लिने...
default
पूर्वाधार

बूढीगण्डकी बाढी: ४४५ मेगावाट क्षमताका चार जलविद्युत् आयोजनामा क्षति

क्षति पुगेका आयोजनामध्ये टाइम्स इनर्जी लिमिटेडले बनाउन सुरु गरेको ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र बाढीले बगाएको छ। आयोजनाको निर्माण उपकरणसमेत...
image 2
प्रवास

एनआरएनए स्थापना दिवसः जापानमा एकता, सहकार्य र संस्थागत सुदृढीकरणमा जोड

टोकियो, जापान: गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्थापना दिवसका अवसरमा जापानमा रहेका नेपाली समुदायबीच एकता, सहकार्य र आपसी सद्भावलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता देखिएको बिषयमा अन्तरक्रिया...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना