२०८३ असोज २७ गते मङ्गलबार

फेरिएको दाप्चा, पहिलो गुल्जार, आजकल सुनसान (फोटोफिचर)

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २७
Dapcha Village Kavre Photos_NPL (1)

कुनै समय पूर्वी नेपाल र काठमाडौँको बिसौनी, व्यापारिक केन्द्र  काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित  दाप्चा बजार आजकल सुनसान प्रायः छ।

काठमाडौँलाई पूर्वी नेपालसँग जोड्ने प्रमुख व्यापारिक केन्द्र दाप्चा ठाउँ उही हो, घर पनि पुरानै छन्। हिजो र आजको दाप्चामा फरक भनेको यहाँ कुनैबेला हुने व्यापारिक चहलपहल हो। बीपी राजमार्ग निर्माणअघि दाप्चामा दाल, तोरी, गेडागुडी, भटमास, घिउ, खाद्यान्न, नुन, कपडालगायतको दोहोरो कारोबार हुन्थ्यो। भोजपुर, ओखलढुंगा, सिन्धुली र मिथिलातिरका मानिस पैदल हिँडेर दाप्चा आउँथे। काठमाडौँबाट पनि व्यापारीहरू दाप्चा पुग्थे।

भक्तपुरबाट बनेपा हुँदै केही नेवार परिवार व्यापारकै उद्देश्यले दाप्चा पुगेपछि दाप्चामा व्यापारिक गतिविधि झनै फस्टाएको थियो। राणाकालीन समयमा यो ठाउँ व्यापारिक केन्द्रको रूपमा विकास भएको मानिन्छ। २००० सालको सुरूआतदेखि २०५० सालसम्म दाप्चा निकै गुल्जार बजार हो।

जापान सरकारको सहयोगमा २०५३ साल (सन् १९९६) मा बीपी राजमार्ग निर्माण सुरू भयो। २०७१ सालमा (सन् २०१५) मा निर्माण कार्य सकेर नेपाल सरकारलाई हस्तान्तरण गरियो। यसपछि पूर्वी नेपाल आउजाउ गर्ने, व्यापार गर्नेहरू राजमार्ग प्रयोग गर्न थाले। काठमाडौँसँग सिधा पहुँच बनाउन सहज भयो। योसँगै दाप्चाको व्यापारिक अस्तित्व मेटिन थाल्यो।

राजमार्ग बनेसँगै व्यापारिक चहलपहल घट्न थाल्यो। जसले गर्दा स्थानीयले पनि बसाइँ सर्न थाले। यही कारण पछिल्लो दुई दशकदेखि दाप्चामा खास व्यापारिक चहलपहल छैन। बजार सुनसान भएपनि यहाँका पुराना घर, गल्ली र संस्कृतिले इतिहासको झल्को दिन्छन्। घरधनी बसाइँ सरेपछि र संरक्षण नहुँदा ढुंगा–माटोका कतिपय घर भत्किएका छन्।

 

प्रकाशित: २०८३ असोज २७ गते मङ्गलबार १०:५३
प्रतिक्रिया

थप समाचार

चाडबाड नजिकिँदै गर्दा ग्यास अभावले सर्वसाधारण सास्तीमा (तस्बिरहरु)

चाडबाड नजिकिँदै गर्दा ललितपुरको हरिसिद्धिमा खाना पकाउने ग्यास लिन उपभोक्ताको भीड लागेको छ। ग्यास लिन आएका गाडीहरूको लामो लाइनले सडकमा समेत जाम भएको छ। चाडबाडका बेला ग्यासको माग बढ्ने भए...

ग्यास लिनेको लाइन, नपाएको उपभोक्ताको गुनासो [फोटोफिचर]

काठमाडौँ: दशैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौँ उपत्यकाका विभिन्न ६ स्थानबाट ग्यास वितरण तथा सिलिन्डर साट्ने व्यवस्था सुरु गरिएको छ। तर, जुनसुकै कम्पनीको खाली सिलिन्डर साट्न...

हरियाली बन्दै टुँडिखेल, सौन्दर्यीकरण अन्तिम चरणमा [फोटोफिचर]

काठमाडौँ महानगरपालिकाले सैनिक मञ्चको दक्षिणतर्फको क्षेत्रमा विशेष प्रजातिको बरमुढा दुबो रोप्ने कामलाई तीव्रता दिएको छ। दुबो रोपिएसँगै सुख्खा मौसममा धुलो र वर्षामा हिलो हुने समस्या कम हुने...

भूकम्पले जीर्ण बनेको जाजरकोट दरबार भत्कियो (फोटो फिचर)

भूकम्पपछि दरबारका भित्तामा चिरा पर्नुका साथै संरचना कमजोर बनेको थियो। वर्षात् र चिस्यानका कारण क्षति थपिँदै गएपछि अहिले दरबारको एउटा भाग नै भत्किएको छ। बाँकी संरचना पनि जोखिममा रहेको स्थानीय...

नारायणी पुलमुनि अड्कियो क्रुजसिप, आवतजावत बन्द

नारायणीको बाढिले नदी किनारमा बाँधेर राखिएको क्रुजसिप बगाएको छ। क्रुजसिप बगेर नारायणी पुलको गैंडाकोटटर्फको भागमा अड्किएको छ। करोडौँमा बनेको घर जत्रो क्रुजसिप पुलमुनि अड्किँदा पुल थप जोखिममा...
Cholendra
समाचार

चोलेन्द्रसँग जोडिएका व्यक्तिको घरसम्म पुग्यो सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान

काठमाडौँः पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडिएका व्यक्ति तथा आफन्तमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान अघि बढाएको छ । विभागको टोलीले जबरासहित उनीसँग निकट सम्बन्ध रहेका...
gagan thapa
राजनीति

कांग्रेस सभापतिमा गगनकुमार थापा विजयी, पाए ९३.८८ प्रतिशत मत

अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्। कुल ७ हजार १३ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको छ।
kalyan
ब्लग

डिजिटल युगमा समाजः एआईले मौलिक पहिचान र स्थानीय ज्ञानको सीमान्तीकरण हुने खतरा

मानव सभ्यताको विकासक्रममा प्रविधि र समाज सधैं एक अर्काका परिपूरक रहँदै आएका छन्। औद्योगिक क्रान्तिदेखि सूचना प्रविधिको विकाससम्म आइपुग्दा समाजले अनेकौं फड्को मारेको छ। तर, एक्काइसौं शताब्दीको...
roop_jyoti
बैंकिङ

व्यवसायी रुप ज्योति संकटमा, ऋण नतिरेपछि हिमालयन बैंकले दियो ‘अल्टिमेटम’

हिमालय वायर्स प्रालिले लिएको ऋण नतिरेपछि हिमालयन बैंकले रुप ज्योतिलाई ३५ दिनको ‘अल्टिमेटम’ दिएको छ। उक्त समयभित्र ऋण चुक्ता नगरे सम्पत्ति लिलाम गरेर असूल गर्ने चेतावनी बैंकले दिएको छ।
ganesh_karki_1
विचार

प्रधानमन्त्रीले भारत भ्रमणमा उठाउनुपर्ने ऊर्जा क्षेत्रका सात एजेन्डा

प्रधानमन्त्रीको भारत भ्रमणको सफलता सहमतिपत्रमा हस्ताक्षरको संख्याले मात्र मापन हुनुहुँदैन। कुन परियोजना कहिले अघि बढ्ने, लगानी कसरी जुट्ने र विद्युत् व्यापारबाट दुवै देशले कसरी लाभ लिने...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना