काठमाडौं। व्यवसायिक घरना शंकर ग्रुपका प्रवन्ध निर्देशक सुलभ अग्रवाललाई गैरकानुनी थुनामा राखिएको भन्दै दायर बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ।
सर्वोच्चका न्यायाधीश शान्तिसिंह थापाको एकल इजलासमा रिट निवेदकका कानुन व्यवसायीको बहस सकिएको हो। योसँगै आदेशको तयारी भइरहेको छ।
उनलाई गैरकानुनी थुनामा राखिएको जिकिरसहित उनका बुबा तथा ग्रुपका अध्यक्ष शंकरलाल अग्रवालले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दिएका थिए।
गत चैत २२ मा सम्पत्ति शुद्वीकरण कसुरमा उनलाई पक्राउ गरिएको थियो। वैशाख १० मा बन्दीप्रत्यक्षीकरण रिट दायर भएको थियो।
सुलभविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पछिल्लोपल्ट सात दिन म्याद थप भई अनुसन्धान जारी छ।
ग्रुपका अध्यक्ष रहेका सुलभका बुवा शंकरलाल गोल्यानलाई पनि यसअघि पक्राउ गरेको थियो। उनी हाजिरी जमानीमा छुटेका थि ।


