२०८३ कार्तिक २२ गते शनिवार

निजी क्षेत्रको नेतृत्व सम्हाल्न लागेका श्रेष्ठ भन्छन्- तीन वर्षभित्र मापनयोग्य उपलब्धि हासिल गर्छौँ

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख २१
photo_152a90c1

काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले अर्थतन्त्रमा अपेक्षित सुधार आउन नसक्नुको प्रमुख कारण दीर्घकालीन सोचको अभाव र राजनीतिक अस्थिरता भएको बताएका छन्। महासंघको ६०औँ वार्षिक साधारणसभामा बोल्दै उनले पछिल्लो पाँच वर्षमा पटक–पटक सरकार र गठबन्धन परिवर्तन हुँदा नीतिगत निरन्तरता कमजोर बनेको उल्लेख गरे।

‘प्रत्येक सरकारसँगै नीति, प्राथमिकता र संयन्त्र फेरिँदा राम्रा नीति पनि कार्यान्वयनको पर्याप्त समय नपाएर प्रभावकारी हुन सकेनन्,’ उनले भने, ‘छोटो लाभका लागि गरिएका निर्णयको दीर्घकालीन मूल्य अहिले अर्थतन्त्रले चुकाइरहेको छ।’

श्रेष्ठले अहिलेको अवस्थालाई अवसरका रूपमा लिनुपर्ने बताउँदै स्थिर सरकारबाट नीतिगत स्थिरता आउने विश्वास व्यक्त गरे। उनले निजी क्षेत्रलाई ८२ प्रतिशत अर्थतन्त्र चलायमान बनाउने जिम्मेवारी लिन तयार रहेको उल्लेख गर्दै सरकारसँग सहकार्यको वातावरण आवश्यक रहेको बताए।

उनले आफ्नो आगामी तीन वर्षको कार्यकालका लागि पाँच प्रमुख प्राथमिकता सार्वजनिक गर्दै निजी क्षेत्र र सरकारबीचको सम्बन्ध पुनःपरिभाषित गर्ने प्रतिबद्धता व्यक्त गरे। ‘सरकारले निजी क्षेत्रलाई साक्षी होइन, सहकार्यकर्ता मान्ने वातावरण बनाउनु आवश्यक छ,’ उनले भने। नीति निर्माण, बजेट, कानुन र अन्तर्राष्ट्रिय वार्तामा निजी क्षेत्रको आवाज सुनिश्चित गरिने उनले बताए। निजी क्षेत्रप्रतिको नकारात्मक धारणा परिवर्तन गर्न महासंघले अभियान सञ्चालन गर्ने पनि उनले जानकारी दिए।

‘उद्यमी शोषक होइन, सम्पत्ति निर्माता हो भन्ने सन्देश स्थापित गर्नुपर्ने समय आएको छ,’ उनले भने।

त्यस्तै, निजी सम्पत्ति र लगानीको सुरक्षा सुनिश्चित गर्न, व्यावसायिक विवादलाई फौजदारीकरण गर्ने प्रवृत्ति अन्त्य गर्न र छिटो विवाद समाधान प्रणाली विकास गर्न महासंघले पहल गर्ने उनले बताए। स्वदेशी तथा विदेशी लगानी प्रवद्र्धनका लागि सरकारसँग नियमित संवाद गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

श्रेष्ठले महासंघलाई केन्द्रमा मात्र सीमित नराखी जिल्ला, नगर र क्षेत्रगत स्तरसम्म प्रभावकारी बनाउने योजना सार्वजनिक गरे। महासंघ सचिवालयलाई व्यावसायिक, सक्षम र सेवामुखी बनाइने उनले बताए।

उनले तत्काल राहतसँगै दीर्घकालीन संरचनागत सुधार आवश्यक रहेको उल्लेख गर्दै छ स्तम्भ र ६० पहलमा आधारित विस्तृत कार्ययोजना तयार भइसकेको जानकारी दिए। उक्त कार्यक्रमअन्तर्गत आर्थिक सुधार, सुशासन, प्रतिस्पर्धात्मकता, श्रम–सीप विकास, निजी क्षेत्र प्रवद्र्धन र संस्थागत सुदृढीकरणलाई प्राथमिकता दिइने उनले बताए।

मध्यपूर्व संकट, अल्पविकसित मुलुकबाट स्तरोन्नति र निजी क्षेत्रको मनोबल पुनस्र्थापनाजस्ता विषयलाई पनि कार्ययोजनामा समेटिएको उनले जानकारी दिए। तीन वर्षभित्र मापनयोग्य उपलब्धि हासिल गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले वार्षिक रूपमा स्वतन्त्र समीक्षा सार्वजनिक गरिने बताए।

श्रेष्ठले महासंघ कुनै एक समूहको नभई पाँच लाखभन्दा बढी उद्यमीको साझा संस्था भएको उल्लेख गर्दै सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको धारणा राखे। ‘नेपालको आर्थिक रूपान्तरण न सरकार एक्लैले गर्न सक्छ, न निजी क्षेत्रले मात्र यो सहकार्यको परिणाम हो,’ उनले भने। उनले सरकारलाई निजी क्षेत्रसँग सहकार्य गर्ने वातावरण बनाउन आग्रह गर्दै महासंघ अब माग राख्ने मात्र होइन, समाधानको साझेदारका रूपमा अघि बढ्ने बताए।

प्रकाशित: २०८३ बैशाख २१ गते सोमबार ०२:१८
प्रतिक्रिया

थप समाचार

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा होटल व्यवसायीको अर्बौं लगानी जोखिममा

विमानस्थल सञ्चालनको अनिश्चितताको असर होटल व्यवसायमा मात्र सीमित छैन। बैंकको ऋण तिर्न कठिनाइ, रोजगारीको अनिश्चितता र सुस्ताएको स्थानीय अर्थतन्त्रले समेत यसको मूल्य चुकाइरहेका छन्।

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

ग्यास उद्योग मर्जरमा आयकर छुट दिन माग, बैंकमार्फत अनुदान दिन उद्योगीको प्रस्ताव

काठमाडौं । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ। आयल निगमले ग्यास बिक्री वितरणलाई सहज बनाउन...

कर छुट नपाए ग्यास उद्योग मर्जरमा जान कठिन हुने उद्योगीको जिकिर

काठमाडौं। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले आयकरमा छुट तथा कानुनी सहजीकरण नहुँदा ग्यास उद्योगहरू मर्जरमा जान कठिन हुने बताएका छन्। सरकारले उद्योगहरूको संख्या घटाएर कारोबार...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना