२०८३ असोज १८ गते आईतबार

सौराहाको रोयल टुलिपपछि जनकपुरमा रामेश्वर शाहको नेतृत्वमा नयाँ पाँच तारे हाेटल, २ अर्ब लगानी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख २२
mithila-1777784050

जनकपुरधाम– चितवनमा रोयल टुलिप रिसोर्ट सञ्चालनमा ल्याएका गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष रामेश्वर शाहको अगुवाइमा मिथिला नगरी जनकपुरधाममा पनि पाँच तारे होटल निर्माण सुरु भएको छ। जनकपुर उपमहानगरपालिका–१४ मुजेलियामा सोमबार होटल मिथिला हस्पिटालिटीको भूमिपूजन गरिएको छ।

‘हामी चार जना व्यवसायी साथीहरु मिलेर यो प्रोजेक्ट अघि बढाएका छौं, जनकपुरका लागि यो पहिलो पाँच तारे होटल हुनेछ’ व्यवसायी शाहले भने ‘ २ अर्बको अनुमानित परियोजना सुरु भएको छ, अपेक्षा र कामना गरौं राम्रो हुनेछ।’

होटलमा शाहसहित पूर्वबैंकर ज्ञानेन्द्र ढुंगाना, व्यवसायी काजी लामा, सुदीप चौधरी, उदयकान्त झाको पनि लगानी रहेको छ।

तीन वर्षभित्र सम्पन्न गर्नेगरी सुरु भएको यो होटल करिब २ लाख वर्गफिट जग्गामा फैलिएको छ। होटलको निर्मित क्षेत्रफल १ लाख २ हजार वर्गफिट रहनेछ। होटलमा ८ विलासी सुइटसहित जम्मा १२४ कोठा निर्माण हुनेछन् र ३७२ बेडको व्यवस्था गरिनेछ।

मिथिला हस्पिटालिटीको भूमिपूजन मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, प्रतिनिधिसभाका सदस्य मनिष झा र व्यापारी उपेन्द्र महतोलगायत हस्पिटालिटीका सञ्चालकले संयुक्त रुपमा गरेका थिए।

नकपुर उपमहानगरपालिका–१४ मुजेलियामा सोमबार होटल मिथिला हस्पिटालिटीको भूमिपूजन

प्रकाशित: २०८३ बैशाख २२ गते मङ्गलबार ०८:४५
प्रतिक्रिया

थप समाचार

आईटीयूको दक्षिण एसिया क्षेत्रीय कार्यालय र इनोभेसन सेन्टरको प्रमुखमा खनाल नियुक्त

काठमाडौँ: नेपाली दूरसञ्चार तथा सूचना प्रविधि विज्ञ अनन्दराज खनाल अन्तर्राष्ट्रिय दूरसञ्चार संघको नयाँदिल्लीस्थित दक्षिण एसिया क्षेत्रीय कार्यालय तथा इनोभेसन सेन्टरको प्रमुखमा नियुक्त...

अर्थमन्त्री वाग्ले अमेरिकामा, अमेरिकी अर्थमन्त्री र विश्व बैंकका अध्यक्षसँग भेट गर्ने

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएराति अमेरिका पुगेका छन्। उनलाई वासिङ्टन डीसीमा कार्यवाहक राजदूत शरदराज आरन र दूतावासका पदाधिकारीहरूले स्वागत...

आज सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँः आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। शुक्रबार प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज २ हजार ९ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९१...

आक्रामक लगानी विस्तार गर्दै रामेश्वर साह, सौरहा र जनकपुरपछि मुक्तिनाथ र बर्दियामा होटल खोल्ने

चितवनको सौराहामा ‘रोयल टुलिप’ लक्जरी रिसोर्ट सञ्चालन गरिरहेका शाहले जनकपुरधाममा २ अर्ब रूपैयाँ लगानीमा पाँचतारे डिलक्स होटल मिथिला निर्माण गरिरहेका छन्।

कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने शंकर तिवारीको घोषणा

काठमाडौँ: नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्। सभापति गगन थापालाई बलियो बनाउन र कांग्रेस विचारलाई सशक्त बनाउन...
mukunda_sulav
बीमा

सुलभ-मुकुन्द हिमालयन रि–को सेयर विवादः अदालतको प्रश्न–१०० को सेयर ८०० पुग्ने आधार के हो?

उच्च अदालत पाटनले कामाख्या फिनकोर्पको दर्ता २०७८ वैशाख ३१ मा सेयर मूल्य कित्ताको १०० कायम रहेकोमा २०७८ असार १७ मा बढाएर ८०० रुपैयाँ पुग्ने ठोस आधार कारण के हो? भनी प्रश्न गरेको छ।
fc15fdfb-e8c0-48c3-840d-9f418322e161
समाज

रसुवा बाढीमा बेपत्ता भोजराजको कुशको सब बनाएर दाहसंस्कार गरिने

काठमाडौं। भोटेकोसी त्रिशूली बाढीका क्रममा बेपत्ता भएका मोरङ सुन्दरहरैंचाका भोजराज अधिकारीको परम्पराअनुसार कुशको प्रतिमा बनाएर दाहसंस्कार गरिने भएको छ। अटोमोबाइल कम्पनीमा कार्यरत ४३ वर्षीय...
482229731_1191734018981818_4961382105116707870_n
राजनीति

गगनले ‘एप्रिसिएट’ गरेका शालिक कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

'आजको दिनमा 'ट्रिपअडभाइजरमा 'शेर्पा' रेष्टुरेन्ट पूरै आम्सटर्डम (नेदरल्यान्डको राजधानी) शहरभरि २ नम्बरमा पर्छ। ‍त्यसका एक सञ्चालक शालिक गौतम नेपाली कांग्रेसका महासमिति सदस्य मात्र होइनन्,...
WhatsApp Image 2026-09-30 at 14.08.14 (1)
साहित्य

शुक्रबार सार्वजनिक हुँदै रमेशनाथ पाण्डेको कथासङ्ग्रह ‘संसारपारिको संसार’

काठमाडौँ: बहुआयामिक व्यक्तित्त्व पूर्वपरराष्ट्रमन्त्री, वरिष्ठतम कूटनीतिज्ञ, पत्रकार रमेशनाथ पाण्डेको कथासङ्ग्रह बजारमा आउँदैछ। पाण्डेको 'संसारपारिको संसार' कथासङ्ग्रह आगामी शुक्रबार...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना