२०८३ असोज २३ गते शुक्रबार

उद्योगी–व्यवसायीका नयाँ ‘कमान्डर’ अन्जनको अग्निपरीक्षा, फर्काउलान् निजी क्षेत्रको चमक?

 |  बाबुराम खड्का
Sanket

बाबुराम खड्का

काठमाडौँ, बैशाख २३
anjan_sherstha

मुलुकका उद्योगी व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको सर्वोच्च कमान्ड अब व्यवसायी अन्जन श्रेष्ठको काँधमा आइपुगेको छ। महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्षबाट स्वतः अध्यक्ष बन्ने परम्परालाई पछ्याउँदै श्रेष्ठले निजी क्षेत्रको नेतृत्व सम्हाल्ने अवसर पाएका हुन्।

यो केवल पदको हस्तान्तरण मात्रै होइन, संकटको भुमरीमा फसेको अर्थतन्त्रलाई नयाँ दिशा दिने चुनौतीपूर्ण जिम्मेवारी पनि हो। उनका लागि अबको बाटो सिधा र सरल छैन। एकातिर बैंकको लिलामी सूचनाले निद्रा हराम भएको छ भने अर्कोतर्फ आन्तरिक मागमा आएको गिरावटले बजार सुस्त छ। राज्यको अनुसन्धानको राडारमा निजी क्षेत्र त्रसित भएको जटिल र जोखिमपूर्ण कालखण्डमा श्रेष्ठले निजी क्षेत्रको कमान्ड सम्हालेका छन्। निजी क्षेत्रको ढाल बनेर अर्थतन्त्र चलायमान बनाउने चुनौतीपूर्ण अग्निपरीक्षा यस कार्यकालमा उनले दिनुपर्नेछ।

२०७९ मा भएको निर्वाचनमा उनी सर्वसम्मत महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए। तीन वर्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा वरिष्ठ उपाध्यक्षको भूमिका रहेर निजी क्षेत्रको श्रीवृद्धिमा काम गरेका छन्।

तीन वर्ष वरिष्ठ उपाध्यक्षमा रहेका श्रेष्ठ अब महासंघको कार्यकारी भूमिकामा आएका छन्। त्यति मात्र हैन उनी उद्योगी व्यवसायीको सर्वोच्च संस्था महासंघको उच्च नेतृत्वको जिम्मेवारी पाएका छन्। अब अन्जनलाई निजी क्षेत्रको मनोबल बढाइ व्यावसायिक वातावरण बनाउन सरकारसँग हातेमालो गरेर अघि बढ्नुपर्ने जिम्मेवारी आएको छ।

मुलुकका केही प्रवुद्ध व्यवसायी हाल सरकारको अनुसन्धानको राडारमा परेकाले उनीहरूमाथि धरपकड भएको छ। सरकारको यो कदमले निजी क्षेत्र झनै त्रसित बनेको छ। लगानी गर्न तयार भएका लगानीकर्तालाई सरकारको पछिल्लो कदमले पर्ख र हेरको अवस्थामा पुर्‍याएको छ। यसलाई चिर्ने प्रमुख जिम्मेवारी अन्जनमा हुनेछ।

गत फागुन २१ मा भएको आम निर्वाचनबाट मुलुकमा दुईतिहाइ बहुमत नजिकको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार आएको छ। सरकारलाई विश्वासमा लिएर उद्योगी व्यवसायीमा देखिएमा नीतिगतलगायत अन्य समस्या समधानका लागि पहल गर्नुपर्ने जिम्मेवारी अन्जनको काँधमा पुगेको छ।

उनले सरकारलाई विश्वासमा लिएर उद्योगी व्यवसायीका विद्यमान समस्या समधानका लागि कसरी पहल गर्ने छन्? अब उनको वास्तविक परीक्षण यहीँबाट सुरु हुनेछ।

कोरोना महामारीपछि मुलुकको अर्थतन्त्रमा ८१ प्रतिशत योगदान दिँदै आएको निजी क्षेत्रको मनोवल खस्किन पुगेको छ। यसको असर मुलुकको आर्थिक वृद्धिमा परेको सरकारी तथ्यांकले देखाएको छ। कर्जाको ब्याजदर एकल अंकको तल्लो विन्दुमा आउँदा पनि निजी क्षेत्र खुलेर लगानी गर्न चाहेको छैन्। पछिल्ला केही वर्षयता निजी क्षेत्रको विश्वास गुमेको देखिन्छ।

नयाँ अध्यक्ष श्रेष्ठले सरकारसँग हातेमालो गर्दै निजी क्षेत्रको मनोबल उकास्नुपर्ने जिम्मेबारी छ। महासंघले सरकारसँगको सहकार्यमा आर्थिक नीति सुधार गरी अर्थतन्त्रलाई थप चलामान बनाउन र निजी लगानीलाई थप प्रोत्साहित बनाउनुपर्ने चुनौति छ।

हुन त महासंघ निजी क्षेत्रको मुद्धालाई मात्र उठान गर्ने संस्था हो। उसको लक्ष्य निजी क्षेत्रको मुद्धालाई सरकारसम्म पुर्याउन लबिङ गर्ने नै हो। नयाँ अध्यक्ष श्रेष्ठ यसमा कति सफल हुनेछन् त्यो त समयले देखाउला।

निर्वतमान अध्यक्ष चन्द्रप्रसाद ढकालले आफ्ना पालामा सरकारलाई विश्वासमा लिएर धेरै नीतिगत निर्णय गराउन सफल भएका थिए। अब, श्रेष्ठले ढकालको भन्दा बढी काम गर्नुपर्ने चुनौति छ। नयाँ सरकारले महासंघको भूमिकालाई कसरी लिन्छ? सरकार र महासंघ कसरी हातेमालो गरेर अघि बढ्ने छन् त्यो प्रतिक्षाको विषय हो।

वर्तमान सरकारले निजी क्षेत्रलाई अर्थतन्त्रको खम्बा हो भनेर स्वीकार गरिसकेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पनि निजी क्षेत्रका हिमायती नै हुन्। अब अर्थमन्त्री बनेपछि उनको नीति कस्तो हुनेछ, त्यो जेठ १५ मा आउने बजेटले देखाउनेछ।

उनका सामु व्यवसायीको गिरेको मनोबल उकास्नुपर्ने दायित्व छ। व्यवसायीका पीरमर्का सुनेर सरकारसम्म पुर्याउने पर्ने उनको जिम्मेबारी छ भने व्यवसायीबीच चिसिँदो सम्बन्धलाई सुधार गर्दै एक ढिक्का भएर अघि बढाउनुपर्ने जिम्मेबारी पनि छ।

सस्तो ब्याज हुँदा पनि कर्जाको माग बढ्न नसक्नु, आन्तरिक मागमा कमी, उधारो उठ्ने समस्या चुनौती रहेका छन्। बजार सुस्त बनेपछि व्यावसायिक वातावरण कमजोर बनेको छ। यसले गर्दा धेरै व्यवसायीहरू कालोसूचीमा परेको कर्जा सूचना केन्द्रको तथ्यांकले देखाएको छ।

व्यवसायीले ऋण तिर्न नसक्दा बैंक तथा वित्तीय संस्थाहरुले दिनहुँ धितो लिलामको सूचना सार्वजनिक गरिरहेका छन्। बैंकहरुको पनि निष्क्रिय कर्जा अनुपात बढेको छ। त्यसैले उद्योगी र सरकारसँग समन्व गरेर अर्थतन्त्रमा देखिएका समस्या पहिचान गरी सुरक्षित अवतरण गर्न उनलाई सहज भने छैन्।

अहिले सबैभन्दा बढी साना तथा मझौला व्यवसायी समस्यामा छन्। यस्तै समेन्ट, छड, निर्माणजन्य, जग्गा कारोबार सुस्त हुँदा व्यवसायीमा बैचनी छ। बजारमा माग छैन, राज्यका कारण मागमा ठूलो गिरावट आएको छ, माग बढाउन नीतिगत तवरबाट गाँठो फकाउनु महासंघ नेतृत्वको ध्यान जान आवश्यक छ।

अहिले उद्योगहरू क्षमताको औसत क्षमता उपयोग आधा भन्दा कम रहेको छ। बजारलाई चलायमान बनाएर उद्योगको क्षमता बढाउनुपर्ने चुनौति अन्जनलाई छ।

 अन्जनको महासंघको यात्रा
२०५९ सालमा महासंघमा प्रवेश गरेका व्यवसायी श्रेष्ठले निजी क्षेत्रको छाता संस्था महासंघको सर्वोच्च पद हासिल गरेका छन्।

अबको तीन वर्ष उनले महासंघलाई नयाँ भिजनका साथ अघि बढाउन बाटो खुलेको छ। महासंघमा आबद्ध भएको साढे दुई दशकमा उनी ठूलो जिम्मेवारी आइपुगेका छन्।

महासंघका तत्कालिन अध्यक्ष कुशकुमार जोशी अध्यक्ष हुँदा श्रेष्ठ कार्यसमिति सदस्यका रूपमा महासंघ प्रवेस गरेका हुन्। उनी कार्यसमिति सदस्य हुँदै महासंघका महत्वपूर्ण विभाग राजस्व समिति, उद्योग समिति, रोजगारदाता परिषद सदस्य पदमा बसेर कुशलतापूर्वक आफ्नो भूमिका निर्वाह गरिसकेका छन्।

यस्तो छ व्यfवसायिक सहभागिता
श्रेष्ठ व्यावसायिक घराना लक्ष्मी ग्रुपका प्रबन्ध निर्देशक हुन्। ग्रुपले २० कम्पनी सञ्चालन गरिरहेको छ। ती व्यवसायहरुले एक हजार सात सय जनालाई रोजगारी दिएको छ।

पोखराबाट उदायको ग्रुप ४८ वर्ष पुरानो भइसकेको छ। लक्ष्मीअन्र्तगत डेरी, चकलेट, प्लास्टिक र स्टिल उत्पादनका साथै हुन्डाइ गाडीको व्यापार रहेको छ।पोखरामा रहेको सुजल फूड्सबाट आफ्नो व्यवसायिक करियर सुरु गरेका हुन्।

उनको सुजल फुड नेपालकै ठूलो कन्फेक्सनरी उद्योग पनि हो। व्यवसायमा विविधिकरण गर्नुपर्छ भनेर लक्ष्मी ग्रुपले डेरी उद्योगमा लगानी गरेर सहरबाट गाउँमा पैसा पुर्याएर अर्थतन्त्र विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।

पछिल्लो समयमा ठूलो लगानीमा सिद्धिलक्ष्मी स्टिल उद्योग सञ्चालनमा आएको छ। ग्रुप कोरियाको हुन्डाइ गाडीको नेपालका लागि अधिकृत बिक्रेता पनि हो।

प्रकाशित: २०८३ बैशाख २३ गते बुधबार ०६:५५
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री बालेनको स्टाटसलाई गिज्याउने धनगढी–काठमाडौं हवाई भाडादर

सडकमार्गमा लामो यात्रा र सडकको अनिश्चितताका कारण यात्रुहरू हवाई यात्रातर्फ आकर्षित भए पनि हवाई टिकटको चर्को मूल्यले उनीहरूलाई थप समस्यामा पारेको छ।

जेनजी आन्दोलनमा जलेको पाँचतारे होटल हायात कहिलेदेखि पुन:सञ्चालनमा आउँछ?

मर्मत र स्तरोन्नतिमा हायात रिजेन्सीले थप तीन अर्ब रुपैयाँ लगानी गर्दैछ। यसमध्ये दुई अर्ब रुपैयाँ बैंकको ऋण र बाँकी एक अर्ब रुपैयाँ आफ्नो निक्षेपमा भएको रकम परिचालन गरेको छ।

व्यवसायी रुप ज्योति संकटमा, ऋण नतिरेपछि हिमालयन बैंकले दियो ‘अल्टिमेटम’

हिमालय वायर्स प्रालिले लिएको ऋण नतिरेपछि हिमालयन बैंकले रुप ज्योतिलाई ३५ दिनको ‘अल्टिमेटम’ दिएको छ। उक्त समयभित्र ऋण चुक्ता नगरे सम्पत्ति लिलाम गरेर असूल गर्ने चेतावनी बैंकले दिएको छ।

विकासशीलमा स्तरोन्नतिपछि अहिलेबाटै समयबद्ध र कार्यान्वयनयोग्य तयारी आवश्यक

काठमाडौं। नेपाल अतिकम विकसित मुलुक (एलडीसी) बाट विकासशीलमा स्तरोन्नति भएपछि उत्पन्न हुने सम्भावित चुनौती न्यूनीकरण गर्दै उपलब्ध अवसरको सदुपयोग गर्न अहिलेदेखि नै सरकार र निजी क्षेत्रबीच प्रभावकारी...

३ अर्ब ३५ करोडमा सिमरामा पाँचतारे होटल बनाउँदै भरलेली हस्पिटालिटी

होटल बनाउन ७५ प्रतिशत बैंकको ऋण र बाँकी २५ प्रतिशत स्वपुँजी हुने गरी लगानी संरचना बनाइएको छ। होटलको कुल कोठा संख्या ११८ रहेको छ।
Cholendra
समाचार

चोलेन्द्रसँग जोडिएका व्यक्तिको घरसम्म पुग्यो सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान

काठमाडौँः पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडिएका व्यक्ति तथा आफन्तमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान अघि बढाएको छ । विभागको टोलीले जबरासहित उनीसँग निकट सम्बन्ध रहेका...
482229731_1191734018981818_4961382105116707870_n
राजनीति

गगनले ‘एप्रिसिएट’ गरेका शालिक कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

'आजको दिनमा 'ट्रिपअडभाइजरमा 'शेर्पा' रेष्टुरेन्ट पूरै आम्सटर्डम (नेदरल्यान्डको राजधानी) शहरभरि २ नम्बरमा पर्छ। ‍त्यसका एक सञ्चालक शालिक गौतम नेपाली कांग्रेसका महासमिति सदस्य मात्र होइनन्,...
nea_building
पूर्वाधार

२७ जलविद्युत आयोजनाको थपियो आरसीओडी, ५४० मेगावाट उत्पादन सुनिश्चित

प्राधिकरणले आयोजनाको भौतिक प्रगति, आरसीओडीको अवस्था र पीपीएअनुसार प्रवद्र्धकले पूरा गर्नुपर्ने दायित्वका आधारमा कुल २१८ आयोजनालाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी चार समूहमा वर्गीकरण गरेको थियो।
mukunda_sulav
बीमा

सुलभ-मुकुन्द हिमालयन रि–को सेयर विवादः अदालतको प्रश्न–१०० को सेयर ८०० पुग्ने आधार के हो?

उच्च अदालत पाटनले कामाख्या फिनकोर्पको दर्ता २०७८ वैशाख ३१ मा सेयर मूल्य कित्ताको १०० कायम रहेकोमा २०७८ असार १७ मा बढाएर ८०० रुपैयाँ पुग्ने ठोस आधार कारण के हो? भनी प्रश्न गरेको छ।
mutul_fund_1
शेयर बजार

आईपीओ केन्द्रीत पुँजी बजारबाट अब म्युचुअल फन्डतर्फ जाने बेला आएको हो?

सरकारले हालै ल्याएको धितोपत्र बजार सुधारको २१ बुँदे नीतिले पनि सेयर बजारलाई गति नदिएपछि नयाँ लगानीको क्षेत्र पहिचान गर्नुपर्ने आवश्यकता देखिएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना