काठमाडौँः सागर ढकाल नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को कार्यकारिणी सदस्यमा निर्वाचित भएका छन्। नेपाल स्टक ब्रोकर ब्रोकर संघका अध्यक्ष रहेका ढकालले मंगलबार सम्पन्न निर्वाचनमा वस्तुगत समूहबाट दोस्रो उच्च मत प्राप्त गर्दै विजय हासिल गरे।
निर्वाचनपछि उनले प्राप्त विश्वासले आफूलाई अझ जिम्मेवार बनाएको उल्लेख गर्दै निजी क्षेत्रका मुद्दा सशक्त रूपमा उठाउने प्रतिबद्धता जनाए। साथै, व्यवसायमैत्री नीति निर्माण, लगानी प्रवद्र्धन र आर्थिक गतिविधि विस्तारमा सक्रिय रहने बताए।
उनले उद्योग–व्यवसाय अनुकूल वातावरण, नीति सुधार, सरकारी–निजी सहकार्य, उद्यमशीलता प्रवद्र्धन तथा साना–मझौला उद्यम सशक्तीकरणमा जोड दिने बताए। महासंघलाई प्रभावकारी, समावेशी र परिणाममुखी बनाउने लक्ष्य पनि उनले व्यक्त गरेका छन्।


