२०८३ कार्तिक २३ गते आईतबार

नेप्सेमा सूचिकृत सागर डिष्टिलरीको घाटा तीन करोड ५३ लाख

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख ३०
sagar_distillery

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत सागर डिष्टिलरी लिमिटेड घाटामा गएको छ। चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म तीन करोड ५३ लाख ५७ हजार रुपैयाँ घाटा भएको कम्पनीले बुधबार सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ।

कम्पनीको घाटा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको हो। गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले दुई करोड ६१ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।

कम्पनीको आम्दानी भने उल्लेख्य रूपमा बढेको छ। चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीले ८ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ। जुन गत आवको सोही अवधिको ६ करोड १ लाख रुपैयाँको तुलनामा ४०.८८ प्रतिशत बढी हो। गभर्नर ह्विस्कीको बिक्री बढेपछि आम्दानी बढेको कम्पनीले जनाएको छ।

आम्दानी बढे पनि बिक्री तथा वितरण खर्च उच्च दरले बढ्दा कम्पनीको घाटा थप चुलिएको हो। समीक्षा अवधिसम्म कम्पनीको बिक्री तथा वितरण खर्च ७८.२१ प्रतिशतले वृद्धि भएर ३ करोड ५८ लाख रुपैयाँ पुगेको छ।

वित्तीय सूचकअनुसार कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ४९ पैसा ऋणात्मक रहेको छ। त्यस्तै, प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ०८ पैसा तथा करेन्ट रेसियो १.७१ गुणा रहेको कम्पनीले जनाएको छ। चुक्ता पुँजी ७२ करोड ६० लाख रुपैयाँ रहेको छ। कम्पनीको ऋण १५ करोड ७३ लाख रुपैयाँ छ।

प्रकाशित: २०८३ बैशाख ३० गते बुधबार ०९:०३
प्रतिक्रिया

थप समाचार

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा होटल व्यवसायीको अर्बौं लगानी जोखिममा

विमानस्थल सञ्चालनको अनिश्चितताको असर होटल व्यवसायमा मात्र सीमित छैन। बैंकको ऋण तिर्न कठिनाइ, रोजगारीको अनिश्चितता र सुस्ताएको स्थानीय अर्थतन्त्रले समेत यसको मूल्य चुकाइरहेका छन्।

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

ग्यास उद्योग मर्जरमा आयकर छुट दिन माग, बैंकमार्फत अनुदान दिन उद्योगीको प्रस्ताव

काठमाडौं । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ। आयल निगमले ग्यास बिक्री वितरणलाई सहज बनाउन...

कर छुट नपाए ग्यास उद्योग मर्जरमा जान कठिन हुने उद्योगीको जिकिर

काठमाडौं। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले आयकरमा छुट तथा कानुनी सहजीकरण नहुँदा ग्यास उद्योगहरू मर्जरमा जान कठिन हुने बताएका छन्। सरकारले उद्योगहरूको संख्या घटाएर कारोबार...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
Banijya_BAnk_nepal
बैंकिङ

ऋणको माग सुस्त हुँदा पनि बैंकहरूको नाफा कसरी बढ्यो ४५ प्रतिशत?

कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (प्रोभिजनिङ) घट्नु, कर्जा असूलीमा सुधार आउनु र ब्याज आम्दानी तथा निक्षेपको लागतमा आएको परिवर्तनले नाफा बढाउन सहयोग गरेको देखिन्छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना