२०८३ कार्तिक २३ गते आईतबार

‘पद हैन संस्थागत सुधारका लागि महासंघको कोषाध्यक्ष पदका लागि उम्मेदवारी दिएँ’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ ७
ambika

काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आउँदो जेठ ८ गते हुने निर्वाचनका लागि लगानीकर्ता तथा व्यवसायी अम्बिका प्रसाद पौडेलले कोषाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन्। महासंघका केन्द्रीय सदस्यसमेत रहेका पौडेलले आफ्नो उम्मेदवारी पद प्राप्तिको आकांक्षाभन्दा संस्थागत विकास र व्यवसायी समुदायको विश्वासको सम्मानका रूपमा अघि सारेका छन्।

अन्य पदका लागि निर्वाचन भैसकेकोमा जेठ ८ गते वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ।

पौडेल महासंघको कार्यकारी सदस्यका रूपमा तेस्रो कार्यकालमा छन्। उनले पूँजी बजार फोरम तथा कर तथा राजस्व समितिको सभापतिको जिम्मेवारी सम्हालिसकेका छन्। ती भूमिकामा रहँदा कर, भन्सार, अन्तःशुल्कलगायत कानुनी तथा व्यवहारिक जटिलता समाधानका विषयमा सरकारसँग संवाद र सहकार्य गर्दै निजी क्षेत्रका मुद्दा उठाउने प्रयास गरेको उनको दाबी छ।

उनले भनेका छन्–

नेपाल उद्योग वाणिज्य महासङ्घको कोषाध्यक्ष पदमा मेरो उम्मेदवारी किन ?
आदरणीय व्यवसायी साथीहरू,
नमस्कार।
आउँदो जेठ ८ गते सम्पन्न हुन गइरहेको नेपाल उद्योग वाणिज्य महासङ्घको कोषाध्यक्ष पदको निर्वाचनमा मैले आफ्नो उम्मेदवारी प्रस्तुत गर्ने निर्णय गरेको छु। यो निर्णय मैले कुनै व्यक्तिगत आकांक्षा वा पद प्राप्तिको उद्देश्यले नभई व्यवसायी समुदायको साझा भावना, संस्थागत विकासप्रतिको प्रतिबद्धता तथा महासङ्घलाई अझ सक्षम, प्रभावकारी, विधि र विधान अनुसार अघि बढाउन र सबैको अपनत्व भएको संस्था बनाउने दृढ संकल्पका साथ अघि बढाएको हुँ।
महासङ्घको कार्यकारी सदस्यका रूपमा यो मेरो तेस्रो कार्यकाल हो। यहाँसम्म आइपुग्दा तपाईंहरू सबैको माया, विश्वास, सद्भाव र निरन्तर साथका कारण म प्रत्येक पटक उत्कृष्ट मतसहित निर्वाचित हुँदै आएको छु। यो मेरो लागि गौरवको विषय मात्र नभएर झन ठूलो जिम्मेवारीको अनुभूति पनि हो। त्यसका लागि सम्पूर्ण व्यावसायी साथीहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु।
यसअघि मैले पूँजी बजार फोरम तथा कर तथा राजस्व समितिको सभापतिको जिम्मेवारी निर्वाह गर्ने अवसर पाएको थिएँ। ती भूमिकामा रहँदा व्यवसायीका आवाज सरकारसम्म पुर्‍याउने, कर तथा राजस्वसम्बन्धी जटिलताहरू समाधानका लागि पहल गर्ने,।कर , भन्सार , अन्तशुल्क लगायतका कानुनका व्यवहारिक समस्याहरू उठान गर्ने तथा निजी क्षेत्रका हितका पक्षमा निरन्तर संवाद र सहकार्य गर्ने प्रयास गर्दै आएको छु।
मेरो विश्वास छ- बलियो अर्थतन्त्रका लागि बलियो निजी क्षेत्र आवश्यक हुन्छ र बलियो निजी क्षेत्रका लागि सक्षम, पारदर्शी तथा उत्तरदायी नेपाल उद्योग वाणिज्य महासङ्घ उत्तिकै अपरिहार्य हुन्छ। त्यसैले मेरो उम्मेदवारी केवल एउटा पद मात्र ओगट्ने बहाना होइन, संस्थागत सुशासन, व्यवसायीहरूको सम्मान र अधिकारको संरक्षण तथा महासङ्घलाई अझ गतिशील, प्रभावकारी र सम्पूर्ण व्यवसायीहरूको साझा घर बनाउने उद्देश्यका लागि हो।
म चाहन्छु- हरेक व्यवसायीले महासङ्घलाई “मेरो संस्था” भन्ने अनुभूति गरून्। साना, मझौला वा ठूला सबै व्यवसायीका आवाज समान रूपमा सुनिने वातावरण निर्माण होस्। संस्था केही व्यक्तिको मात्र नभई सम्पूर्ण व्यवसायी समुदायको साझा थलोका रूपमा अझ सशक्त बनोस्।
हिजो जसरी तपाईं व्यवसायी साथीहरूको विश्वास जितेर काम गरेको थिएँ, आगामी दिनमा अझ बढी समर्पण, इमानदारी, मेहनत र जिम्मेवारीका साथ संस्थाको हितमा निरन्तर खटिरहने प्रतिबद्धता व्यक्त गर्दछु।
म पुनः स्पष्ट र दृढ रूपमा समस्त व्यवसायी साथीहरूलाई विश्वास दिलाउन चाहन्छु कि यो मेरो निर्णय कुनै व्यक्तिगत महत्वाकांक्षाको यात्रा नभई संस्थागत विकासको सशक्त अभियान हो, व्यवसायीहरूको आत्मविश्वास र अपेक्षाको सम्मान गर्दै महासङ्घको गरिमा, विश्वसनीयता र प्रभावकारितालाई अझ उच्च शिखरमा पुर्‍याउने साझा संकल्प हो।
त्यसैले तपाईंहरूको साथ, सुझाव, विश्वास र अमूल्य समर्थनको अपेक्षा गर्दै म कोषाध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी प्रस्तुत गर्दछु।
धन्यवाद।
प्रकाशित: २०८३ जेठ ७ गते बिहिबार ०५:४८
प्रतिक्रिया

थप समाचार

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा होटल व्यवसायीको अर्बौं लगानी जोखिममा

विमानस्थल सञ्चालनको अनिश्चितताको असर होटल व्यवसायमा मात्र सीमित छैन। बैंकको ऋण तिर्न कठिनाइ, रोजगारीको अनिश्चितता र सुस्ताएको स्थानीय अर्थतन्त्रले समेत यसको मूल्य चुकाइरहेका छन्।

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

ग्यास उद्योग मर्जरमा आयकर छुट दिन माग, बैंकमार्फत अनुदान दिन उद्योगीको प्रस्ताव

काठमाडौं । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ। आयल निगमले ग्यास बिक्री वितरणलाई सहज बनाउन...

कर छुट नपाए ग्यास उद्योग मर्जरमा जान कठिन हुने उद्योगीको जिकिर

काठमाडौं। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले आयकरमा छुट तथा कानुनी सहजीकरण नहुँदा ग्यास उद्योगहरू मर्जरमा जान कठिन हुने बताएका छन्। सरकारले उद्योगहरूको संख्या घटाएर कारोबार...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
Banijya_BAnk_nepal
बैंकिङ

ऋणको माग सुस्त हुँदा पनि बैंकहरूको नाफा कसरी बढ्यो ४५ प्रतिशत?

कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (प्रोभिजनिङ) घट्नु, कर्जा असूलीमा सुधार आउनु र ब्याज आम्दानी तथा निक्षेपको लागतमा आएको परिवर्तनले नाफा बढाउन सहयोग गरेको देखिन्छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना