२०८३ कार्तिक २३ गते आईतबार

ब्रोकर ५८ बाट मात्रै सुरु भयो ‘आफ्टर मार्केट अर्डर’, अन्य कम्पनीले कहिले?

 |  सीता बुढाथोकी
Sanket

सीता बुढाथोकी

काठमाडौँ, जेठ ८
Nepse

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले धितोपत्र कारोबार सञ्चालनसम्बन्धी विनियमावलीमा संशोधन गर्दै ‘आफ्टर मार्केट अर्डर’ सुविधा लागू गरेको एक महिना पूरा भइसकेको छ।

२०८२ सालमा जारी गरिएको चौथो संशोधित विनियमावली २०८३ वैशाख ७ गतेदेखि कार्यान्वयनमा आएको हो। तर एक महिना बितिसक्दा पनि यो नयाँ व्यवस्था सीमित कार्यान्वयनमा मात्र आएको छ।

हालसम्म यो सुविधा पूर्ण रूपमा सबै ब्रोकरमार्फत उपलब्ध हुन सकेको छैन। हाल परीक्षण तथा प्रारम्भिक कार्यान्वयन चरणमा केवल ब्रोकर नम्बर ५८ मार्फत मात्र लगानीकर्ताले ‘आफ्टर मार्केट अर्डर’ राख्न सक्ने सुविधा पाएका छन्। उक्त ब्रोकरले वैशाखदेखि नै आफ्नै प्रणालीमार्फत यो सेवा सञ्चालनमा ल्याएको जनाएको छ।

नेप्सेको नयाँ व्यवस्थाअनुसार, नियमित कारोबार समयभन्दा अघि वा पछि लगानीकर्ताले ब्रोकरको प्रणालीमा खरिद वा बिक्री आदेश दिन सक्ने व्यवस्था गरिएको छ। ती आदेशहरू सम्बन्धित ब्रोकरले समय प्राथमिकताका आधारमा सुरक्षित राखी बजार खुल्ने बित्तिकै नेप्सेको प्रणालीमा क्रमशः प्रविष्ट गर्नुपर्ने हुन्छ।

यसरी प्रविष्ट गरिने अर्डरमा एउटा सीमा पनि तोकिएको छ। पछिल्लो कारोबार दिनको अन्तिम कारोबार मूल्यभन्दा १५ प्रतिशतभन्दा बढी माथि वा तल हुने गरी अर्डर प्रविष्ट गर्न पाइँदैन। यदि उक्त अर्डर अर्को दिनको बजारमा म्याच हुन सकेन भने स्वतः खारेज हुने व्यवस्था गरिएको छ। त्यस अवस्थामा लगानीकर्ताले पुनः नयाँ अर्डर दिनुपर्ने हुन्छ।

हाल नियमित सेयर कारोबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुँदै आएको छ। सो समय बाहिर पनि लगानीकर्ताले बजारमा पहुँच पाउन सकून् भन्ने उद्देश्यले नेप्सेले यो प्रणाली ल्याएको हो। विशेषगरी विदेशमा रहेका लगानीकर्ता तथा दिनको कारोबार समयभित्र अर्डर राख्न नसक्ने व्यक्तिहरूलाई लक्षित गरेर यो सुविधा विस्तार गरिएको हो।

तर, नियम लागू भएको एक महिनासम्म पनि अधिकांश ब्रोकर कम्पनीमार्फत यो सेवा सञ्चालनमा आउन सकेको छैन। नेप्सेले भने सबै ब्रोकरको कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) मा आवश्यक प्राविधिक समायोजन र परीक्षण भइरहेको जनाएको छ।

नेप्सेका प्रवक्ता मुुराहरि पराजुलीका अनुसार प्रणालीलाई प्रभावकारी र सुरक्षित बनाउनका लागि सूचना प्रविधि विभागको संयोजकत्वमा विशेष समिति गठन गरिएको छ।

उक्त समितिमा नेप्सेका विभिन्न विभागका प्रतिनिधि, ब्रोकरका प्रतिनिधि तथा टिएमएस विकास गर्ने कम्पनीका प्राविधिक टोलीहरू समेत सहभागी छन्। उनका अनुसार, ‘प्रणालीमा अर्डर कसरी प्रविष्ट हुन्छ, कसरी म्याच हुन्छ र लगानीकर्तालाई कति सहज हुन्छ भन्ने परीक्षण भइरहेको छ।’

नेपालमा हाल ९२ वटा ब्रोकर कम्पनी सञ्चालनमा छन्। तीमध्ये अधिकांशले वाइको नामक प्रणाली प्रयोग गर्दै आएका छन् भने केहीले एट्रेड प्रणाली प्रयोग गरिरहेका छन्। ब्रोकर नम्बर ५८ ले भने आफ्नै विकसित प्रणालीमार्फत सेवा सञ्चालन गरेको हो। केही ब्रोकरहरू भने आगामी दिनमा एट्रेड प्रणालीमा सर्ने तयारीमा रहेका छन्।

हाल दुवै प्रमुख प्रणालीहरू—वाइको र एट्रेड—मा आफ्टर मार्केट अर्डर फिचर समावेश गर्ने काम जारी छ। प्राविधिक सुधार र परीक्षण पूरा भएपछि मात्र सबै लगानीकर्ताले समान रूपमा यो सुविधा प्रयोग गर्न पाउनेछन्।

नेप्सेका अनुसार हाल युजर एक्सेप्टेन्स टेस्टिङ (यूएटी) चरणमा काम भइरहेको छ, जसमा अर्डर प्रविष्टि, म्याचिङ र प्रणालीको स्थायित्व जाँच भइरहेको छ।

प्राविधिक तयारी पूरा भएपछि मात्र आधिकारिक रूपमा सबै ब्रोकरमार्फत यो सुविधा विस्तार गरिनेछ। तर अहिले नै निश्चित समयसीमा तोक्न सकिने अवस्था नरहेको नेप्सेले जनाएको छ।

ब्रोकर संघका पूर्व अध्यक्ष भरत रानाभाट प्रणालीगत सुधारको काम तीव्र गतिमा भइरहेको बताउछन्। उनले केही दिनभित्रै सबै ब्रोकरमा यो सुविधा विस्तार हुने अपेक्षा गरिएको जानकारी दिए। नेप्सेले तोकेको मापदण्डअनुसारको ‘आफ्टर मार्केट अर्डर’ प्रणाली छिट्टै पूर्ण रूपमा सञ्चालनमा आउने सम्भावना देखिन्छ।

यसरी हेर्दा, लगानीकर्तालाई थप लचिलो कारोबार सुविधा दिने उद्देश्यले ल्याइएको ‘आफ्टर मार्केट अर्डर’ व्यवस्था व्यवहारमा भने अझै पूर्ण रूपमा कार्यान्वयनमा आउन समय लाग्ने देखिएको छ।

प्रकाशित: २०८३ जेठ ८ गते शुक्रबार ०८:१३
प्रतिक्रिया

थप समाचार

तिहारमा पैसाको व्यवस्थापन कसरी गर्ने? आम्दानी र खर्च सन्तुलित राख्ने ७ उपाय

विशेषगरी निश्चित आम्दानी भएका कर्मचारी, व्यवसायी, विद्यार्थी तथा गृहिणीले चाडपर्वको समयमा आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक हुन्छ।

ग्लोबल आइएमई बैंकले १२ तले अत्याधुनिक कर्पोरेट भवन बनाउँदै, भूमिपूजा सम्पन्न

ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँको उत्तरढोकामा आफ्नो अत्याधुनिक कर्पोरेट भवन निर्माणको काम अघि बढाएको छ। शुक्रबार निर्माणस्थलमा आयोजित एक समारोहबीच बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद...

एनपीएलमा उत्कृष्ट खेलाडीलाई पल्सर बाइक, दर्शकलाई स्मार्टवाच जित्ने अवसर

 काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ मा बजाज पल्सरले खेलाडीको उत्कृष्ट प्रदर्शनलाई पुरस्कृत गर्नुका साथै दर्शकलाई पनि प्रतियोगिताको हिस्सा बन्ने अवसर प्रदान गर्ने भएको छ। मोटरसाइकल...

नेपालमा आउँदै ‘हसल बाई नेपहप’, टीभीएस एनटर्क टाइटल स्पोन्सर

भारतीय चर्चित र्‍याप रियालिटी शो ‘एमटीभी हसल’ को नेपाली संस्करण ‘हसल बाई नेपहप’ नेपालमा सञ्चालन हुने भएको छ। मलिन मिडिया एन्ड इभेन्ट प्रालिले ल्याउन लागेको कार्यक्रमको टाइटल स्पोन्सरमा टीभीएस...

फोनपे पेमेन्ट सर्भिसको सातौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ: फोनपे पेमेन्ट सर्भिस लिमिटेडको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। बुधबार काठमाडौंको नक्सालस्थित म्यारियट होटलमा कम्पनीका सञ्चालक समिति अध्यक्ष सशीन जोशीको अध्यक्षतामा सभा...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
Banijya_BAnk_nepal
बैंकिङ

ऋणको माग सुस्त हुँदा पनि बैंकहरूको नाफा कसरी बढ्यो ४५ प्रतिशत?

कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (प्रोभिजनिङ) घट्नु, कर्जा असूलीमा सुधार आउनु र ब्याज आम्दानी तथा निक्षेपको लागतमा आएको परिवर्तनले नाफा बढाउन सहयोग गरेको देखिन्छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना