काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैध निर्वाचित भएका छन्। शुक्रबार सम्पन्न निर्वाचनमा वैद्य विजयी भएका हुन्।
वरिष्ठ उपाध्यक्षमा वैद्यले ५६ मत पाएका छन्। उनका प्रतिद्धन्द्धी रामचन्द्र सघईले ३० मत मात्र पाएका छन्। यस्तै महासंघको कोषाध्यक्षमा मनिषलाल श्रेष्ठ चयन भएका छन्।
कोषाध्यक्षमा मनिषलालले ६१ मत पाए। प्रतिस्पर्धी अम्बिकाप्रसाद पौडेलले २५ मत प्राप्त गरेको महासंघको निर्वाचन समितिले जानकारी दिएको छ।
निर्वाचित कार्यकारणी समितिका सदस्यले मतदान गरेका थिए। अन्तिम समयमा हेमराज ढकालले उम्मेदवारी फिर्ता लिएर संघईलाई समर्थन गरेका थिए।
तर, पनि सुरकृष्णले जित हात पारे। सुरकृष्ण अध्यक्ष अन्जन श्रेष्ठको समूहका हुन्। संघई यसअघिको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा पराजित भएका थिए।
मनिष एफएनसीसीआईका पूर्वअध्यक्ष महेशलाल प्रधानका छोरा हुन्। उनी पनि अध्यक्ष अन्जनको समूहका हुन्। अन्जनले मनिषलाललाई केन्द्रीय कार्यकारिणी समितिको सदस्य मनोनीत गरेका थिए।


