२०८३ कार्तिक २३ गते आईतबार

चलचित्र पत्रकार संघ नेपालद्वारा ७ जनालाई सम्मान तथा पुरस्कार प्रदान

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ ८
fja nepal jesh 7 program2

काठमाडौँ: आफ्नो २७ औँ स्थापना दिवसको अवसरमा चलचित्र पत्रकार संघ नेपालले विभिन्न चलचित्र पत्रकारहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ। संघले प्रत्येक वर्षको जेठ ७ गते आफ्नो स्थापना दिवससँगै राष्ट्रिय चलचित्र पत्रकारिता दिवस मनाउँदै आएको छ। सोही अवसरमा चलचित्र पत्रकारितामा योगदान पुर्‍याउँदै आएका ६ जना चलचित्र पत्रकारहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको हो।

बिहीबार काठमाडौँस्थित लिसारा रिसेप्सनमा आयोजित समारोहमा ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८३’ अन्तर्गत ५५ हजार ५ सय ५५ रूपैयाँ राशिसहित अनन्त वाग्लेलाई सम्मान गरियो। त्यस्तै, ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान–२०८३’ जयन सुब्बा मानन्धर र कुवेरराज गिरीलाई प्रदान गरियो।

यस्तै ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८३’ अन्तर्गत ५१ हजार रूपैयाँ राशिसहित वैकुण्ठराज पराजुली पुरस्कृत भए भने ‘स्वर्गीय दिनेश सिटौला स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८३’ अन्तर्गत ५१ हजार रूपैयाँ राशिसहित सुरक्षा भट्टराई सम्मानित भइन्।

राष्ट्रिय ‘चलचित्र पत्रकारिता प्रोत्साहन सम्मान २०८३’ अन्तर्गत २५ हजार रूपैयाँ राशिसहित मिलन ढुंगानालाई सम्मान गरिएको थियो। कार्यक्रममा स्वर्गीय दिनेश सिटौलाप्रति मरणोपरान्त विशेष सम्मान अर्पण गरिएको थियो।

चलचित्र पत्रकार संघ नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा चलचित्र क्षेत्रका कलाकार, पत्रकार, निर्माता, निर्देशक तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। पञ्चेबाजासहित अतिथि तथा सम्मानित व्यक्तित्वहरूको स्वागत गरिएको कार्यक्रममा सांस्कृतिक तथा सांगीतिक प्रस्तुतीले विशेष आकर्षण थपेको थियो।

कार्यक्रमका प्रमुख अतिथि चलचित्र विकाश बोर्डका अध्यक्ष दिनेश डीसीले नेपाली चलचित्र पत्रकारिता क्रमशः संगठित र व्यवस्थित हुँदै गएको उल्लेख गर्दै चलचित्र प्रवर्द्धनमा पत्रकारिताको भूमिका अतुलनीय रहेको बताए। उनले पत्रकारितामा अनुशासन, मर्यादा र नैतिकतालाई थप सुदृढ बनाउन आवश्यक रहेको धारणा राख्दै आधारहीन विषयलाई प्राथमिकता दिने प्रवृत्तिबाट जोगिन आग्रह गरे।

विशेष अतिथि अभिनेता राजेश हमालले चलचित्र र पत्रकारिता क्षेत्रबीच गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै समयसँगै दुवै क्षेत्रले उल्लेखनीय विकास गरेको बताए। वर्तमान ‘क्लिक कल्चर’ र प्रविधिका चुनौतीबीच तथ्यपरक, जिम्मेवार र गम्भीर पत्रकारिताको आवश्यकता अझ बढेको उनले धारणा राखे।

अभिनेत्री करिष्मा मानन्धरले चलचित्र र पत्रकारिता क्षेत्र एकअर्काका परिपूरक भएको बताउँदै चलचित्रलाई दर्शकमाझ पुर्‍याउने मुख्य माध्यम पत्रकारिता नै रहेको उल्लेख गरे। कलाकार र पत्रकारबीचको सहकार्य अझ सुदृढ हुनुपर्ने उनको भनाइ थियो।

कार्यक्रमका अध्यक्ष समीर बलामीले चलचित्र पत्रकारितालाई अझ संगठित, मर्यादित र जिम्मेवार बनाउँदै लैजानुपर्नेमा जोड दिँदै संघलाई थप सशक्त र क्रियाशील बनाउने प्रतिबद्धता व्यक्त गरे। यस्तै संघका महासचिव गोपिकृष्ण चापागाईंले चलचित्र पत्रकारितामा भर्खर लाग्दै गरेका देखी तीनदशकसम्म यहि क्षेत्रमा सक्रिए रहेका चलचित्र पत्रकारहरुलाई सम्मानित तथा पुरस्कृत गरिएको बताए। चापागाईंले आगामी बर्षका पत्रकारिता दिवस अझ भब्य रहने जानकारी गराए।

यस अवसरमा संस्थापक अध्यक्ष भरत शाक्यसहित संस्थापकहरूप्रति सम्मान तथा स्मरण व्यक्त गरिएको थियो भने निवर्तमान अध्यक्ष स्वर्गीय दिनेश सिटौलाप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो।

कार्यक्रममा वसुन्धरा भुसाल, भुवन चन्द, चैत्यदेवी सिंह, अशोक शर्मा, ज्ञानेन्द्र देउजा, केपी पाठक, बद्री पंगेनी, ऋषि लामिछाने, नवल नेपाल, करिश्मा मानन्धर, निखिल उप्रेती, रेखा थापा, पल शाह, सुरक्ष्या पन्त, जितु नेपाललगायत दर्जनौँ चलचित्रकर्मी तथा चलचित्रसँग सम्बन्धित संघ–संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरू नरेन्द्र महर्जन, उत्तम केसी, अरुणकुमार प्रधान, पुष्कर लामा, नारायण प्रधान, जनक कार्की, बसन्त बित्यासी थापा लगायतको उपस्थिती थियो।

यसैगरी संघका पूर्वअध्यक्षहरू विदुर गिरी, शान्तिप्रिय, सन्दीप सापकोटालगायत संस्थापक टिमको उपस्थिती थियो। चलचित्र बिकाश बोर्डले सहकार्य गरेको कार्यक्रममा संघको हस्पिटल पार्टनर एभरेस्ट हस्पिटलको मेडिकल टिमले हेल्थ चेकअप गरेको थियो। साथै नबिल बैंक, मेदान्त आयुर्बेद हस्पिटल, रोयल फेसन टेर्लर, श्रीकेश हेअर ओइल, साबित्री कञ्चनजंघा अगरबत्ती, लालिगुँरास ज्वेलर्स, स्टार बोस कफि, हाम्रो अटोमोबाइल्स, ओएसआर डिजिटल, हाइलाइन्ट्स नेपाल, लुङ्टो क्रिएसन, सम्राट फिल्मस्, कुबेर सिने डिस्ट्रीब्युसन्, जय नेपाल सिनेमाज्, एबिफिल्मस्, क्विटी केअर ब्युटि हब एण्ड ट्रेनिङ सेन्टर लगायतमा ब्राण्डले सपोर्ट गरेका थिए।

कार्यक्रममा मोडल अस्मिता पुरीले स्वागत नृत्य प्रस्तुत गरेकी थिइन् भने द भ्वाइस अफ नेपालका विजेता समेत रहेका गायक प्रोसेस पाण्डेले एक फिल्मी गीत गाएका थिए।

प्रकाशित: २०८३ जेठ ८ गते शुक्रबार ०५:२९
प्रतिक्रिया

थप समाचार

तिहारका लागि इन्द्रचोक असनमा किनमेल गर्नेहरूको भिड (फोटो)

तिहारको रौनकसँगै काठमाडौंका प्रमुख व्यापारिक केन्द्र असन र इन्द्रचोकमा किनमेल गर्नेहरूको बाक्लो भीड लागेको छ। असन र इन्द्रचोक क्षेत्रमा तिहारका लागि आवश्यक सामग्री खरिद गर्न सर्वसाधारणको...

तिहार कुर्दैन मखमली माला, भदौदेखि नै विदेश निर्यात

तिहार नजिकिएपछि बजारमा फूल तथा मालाको कारोबार बढ्न थाल्छ। तिहारमा विशेषगरी सयपत्री र मखमली फूलको माग बढी हुने गर्छ। चाडपर्वमा हुने मागलाई लक्षित गर्दै काठमाडौं उपत्यकाका किसानहरू मखमली तथा...

सामाजिक सुरक्षासम्बन्धी कार्यविधि स्वीकृत: श्रमिकको ज्याला खातामा, सामाजिक सुरक्षा अनिवार्य

कार्यविधिअनुसार निर्माण र परामर्श सेवामा रोजगारदाताको २० प्रतिशत सामाजिक सुरक्षा योगदानमध्ये १० प्रतिशत सरकारले व्यहोर्नेछ।

वनको कानुनमा अल्झियो सुर्खेत–दैलेख १३२ केभी प्रशारण लाइनको काम

सुर्खेत: कर्णाली प्रदेशमा गुणस्तरीय बिजुली पुर्‍याउन थालिएको सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन वन सम्बन्धी कानुनी झन्झटमा अल्झिएको छ। कोहलपुर–सुर्खेत–दैलेख आयोजनाअन्तर्गतको यो खण्ड...

कालीमाटीमा तिहारका लागि फूल किन्ने र बेच्नेको चहलपहल (फोटो)

तिहार नजिकिएसँगै काठमाडौंको कालीमाटी बजारमा फूल किन्ने र बेच्नेहरूको चहलपहल बढेको छ। बजारमा सयपत्री र मखमली फूल तथा फूलमाला बिक्रीका लागि राखिएका छन्। तिहारमा घर सजाउन, पूजाआजा गर्न र दिदीबहिनीले...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
Banijya_BAnk_nepal
बैंकिङ

ऋणको माग सुस्त हुँदा पनि बैंकहरूको नाफा कसरी बढ्यो ४५ प्रतिशत?

कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (प्रोभिजनिङ) घट्नु, कर्जा असूलीमा सुधार आउनु र ब्याज आम्दानी तथा निक्षेपको लागतमा आएको परिवर्तनले नाफा बढाउन सहयोग गरेको देखिन्छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना