काठमाडौँः साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ। आज नेप्से परिसूचक १७.८५ अंकले बढेर २ हजार ७८६.३५ विन्दुमा बन्द भएको हो।
आज एक करोड ८ लाख ८८ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा ५ अर्ब ९८ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यसैगरी, आज २१७ कम्पनीको सेयर मूल्य बढेको छ भने ४७ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। ६ कम्पनीको सेयरमूल्य स्थिर छ।
यसदिन थ्रिस्टार हाइड्रोपावरको सेयरमूल्य ९.०१ प्रतिशतले बढेको छ भने सर्वाधिक कारोबार आँखु खोला जलविद्यूत कम्पनीको भएको छ। कम्पनीको मात्र ६० करोड २० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो।


