काठमाडौँः स्नो रिभर्स लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको साधारण सेयर (आईपीओ) मङ्गलबार (आज) बाँडफाँड हुँदै छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलले जेठ १२ गते बिहान ११ बजे सेयर बाँडफाँड गर्न लागेको हो।
कम्पनीले वैशाख २९ गतेदेखि जेठ १ गतेसम्म आम सर्वसाधारणलाई ७ लाख ७८ हजार १ सय २५ कित्ता सेयर निष्काशन गरेको थियो।
नेपाल धितोपत्र बोर्डले माघ १८ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो ।


