२०८३ कार्तिक १३ गते बिहिबार

विपद्पीडितलाई तत्काल राहतदेखि संसदको विकृति नियन्त्रणसम्म बहस

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, असार ५
parliament (5)
प्रतिनिधि सभा बैठकको फाइल तस्बिर।

काठमाडौँ – सांसदहरुले प्राकृतिक विपत्तिमा परी पूर्वी नेपालमा ठूलो मात्रामा जनधनको क्षति भएको उल्लेख गर्दै पीडितलाई तत्काल उद्धार र राहतको प्रबन्ध गर्न माग गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै अधिकांश सांसदहरुले ताप्लेजुङ, सङ्खुवासभा र पाँचथरलगायतका जिल्लामा अत्यधिक वर्षाका कारण बाढीपहिरो आई क्षति भएकाले घरबारविहीनलाई तत्काल बासको प्रबन्ध गर्न, बेपत्ता भएकाहरुको खोजी गर्न माग गरेका हो।

सांसद शान्ति विकले हरेक वर्ष वर्षाका कारण मानवीय क्षति हुने र हाल ताप्लेजुङ, पाँचथरलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएकाले पीडितलाई तत्काल राहतको प्रबन्ध गर्न माग गरे। उनले पूर्वतयारीमा विशेष ध्यान दिन आवश्यक रहेकोमा जोड दिएका हुन्।

सांसदहरु शेरबहादुर कुँवर, शान्ति चौधरी र सम्झना थपलिया, हितराज पाण्डे, हेमराज राई र ज्ञानेन्द्रबहादुर कार्कीले पनि पाँचथर, ताप्लेजुङ र सङ्खुवासभामा बाढीपहिरोका कारण पीडित नागरिकलाई राहतको प्रबन्ध गर्न माग गरे। सांसद सूर्यबहादुर थापाले पीडितलाई दीर्घकालीन राहतको प्रबन्धको गर्न माग गरे।

सांसद सोविता गौतमले किसान र उपभोक्ताकाबीचमा विभिन्न छ तहको विचौलिया रहेकाले त्यसलाई नियन्त्रण गर्न माग गरिन्।

सांसद सूर्यमान तामाङ दोङले काभ्रे, रामेछाप र सिन्धुलीमा आयोजनास्थल रहेका रणनीतिक महत्वका आयोजना अगाडि बढाउन बजेटको प्रबन्ध हुन नसकेकामा गुनासो गरे। उनले किसानको उपजको बजारीकरण गर्न माग गरे।

सांसद विनिताकुमारी सिंहले सामुदायिक विद्यालयका कार्यरत कार्यालय सहयोगी र कर्मचारीले उचित पारिश्रमिक नपाएको र आगामी आर्थिक वर्षको बजेटमासमेत सम्बोधन नभएकामा सरकारको ध्यानकर्षण गराइन्।

सांसद बीना जैसवालले धर्म संस्कृति तथा कलाको प्रवद्र्धनका लागि वीरगन्ज महानगरपालिकाले अगाडि बढाएको अभियानको सरहाना गरिन्। सांसद शान्ति श्रेष्ठले नेपालको संविधानले सबै नागरिकलाई समान अधिकार दिएको भए पनि बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई हेरचाहको प्रबन्ध गर्न र उनीहरुको अधिकारको सम्मान गर्न माग गरिन्। त्यस्ता नागरिकलाई परिचयपत्रको व्यवस्था र हेरचाह केन्द्रको प्रबन्ध गर्न माग गरेकी छन्।

सांसद शिव नेपालीले किसान बाटोमा उत्पादन फाल्न बाध्य भएको भन्दै तत्काल राहतको प्रबन्ध गर्नका साथै स्मार्ट लाइसेन्समा भइरहेको ढिलासुस्तीप्रति पनि सरकारको ध्यानकर्षण गराएका छन्।

सांसद सन्तोष परियारले त्रिभुवन विश्वविद्यालयका प्राध्यापक प्रेम चलाउनेलाई आक्रमणमा सहभागीलाई कारबाही नगरी त्यत्तिकै छाडिएकोमा आपत्ति प्रकट गरे। सांसद सराज अहमद फारुकीले वाणगङ्गा सिँचाइ योजना सरकारको प्राथमिकतामा नपरेको तथा कृष्णनगर नगरपालिकामा रहेको अधुरो योजना पूरा गर्न माग गर्न गरे।

सांसद सन्तोष परियार।

सांसद सीताकुमारी रानाले जल, जमिन र जङ्गलको संरक्षण गर्ने र भूमिपुजन गर्ने मगर समुदायमाथि विभाजन गर्न खोजिएको र राष्ट्रिय जनगणनामा पहिचान मेट्न खोजिएकोमा गुनासो गरिन्।

सांसद सीता मिजारले कर्णाली प्रदेश सरकारले दलितमैत्री बजेट ल्याउन नसकेको र त्यसको विरोध गर्नेलाई प्रहरीले पक्राउ गरेकामा गुनासो गरेकी छन्। सांसद सुनिता बरालले अर्थतन्त्रलाई उकास्नका लागि जल, जमिनलाई विशेष प्राथमिकता राखिएको र सोहीअनुसार पर्यटन प्रवद्र्धनको कार्यक्रम अगाडि बढाइएको भए पनि पदयात्रामा जाने पर्यटकलाई बिरामी बनाएर नक्कली उद्धारको नाममा गलत धन्दा चलाइएको बताइन।

सांसद सुमना श्रेष्ठले भित्रुवन विश्वविद्यालयका परीक्षामा नेपाली भाषामा प्रश्नपत्र बनाउन र विद्यार्थीलाई अनावश्यकरुपमा अनुत्र्तीण गराउन खोजिएकोमा शिक्षा मन्त्रालयको ध्यानकर्षण गराइन्।

राजनीतिक क्रान्ति पूरा भए पनि आर्थिक क्रान्तिको प्रक्रिया अगाडि बढ्न नसक्दा जनताको निराशालाई लिएर केही व्यक्तिले फाइदा उठाउन खोजेकाले त्यसलाई नियन्त्रण गर्न समाजवादी मोर्चा नेपाल घोषणा गरिएको दाबी

सांसद सुशीला श्रेष्ठले किसानले उत्पादन गरेको उपजको उचित मूल्न नपाएका कारण आफ्ना उत्पादन फाल्नु परेकामा सरकारको ध्यानकर्षण गराउँदै तत्काल उचित प्रोत्साहनको प्रबन्ध गर्न माग गरेकी छन्।

सांसद सूर्यकुमारी श्रेष्ठले मुलुकको ठूलो युवा जनशक्ति रोजगारीका लागि विदेशिएको तथ्य पेस गर्दै स्नातक तह उत्र्तीण गरेकालाई सरल र सहज रुपमा ऋणको प्रबन्ध गर्न र देशमा रोजगारीको व्यवस्था गर्न माग गरे। सांसद सूर्यप्रसाद ढकालले विद्युत् बक्यौता, क्यासिनो रोयल्टी, ठूला करदाता, अदालतलगायतका निकायबाट उठाउन बाँकी बक्यौता उठाएर विकास निर्माणका लागि बजेट विनियोजन गर्न  सकिने बताइन।

सांसद सोविता गौतमले किसान र उपभोक्ताकाबीचमा विभिन्न छ तहको विचौलिया रहेकाले त्यसलाई नियन्त्रण गर्न माग गरिन्। सांसद सञ्जयकुमार गौतमले तत्कालीन राजा वीरेन्द्रले नेपाललाई शान्ति क्षेत्र घोषणा गर्न गरेको प्रस्ताव आज पनि सान्दर्भिक रहेकाले सर्वदलीय सहमति जुटाएर त्यसलाई अगाडि बढाउनु माग गरिन्।

हर्कमाया विश्वकर्माले लागुऔषध विरुद्धको अभियानलाई प्रभावकारी बनाउन माग गर्दै सीमावर्ती जिल्लामा त्यसको नियन्त्रणका लागि उचित प्रबन्ध गर्न माग गरेकी छन्।

सांसद हरि ढकालले सङ्घीय संसद् भवन रहेको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अनेकन खालका विकृति रहेकाले त्यसलाई तत्काल नियन्त्रण गर्न माग गरे। सांसद ज्ञानु बस्नेत सुवेदीले राजनीतिक क्रान्ति पूरा भए पनि आर्थिक क्रान्तिको प्रक्रिया अगाडि बढ्न नसक्दा जनताको निराशालाई लिएर केही व्यक्तिले फाइदा उठाउन खोजेकाले त्यसलाई नियन्त्रण गर्न समाजवादी मोर्चा नेपाल घोषणा गरिएको दाबी गरे।

प्रकाशित: २०८० असार ५ गते मङ्गलबार १२:५६
प्रतिक्रिया

थप समाचार

संसद् बैठकमा बोल्न नपाएपछि गृहमन्त्रीले बोलाए पत्रकार सम्मेलन

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले प्रतिनिधि सभा बैठकमा कुरा राख्न नपाएपछि पत्रकार सम्मेलन बोलाएका छन्। संघीय संसद् भवनको ल्होत्से हलमा बुधवार साँझ ५ बजेका लागि पत्रकार सम्मेलन बोलाइएको गृहमन्त्री...

राजनीतिमा आउने सोच छैन, युवालाई सघाउने हो : हरिवंश आचार्य [अन्तर्वार्ता]

कलाकार हरिवंश आचार्यको पहिचान हास्य व्यङ्ग्यात्मक प्रहसन र प्रस्तुतिमा छ। २०७९ सालमा प्रदर्शन भएको चलचित्र ‘महापुरुष’मार्फत राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट अभिनेता घोषित भएपछि उनले...

संवैधानिक परिषद्सम्बन्धी विधेयक पारित, पदाधिकारी नियुक्त गर्ने बाटो खुल्यो

काठमाडौँ- प्रतिनिधिसभाले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक सर्वसम्मतीले पारित गरेको छ। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट आज सभाको...

२०८४ सालसम्म प्रधानमन्त्री बन्दिनँ : प्रचण्ड

पर्सा- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफू ०८४ सालको आम निर्वाचनअघि प्रधानमन्त्री हुने दौडमा नरहेको स्पष्ट पारेका छन्। सुशासनको पक्षमा काम गर्दा...

संसदमा ज्ञानेन्द्र शाही र रघुजी पन्तबीच चर्काचर्की

‘मसँग बहस गर्ने हो भने इतिहास पढेर आउने, जुम्लामा हा हु गरेर आएकोजस्तो होइन,’ उनले भने, ‘इतिहास पढेर आउनुस् न।’
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना