काठमाडौँ- प्रतिनिधिसभाले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक सर्वसम्मतीले पारित गरेको छ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट आज सभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गरेका थिए।
सो विधेयक पारित भएकाले अब प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गरिनेछन्।
राष्ट्रपतिले प्रमाणीकरण गरेर विधेयकले ऐनको रूप लिएपछि संवैधानिक निकायका पदाधिकारी नियुक्तिका लागि मार्ग प्रशस्त हुनेछ।


