काठमाडौँ: सरकारले जेनजी आन्दोलनका क्रममा सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित अध्ययन समितिको कार्यअवधि थप्ने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले २०८२ भदौ २३ र २४ गतेको प्रदर्शनको क्रममा भएको घटनाको जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित अध्ययन समितिको कार्यअवधि ४५ दिन थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू
–युनाइटेड नेसन इन्भाइरमेन्ट प्रोग्राम (यूएनडीपी) बाट वजन तहरूलाई हानी पुर्याउने पदार्थको व्यवस्थापन र न्यूनीकरणसम्बन्धी मोन्ट्रियल प्रोटोकलको कार्यान्वयनसम्बन्धी सम्झौता स्वीकृत गर्ने ।
–सशस्त्र प्रहरी नायब निरीक्षक श्री अञ्जनी कुमार पोखरेललाई सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने ।
–२०८२ साल भदौ २३ र २४ गतेको प्रदर्शनको क्रममा भएको घटनाको जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित अध्ययन समितिको कार्यअवधि ४५ दिन थप गर्ने ।
–भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा बलभद्र बास्कोटा, कास्की तथा सदस्य पदमा अमिर प्रसाद न्यौपाने, काठमाडौं र पद्मनिति सोतिल लमजुङ र डा. रोहना श्रेष्ठ, काठमाडौंलाई नियुक्त गर्ने ।







