काठमाडौं। एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिता खेलमा नेपाल फाइनलमा प्रवेश गरेको छ।
आज सिङापूर नेसनल क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनलमा ओमानलाई आठ विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो।
ओमानले दिएको ९५ रनको लक्ष्य नेपालले २ विकेटको क्षतिमा ६४ बल बाँकी हुँदै ९.२ ओभरमा पछ्याएको हो।
नेपालका लागि लोकेस बमले सर्वाधिक ४४ रन बनाए। रोहित पौडेलले २० बलमा २१ रन बनाए। ओपनर कुशल भुर्तेलले २० रन र आशिफ शेख १ रनमा आउट भए।
टस जितेर सुरुमा ब्याटिङ गरेको ओमानलाई नेपालले १९ ओभर ४ बलमा ९४ रन बनाउँदा अलआउट गरेको थियो।


