२०८३ कार्तिक २२ गते शनिवार

नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय सहमतिहरूको स्वागत, आर्थिक सहकार्य तीव्र बनाउन निक्कीको आग्रह

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ २४
nicci

काठमाडौं। नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) ले परराष्ट्र मन्त्रीहरूबीच नयाँ दिल्लीमा सम्पन्न भेटवार्तामा भएका सहमतिहरूको स्वागत गर्दै दुवै देशबीचको आर्थिक सहकार्यलाई थप तीव्रता दिन आग्रह गरेको छ।

संघले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमणका क्रममा भारतीय विदेश मन्त्री एस जयशंकरसँग जुन ६ मा भएको द्विपक्षीय भेटवार्तामा व्यापार तथा पारवहन, कनेक्टिभिटी, ऊर्जा, विकास साझेदारी र जनस्तरको सम्बन्धलगायत विषयमा भएका छलफल तथा सहमतिलाई सकारात्मक रूपमा लिएको जनाएको छ।

विज्ञप्तिअनुसार नवप्रवर्तन, स्टार्टअप, डिजिटल तथा वित्तीय प्रविधि र क्षमता अभिवृद्धिका क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रतिबद्धताले दुई देशबीचको आर्थिक सम्बन्धलाई नयाँ आयाम दिने विश्वास संघले व्यक्त गरेको छ।

निक्कीले भारत र नेपालबीच सुरु गरिएको पियर–टु–पियर  भुक्तानी प्रणालीलाई महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गरेको छ। उक्त प्रणालीले सीमापार रेमिट्यान्स, पर्यटन तथा साना व्यवसायिक कारोबारलाई थप सहज बनाउने अपेक्षा गरिएको संघको भनाइ छ।

त्यसैगरी, डिजिटल इन भासिनी र काठमाडौं विश्वविद्यालयबीच भएको समझदारीले भाषा प्रविधि तथा डिजिटल नवप्रवर्तनका क्षेत्रमा नयाँ सम्भावना सिर्जना गर्ने विश्वास पनि संघले व्यक्त गरेको छ।

संघले दुवै सरकारलाई व्यापार पूर्वाधार तथा सीमा नाकाको आधुनिकीकरण, भन्सार तथा नियामकीय प्रक्रियाको सरलीकरण, रेल, सडक, हवाई तथा बहुआयामिक कनेक्टिभिटी विस्तार, ऊर्जा तथा पूर्वाधार आयोजनाको शीघ्र कार्यान्वयन, द्विपक्षीय लगानी प्रवद्र्धन, गैर–भन्सार अवरोधको समाधान, डिजिटल भुक्तानी प्रणालीको विस्तार तथा सरकार–निजी क्षेत्रबीच संस्थागत संवादको सुदृढीकरणमा विशेष प्राथमिकता दिन आग्रह गरेको छ।

निक्कीले नेपाल–भारत आर्थिक सम्बन्धको मुख्य आधारका रूपमा कनेक्टिभिटी र ऊर्जा सहकार्यलाई औंल्याउँदै पूर्वाधार विकास, जलविद्युत आयोजना, प्रसारण लाइन तथा दीर्घकालीन विद्युत व्यापार व्यवस्थाको कार्यान्वयनलाई तीव्रता दिनुपर्नेमा जोड दिएको छ।

विज्ञप्तिमा निक्कीले नेपाल र भारतबीच व्यापार, लगानी, ऊर्जा, कनेक्टिभिटी तथा आर्थिक साझेदारीलाई थप सुदृढ र सहजीकरण गर्न निरन्तर सक्रिय रहने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

प्रकाशित: २०८३ जेठ २४ गते आईतबार ०८:४२
प्रतिक्रिया

थप समाचार

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा होटल व्यवसायीको अर्बौं लगानी जोखिममा

विमानस्थल सञ्चालनको अनिश्चितताको असर होटल व्यवसायमा मात्र सीमित छैन। बैंकको ऋण तिर्न कठिनाइ, रोजगारीको अनिश्चितता र सुस्ताएको स्थानीय अर्थतन्त्रले समेत यसको मूल्य चुकाइरहेका छन्।

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

ग्यास उद्योग मर्जरमा आयकर छुट दिन माग, बैंकमार्फत अनुदान दिन उद्योगीको प्रस्ताव

काठमाडौं । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ। आयल निगमले ग्यास बिक्री वितरणलाई सहज बनाउन...

कर छुट नपाए ग्यास उद्योग मर्जरमा जान कठिन हुने उद्योगीको जिकिर

काठमाडौं। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले आयकरमा छुट तथा कानुनी सहजीकरण नहुँदा ग्यास उद्योगहरू मर्जरमा जान कठिन हुने बताएका छन्। सरकारले उद्योगहरूको संख्या घटाएर कारोबार...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना