२०८३ कार्तिक १२ गते बुधबार

छ प्रतिस्पर्धीलाई पछि पार्दै सोफिया तामाङले जितिन् टेकस्किल्स उपाधि

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ २८
New Project – 2026-06-11T114615.709

काठमाडौँः टेकस्किल्स आईटी स्कलरसिप ग्राण्ड फिनाले २०२६ को उपाधि सोफिया तामाङले जितेकी छन्। काठमाडौंस्थित नेपाल पुलिस क्लब हल, भृकुटीमण्डपमा आयोजित ग्राण्ड फिनाले कार्यक्रममा उनले उत्कृष्ट प्रदर्शन गर्दै विजेता बन्न सफल भएकी हुन्।

प्रतियोगिताको अन्तिम चरणमा पुगेका ६ जना प्रतिस्पर्धीबीच विभिन्न सूचना प्रविधि (आईटी) सम्बन्धी चुनौतीपूर्ण कार्यहरूमा आधारित प्रतिस्पर्धा भएको थियो। ती प्रतिस्पर्धामध्ये उत्कृष्ट प्रदर्शनका आधारमा सोफिया तामाङ विजेता घोषित भएकी हुन्।

प्रतियोगितामा प्रार्थना मिश्रा प्रथम उपविजेता तथा बिबेक अधिकारी द्वितीय उपविजेता घोषित भए। विजेता सोफिया तामाङले नगद १ लाख रुपैयाँसहित अष्ट्रेलियन मापदण्डअनुसारको रोजगारी सुनिश्चित गर्ने अवसर प्राप्त गरिन्। त्यस्तै, प्रथम उपविजेता प्रार्थना मिश्राले नगद ५० हजार रुपैयाँसहित अष्ट्रेलियन मापदण्डअनुसारको रोजगारी सुनिश्चित गर्ने अवसर प्राप्त गरिन्।

कार्यक्रमका प्रमुख अतिथि रायन ओ कोनेलले नेपाली युवाहरूमा बढ्दो सूचना प्रविधि प्रतिभा र अन्तर्राष्ट्रिय स्तरको सीप विकासको आवश्यकताबारे धारणा राखेका थिए। उनले विश्वव्यापी प्रतिस्पर्धामा सफल हुन प्राविधिक दक्षता र व्यावसायिक सीपको महत्व बढ्दै गएको उल्लेख गरे।

विशेष अतिथि रञ्जन राजाले साइबर सुरक्षा तथा डिजिटल सचेतनाको महत्वबारे प्रकाश पार्दै डिजिटल युगमा सुरक्षित प्रविधि प्रयोगको आवश्यकता औंल्याएका थिए।

त्यसैगरी, पत्रकार तथा सञ्चारकर्मी सरल गुरुङले डिजिटल युगमा सीप विकास, प्रभावकारी सञ्चार र व्यक्तिगत ब्रान्डिङको महत्वबारे आफ्नो धारणा व्यक्त गरेका थिए। उनले युवाहरूलाई निरन्तर सिकाइ र सीप अभिवृद्धिमा केन्द्रित हुन सुझाव दिएका थिए।

कार्यक्रम बिराज भडेलको नेतृत्वमा सम्पन्न भएको थियो। उनले नेपाली विद्यार्थी तथा युवाहरूलाई अन्तर्राष्ट्रिय स्तरको सीप, रोजगारीका अवसर तथा करियर मार्गदर्शन उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।

ग्राण्ड फिनालेमा विजेता तथा उत्कृष्ट प्रतिस्पर्धीहरूलाई पुरस्कार, प्रमाणपत्र र सम्मान प्रदान गरिएको थियो। कार्यक्रमले नेपाली युवाहरूलाई विश्वस्तरीय सूचना प्रविधि सीप विकास, करियर निर्माण तथा अन्तर्राष्ट्रिय रोजगारीको तयारीतर्फ प्रेरित गर्ने प्रभावकारी मञ्चका रूपमा आफ्नो छाप छोड्न सफल भएको आयोजकले जनाएको छ।

प्रकाशित: २०८३ जेठ २८ गते बिहिबार ११:४७
प्रतिक्रिया

थप समाचार

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

काठमाडौँ: मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना