२०८३ कार्तिक ११ गते मङ्गलबार

विश्वकपमा नेताको समर्थन: हर्क र कमल थापाको रोजाइ रोनाल्डो, महर ब्राजिलतर्फ

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ २८
photo_07010c44

काठमाडौँ: फिफा विश्वकप २०२६ प्रति विश्वभर उत्साह र चासो बढिरहेका बेला नेपालका राजनीतिक नेतृत्व तथा जनप्रतिनिधिहरूले पनि आफ्नो रुचि र समर्थनबारे धारणा व्यक्त गरेका छन्। बिहीबार संसद् भवन बाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफू पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोका समर्थक रहेको बताए।

उनले भने, ‘जसले जिते पनि हुन्छ, जित्नेलाई समर्थन गर्ने हो। तर मलाई रोनाल्डो मन पर्छ, त्यसैले म रोनाल्डोलाई बढी समर्थन गर्छु।’

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले फुटबलबारे आफूलाई धेरै जानकारी नभएको स्वीकार गर्दै खेलप्रति भने सकारात्मक रहेको बताए। उनले आफू फुटबलको ज्ञानभन्दा पनि राजनीतिको ज्ञानमा बढी चासो भएकाले अहिलेको सबैभन्दा सुपरस्टार खेलाडी रवि लामिछाने भएको बताए।

उनले भने, ‘फुटबलको सन्दर्भमा म सबैको पक्षमा छु। धेरै ज्ञान त छैन, थाहा नभएको विषयमा धेरै बोल्नु पनि हुँदैन। केही खेलाडीहरूको नाम सुनेको छु। तर फुटबलको ज्ञानभन्दा राजनीतिको ज्ञानमा बढी चासो हुने भएकाले अहिलेको सबैभन्दा सुपरस्टार खेलाडी त रवि लामिछाने नै हुन्।’

उता नेकपा एमालेका नेता ऐन महरले आफू लामो समयदेखि फुटबलप्रेमी रहेको बताउँदै विश्वकपका लागि सबै टोलीलाई शुभकामना व्यक्त गरे।

उनले भने, ‘करिब २८ वर्षदेखि फुटबल हेर्दै आएको छु। यो मेरो अत्यन्त मनपर्ने खेल हो। अघिल्ला धेरै प्रतियोगिताका खेलहरू पनि सकेसम्म नछुटाई हेर्ने गरेको छु। सबै टोलीलाई शुभकामना दिन चाहन्छु।’

महरले आफूले लामो समयदेखि ब्राजिललाई समर्थन गर्दै आएको उल्लेख गर्दै विश्व फुटबलका स्थापित खेलाडीहरूप्रति सम्मान व्यक्त गरे। उनले मेस्सी, रोनाल्डो र नेयमारजस्ता खेलाडीहरू आफ्नो समयका उत्कृष्ट खेलाडी भएकाले अहिले युवा खेलाडि लामिन यमालाई समर्थन गर्ने बताए।

उनले भने, ‘मेरो समर्थन सधैं ब्राजिललाई नै रहन्छ। मेस्सी, रोनाल्डो र नेयमारजस्ता खेलाडीहरू आफ्नो समयका उत्कृष्ट खेलाडी हुन्। उहाँहरूले फुटबलमा ठूलो योगदान पुर्याउनुभएको छ। अहिले भने लामिन यमालले पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। यी सबै खेलाडीप्रति मेरो उच्च सम्मान छ।’

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले पनि आफ्नो समर्थन पोर्चुगललाई रहेको जनाएका छन्। सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले रोनाल्डोलाई समर्थन गर्ने जनाएका हुन्।

उनले फेसबुकमा लेखेका छन्, ‘म त तयार भएँ। यसपालिको मेरो फेभरेट टिम पोर्चुगल रोनाल्डो।’ फिफा विश्वकपलाई लिएर सर्वसाधारणदेखि राजनीतिक नेतृत्वसम्मको बढ्दो चासोले नेपालमा पनि फुटबलप्रतिको आकर्षण झन् बढ्दै गएको देखिन्छ। आयोजक मध्धेको एक मेक्सिको र दक्षिण अफ्रिकाबीच हुने उद्घाटन खेल नेपाली समयअनुसार राति १२ः४५ बजे सुरु हुनेछ।

प्रकाशित: २०८३ जेठ २८ गते बिहिबार ०५:४३
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

रसेल र लोकेशको आक्रामक ब्याटिङका बाबजुद विराटनगर पराजित, चितवन ८ रनले विजयी

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ। खेलको अन्तिम चरणमा विराटनगरले लगातार विकेट गुमाउँदा जितको नजिक पुगेर पनि हार...

टस जितेर विराटगरले चितवनलाई दियो पहिले ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले...

एनपीएल क्रिकेट : आज दुई खेल हुँदै 

काठमाडौं। राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा मध्यान्ह १२ बजे चितवन राइनोज र विराटनगर...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना