काठमाडौँः विशेष अदालतले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई ४ दिनसम्म हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको छ। उनलाई राहदानी छपाइको ठेक्का प्रक्रियामा अनियमितता र भ्रष्टाचार भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार नियन्त्रणमा लिएको हो।
अख्तियारले प्रारम्भिक बयान लिने प्रक्रिया पूरा गर्न नसकेपछि अदालतसँग थप हिरासत अनुमति माग गरेको थियो। अदालतले अनुसन्धानका लागि हिरासत अवधि सोमबारदेखि नै गणना हुने गरी ४ दिनको अनुमति दिएको छ।
यसै प्रकरणमा विभागका निर्देशक सुनील कुमार केसीलाई पनि ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ।


