२०८३ कार्तिक १२ गते बुधबार

७७ जिल्लामा दलित होमस्टे सञ्चालन गर्नेगरी बजेट राखेका छौँ: मन्त्री पौडेल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ३
photo_e477070d

काठमाडौँ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले पर्यटनलाई ‘खुसीको खोज र खुसी बेच्ने व्यवसाय’का रूपमा व्याख्या गर्दै यसबाट देशको आम्दानी बढाउन सकिने बताएका छन्। बुधबार प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले पर्यटनलाई सामाजिक र आर्थिक रूपान्तरणसँग जोडेर अघि बढाइने बताए।

मन्त्री पौडेलले भने, ‘पर्यटन भनेको खुसीको खोजमा जाने काम हो। त्यो खुसी बेचेर हामीले पर्यटनबाट आम्दानी गर्ने हो। त्यसैले बजेट समेटे पनि नसमेटिए पनि सबै सांसदहरूमा खुसीको हासो हास्न अनुरोध गर्छु।’

उनका अनुसार पशुपति र लुम्बिनी क्षेत्रका आफ्नै आन्तरिक कोष रहने भएकाले ती आयोजनाहरूलाई सम्बन्धित व्यवस्थापन प्रणाली मार्फत सञ्चालन गरिने व्यवस्था रहेको भन्दै बजेटमा छुट्टै रूपमा नसमेटिएको बताए। ‘पशुपति लुिम्बनीको आफ्नै आन्तरिक कोषहरू हुन्छ। उहाँहरूले आफ्नै तरिकाले एलएमबिआइएस् मार्फत आफै विनियोजन गर्छौ। त्यसैले यहाँ समेटिएको छैन,’ उनले भने।

मन्त्री पौडेलले ७७ वटै जिल्लामा कम्तीमा एक–एक वटा दलित होमस्टे सञ्चालन गर्ने योजना रहेको पनि जानकारी दिए।

‘हामीले ७७ वटा जिल्लामा कम्तिका १/ १ वटा दलित होमस्टे सञ्चालन गर्नेगरी बजेट राखेका छौँ। अपुग बजेटलाई थप हुने गरि अर्को शीर्षकमा पनि बजेट राखेका छौं,’ उनले भने, ‘यसले दलित समुदायको सामाजिक रूपान्तरणमा सहयोग गर्नेछ। उनीहरूको किचन, बाथरुम लगायत पूर्वाधारको प्रवद्र्धन र गुणस्तर सुधार हुनेछ।’

त्यसैगरी मन्त्रालयले १० वर्षसम्म सरकारी कार्यक्रमहरू दलित होमस्टेमा बस्ने गरी सञ्चालन गर्न अन्य निकायलाई पनि प्रोत्साहित गर्ने नीति लिएको उनले बताए।

कर्णाली र सुदूरपश्चिमका तोकिएका स्थानहरूमा घुम्न जाने १२ कक्षा उत्तीर्ण सामुदायिक विद्यालयका विद्यार्थीका लागि शैक्षिक भ्रमण अनुदानको व्यवस्था गरिएको पनि मन्त्री पौडेलले जानकारी दिए।

उनले भने, ‘कर्णाली र सुदूरपश्चिमका तोकिएका स्थानहरू घुम्न जाने १२ कक्षा पढेका बालबालिकाहरूको लागि सामुदायिक विद्यालयका बालबालिकाहरूको लागि शैक्षिक भ्रमणमा अनुदानको व्यवस्था गरेका छौं। त्यसले सामाजिक अन्तरघुलन गर्ने काम गर्छ।’

उनका अनुसार यी कार्यक्रमहरूले पर्यटनमार्फत सामाजिक समावेशिता र तल्लो वर्गको लाभ सुनिश्चित गर्ने लक्ष्य राखेका छन्।

प्रकाशित: २०८३ असार ३ गते बुधबार ०५:२८
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना