२०८३ कार्तिक १२ गते बुधबार

कुवेतमा सयौँ नेपाली जेलमा रहेको दाबी सत्य हैन: परराष्ट्रमन्त्री खनाल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ४
photo_aa879448

काठमाडौँ: परराष्ट्रमन्त्री शिशिर खनालले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि परराष्ट्र मन्त्रालयको बजेट वृद्धि गरिएको र आर्थिक कूटनीति, सार्वजनिक कूटनीति तथा प्रविधिमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखिएको बताएका छन्।

बिहीबार प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री खनालले मन्त्रालय र मातहतका निकायका लागि आठ अर्ब ७३ करोड रुपैयाँ बजेट विनियोजन भएको जानकारी दिए। उनका अनुसार यो रकम कुल बजेटको ०.४१ प्रतिशत हो भने गत वर्षको तुलनामा करिब ११ प्रतिशतले बढी हो।

मन्त्री खनालले नेपालको परराष्ट्र नीति संविधान, संयुक्त राष्ट्रसंघीय बडापत्र, असंलग्नता, पञ्चशीलका सिद्धान्त तथा अन्तर्राष्ट्रिय कानुनका आधारमा सञ्चालन भइरहेको बताए। राष्ट्रिय हित, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, आर्थिक समृद्धि तथा नेपाली नागरिकको हित संरक्षणलाई केन्द्रमा राखेर स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अघि बढाइएको उनको भनाइ थियो।

हाल नेपालले विश्वका १८३ देशसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको तथा विदेशमा ४४ वटा नेपाली नियोग सञ्चालनमा रहेको जानकारी उनले दिए। तीमध्ये ३१ राजदूतावास, तीन स्थायी नियोग र १० महावाणिज्य दूतावास रहेका छन्।

आगामी वर्ष द्विपक्षीय सम्बन्ध सुदृढीकरण, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहकार्य विस्तार, आर्थिक कूटनीति प्रवद्र्धन, नेपालको सौम्य शक्ति (सफ्ट पावर) को प्रवद्र्धन तथा सार्वजनिक कूटनीतिलाई प्रभावकारी बनाउने कार्यक्रमहरूलाई प्राथमिकता दिइएको मन्त्री खनालले बताए।

उनका अनुसार कन्सुलर सेवा र राहदानी प्रणालीलाई थप डिजिटल तथा प्रविधिमैत्री बनाइनेछ। एआईमा आधारित सञ्चार तथा स्वचालन प्रणाली सञ्चालन, विदेशस्थित तीन नेपाली नियोगका भवन निर्माण, घुम्ती राहदानी तथा कन्सुलर सेवा शिविर सञ्चालनलगायत कार्यक्रम पनि बजेटमा समावेश गरिएका छन्।

त्यस्तै, विदेशमा रहेका नेपालीहरूको पुँजी, सीप र प्रविधिलाई राष्ट्रिय विकासमा उपयोग गर्ने उद्देश्यले ‘नेपाली डायस्पोरा ग्लोबल नेटवर्क’ स्थापना गर्ने प्रस्ताव गरिएको छ। सार्क राष्ट्रका युवा कूटनीतिज्ञहरूका लागि ‘लुम्बिनी फेलोसिप’ कार्यक्रम र भू–रणनीतिक विषयमा अन्तर्राष्ट्रिय संवाद शृङ्खला सञ्चालन गर्ने योजना पनि मन्त्रालयले अघि सारेको छ।

मन्त्री खनालले विदेशमा समस्यामा परेका नेपाली श्रमिकहरूको उद्धार, कानुनी सहायता, क्षतिपूर्ति तथा शव स्वदेश ल्याउने कार्यलाई उच्च प्राथमिकतामा राखिएको बताए। श्रम स्वीकृति नलिई विदेश गएका वा विभिन्न कारणले अलपत्र परेका नेपालीहरूको उद्धार तथा सहायताका लागि ‘आपत्कालीन उद्धार तथा सहायता कोष’ स्थापना गर्ने तयारी भइरहेको जानकारी उनले दिए।

सांसदहरूले उठाएका विभिन्न प्रश्नको जवाफ दिने क्रममा उनले साइप्रसमा समस्यामा परेका धादिङका उज्ज्वल कुँवरको उद्धार भइसकेको र उनी नेपाल फर्किसकेको बताए। जापानमा मृत्यु भएका बझाङका दीपक धामीको शव नेपाल ल्याउन आवश्यक समन्वय भइरहेको तथा कुवेतमा अलपत्र परेकी शर्मिला दर्जीलाई स्वदेश फर्काइएको जानकारी पनि उनले दिए।

कुवेतमा सयौँ नेपाली जेलमा रहेको भन्ने दाबी सत्य नभएको उल्लेख गर्दै मन्त्री खनालले हाल ६३ नेपाली विभिन्न अभियोगमा थुनामा रहेको र तीमध्ये सात जना महिला रहेको बताए।

घरेलु कामदारका रूपमा खाडी मुलुक जाने नेपाली महिलाको विषयमा बोल्दै उनले कानुनी प्रतिबन्ध हुँदाहुँदै पनि भिजिट भिसा वा अन्य अनौपचारिक माध्यमबाट महिलाहरू विदेश जाने क्रम नरोकिएको बताए। अनौपचारिक तथ्याङ्कअनुसार कुवेतमा मात्रै करिब ८० हजार नेपाली महिला रहेको उल्लेख गर्दै उनले यस विषयमा पुनर्विचार आवश्यक रहेको संकेत गरे।

मन्त्री खनालले राष्ट्रिय हित, नागरिकको सुरक्षा तथा नेपालको अन्तर्राष्ट्रिय छवि प्रवद्र्धनलाई केन्द्रमा राखेर परराष्ट्र मन्त्रालयले आगामी दिनमा पनि प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: २०८३ असार ४ गते बिहिबार ०५:३१
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
mudrasfiti
अर्थतन्त्र

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना