काठमाडौँ: अर्थमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम वाग्लेले राशालाई आशा, आक्रोशलाई निर्माणमा बदल्नुपर्ने बताएका छन्। आइतबारदेखि चितवनमा सुरू भएको पार्टीको प्रथम महाधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन्।
इतिहासले हरेक पुस्तालाई एउटा अवसर दिने र त्यो अवसर आफ्नो पुस्तामा आएको उनले बताए। यो दुर्लभ अवसरको उपयोग गर्नुपर्ने उनको भनाइ छ।
‘इतिहासले हरेक पुस्तालाई एउटा अवसर दिन्छ। हाम्रो पुस्ताले त्यो अवसर पाएको छ। अब प्रश्न केवल यत्ति हो, के हामी यो दुर्लभ अवसरको उपयोग गरौँला? के हामी नेपाललाई नयाँ दिशा दिने पुस्ताका रुपमा चिनिन सकौँला? म विश्वस्त छु, राष्ट्रिय स्वतन्त्र पार्टीको यो प्रथम महाधिवेशन नेपालको राजनीतिक पुनर्जागरणको प्रारम्भ हुन सक्नेछ। आउनुहोस् निराशालाई आशामा बदलौँ, आक्रोशलाई निर्माणमा बदलौँ र विद्रोहलाई रुपान्तरणमा बदलौँ,’ उनले भने।
नेपाललाई उदार, समृद्ध, समन्यायिक र आत्मविश्वासी राष्ट्र बनाउने यात्रामा अगाडि बढ्नुपर्ने बताउँदै उनले यो यात्राका प्रारम्भिक पाइला चितवनबाट थाल्न आह्वान उनले गरे।