काठमाडौँः नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ। आज सुन प्रतितोला एक हजार ४ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला २ लाख ८७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला ४ हजार ६९० रुपैयाँमा खरिदबिक्री भएको चाँदी सोमबार बढेर ४ हजार ७३० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।


