काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको चौथो दिन प्रतिनिधिहरूलाई सामग्रीसहितको झोला वितरण गरिएको छ। झोलाभित्र रास्वपाको क्याप, पेन, कपी तथा परिचयपत्र (आईडी कार्ड) लगायतका सामग्री समावेश गरिएको छ।
चितवनमा जारी महाधिवेशनअन्तर्गत आज केन्द्रीय सदस्यका लागि मतदान हुँदैछ। उम्मेदवार र उनीहरूका समर्थकले भोट मागिरहेका छन्।
केन्द्रीय सदस्यका लागि ४०० भन्दा बढीले उम्मेदवारी दिएका छन्। ८० वटा विद्युतीय उपकरणबाट मतदान हुनेछ।








