२०८३ कार्तिक २२ गते शनिवार

तीन तहबीच समन्वय नहुँदा विकास आयोजना कार्यान्वयनमा समस्या देखियो: उपाध्यक्ष डा.भट्ट

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार १२
photo-1_b99d3bdc (1)

काठमाडौँ: राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले संघ, प्रदेश र स्थानीय तहबीच समन्वयको अभावका कारण विकास आयोजना कार्यान्वयनमा समस्या देखिएको बताएका छन्।

शुक्रबार राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समिति र सुदूरपश्चिम प्रदेश सभाअन्तर्गतको अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिबीच तहगत व्यवस्थापिका, वित्तीय अन्तरसम्बन्ध तथा प्राकृतिक स्रोत व्यवस्थापनसम्बन्धी विषयमा आयोजित छलफलमा बोल्दै उनले स्थानीय तहबाटै आवश्यक पहल नहुँदा कतिपय विकास योजना अघि बढ्न नसकेको बताए।

उनले राष्ट्रिय योजना आयोगमा जिम्मेवारी सम्हालेपछि बजेटको पूर्वसन्ध्यामा विभिन्न स्थानीय तहका प्रतिनिधिहरूसँग छलफल भएको स्मरण गर्दै सबै पालिकाले विशिष्ट तथा सम्पूरक अनुदानका लागि मागसमेत नगरेको जानकारी दिए।

उनले भने,‘राष्ट्रिय योजना आयोगमा आइसकेपछि बजेटको पूर्वसन्ध्यामा हामीले जिम्मेवारी लिइरहेका थियौँ । विभिन्न एजेन्डा लिएर आयोगमा आउनुभएको थियो। कतिपय पालिकाले विशिष्ट तथा सम्पूरक अनुदानको माग नै गर्नुभएको थिएन। अहिले पनि चालु आर्थिक वर्षका लागि ५७ वटा पालिकाले विशिष्ट तथा सम्पूरक अनुदानको माग गर्नुभएको छैन भने ९७ वटा पालिकाले आवश्यक प्रक्रिया पूरा नगर्दा वा अन्य कारणले उक्त अनुदान प्राप्त गर्न सकेका छैनन्।’

उनले निर्वाचन क्षेत्रका सांसदहरूले आफ्नो क्षेत्रमा विकास योजना लैजान चाहने भए पनि सम्बन्धित स्थानीय तहबाट आयोजना प्रस्ताव नै नआउने अवस्था रहेको बताए।

‘निर्वाचन क्षेत्रलाई प्राथमिकतामा राखेर सांसदहरू आफ्नो क्षेत्रमा योजना लैजान प्रयासरत हुनुहुन्छ। तर त्यही जिल्लाका पालिकाबाट आवश्यक आयोजना र विकासका माग नआएको अवस्था पनि छ। यो समन्वयको अभाव हो, अर्थात् ‘कोअर्डिनेसन फेलियर’ हो। निर्वाचन क्षेत्रका सांसद र पालिका प्रमुखबीच प्रभावकारी समन्वय देखिएको छैन,’उनले भने।

उपाध्यक्ष भट्टले विकास योजनाको प्रभावकारी कार्यान्वयनका लागि तीनै तहका सरकार र जनप्रतिनिधिबीच नियमित संवाद तथा सहकार्य अपरिहार्य रहेको बताए।

त्यस्तै कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभाअन्तर्गतको अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिका सभापति घनश्याम चौधरले पनि संघीय शासन प्रणाली प्रभावकारी बनाउन सरकारहरूबीचको समन्वय सुदृढ हुनुपर्नेमा जोड दिए।

उनले भने,‘संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वयको अभाव छ। अहिलेको संसार समन्वयको संसार हो, समन्वयबिना विकास सम्भव हुँदैन। सरकार र सांसदबीच एकातिर द्वन्द्व छ, समिति र सरकारबीच अर्कोतिर मतभेद छ, प्रदेश र स्थानीय तहबीच पनि समन्वयको कमी छ। यी समस्या समाधान गरेर समन्वय स्थापित गर्न सकियो भने विकासले स्वतः गति लिन्छ।’

प्रकाशित: २०८३ असार १२ गते शुक्रबार ०२:३८
प्रतिक्रिया

थप समाचार

विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ: अर्थमन्त्री

अर्थमन्त्री स्वर्णिम वाग्लेले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपद्पछिको उद्धार, राहत, पुनरुत्थान तथा पुनर्निर्माणका लागि सरकारले आवश्यक स्रोतसाधनको व्यवस्था गर्ने बताएका छन्। हिमालमा...

तातोपानी नाका अवरुद्ध हुँदा फलफूलको मूल्यमा चाप, उपभोक्तासँगै व्यवसायी पनि मारमा

काठमाडौँः चीनसँगको तातोपानी नाका नियमित सञ्चालन हुन नसक्दा फलफूल आयातको ढुवानी लागत बढेको छ । यसको प्रत्यक्ष असर फलफूलको मूल्य, व्यवसायीको कारोबार र उपभोक्ताको भान्सासम्म परेको छ । नेपाल...

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्नेक्रम अझ पनि जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

सरकारी बेरुजुको आधाभन्दा बढी हिस्सा म्याद नाघेको पेस्कीमा, पूर्वाधार मन्त्रालयमा सबैभन्दा धेरै

काठमाडौँः सरकारी निकायहरूमा देखिएको बेरुजुमध्ये आधाभन्दा बढी हिस्सा म्याद नाघेको पेस्कीको रहेको पाइएको छ । महालेखा नियन्त्रक कार्यालयको आन्तरिक लेखापरीक्षणको एकीकृत वार्षिक प्रतिवेदनअनुसार...

बजेट कार्यान्वयनमा पहिलो त्रैमासमै सिँचाइ आयोजनाहरूको उत्साहजनक सुरुवात

काठमाडौँ: आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा सिंचाइ आयोजनाहरूले उत्साहजनक सुरुवात गरेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिंचाइ विभागअन्तर्गत पहिलो...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना