२०८३ कार्तिक १३ गते बिहिबार

वर्षा कम हुँदा धान रोपाइँ सुस्त, मुलुकभर ११.३३ प्रतिशत मात्र

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार १३
ropai

काठमाडौं। पर्याप्त वर्षा नहुँदा योे वर्ष देशभर धान रोपाइँको गति सुस्त देखिएको छ। कृषि विभागको पछिल्लो तथ्यांकअनुसार असार १२ गतेसम्म देशभर ११.३३ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न भएको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा ४.२७ प्रतिशत बिन्दुले कम हो।

गत वर्ष असार १३ गतेसम्म १५.६ प्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो। देशभर बर्खे धानका लागि कुल १३ लाख ८१ हजार ४८८ हेक्टर क्षेत्रफलमा खेती हुने गरे पनि हालसम्म एक लाख ५६ हजार ५८३ हेक्टर जमिनमा मात्रै रोपाइँ सम्पन्न भएको विभागले जनाएको छ।

प्रदेशगत रूपमा कर्णाली प्रदेशमा सबैभन्दा बढी २२.८ प्रतिशत धान रोपाइँ भएको छ। त्यसपछि लुम्बिनीमा २०.९, गण्डकीमा १२.७, बागमतीमा १२.६, सुदूरपश्चिममा ९.३, कोशीमा ८.३ र मधेश प्रदेशमा ५ प्रतिशत मात्रै रोपाइँ भएको छ। सबैभन्दा कम प्रगति मधेश प्रदेशमा देखिएको छ।

गत वर्षको तुलनामा भने लुम्बिनी र मधेश प्रदेशबाहेक अन्य सबै प्रदेशमा धान रोपाइँको गति सुस्त भएको तथ्यांकले देखाएको छ। गत वर्ष यही अवधिमा लुम्बिनीमा ९.७ र मधेशमा ३.९ प्रतिशत मात्रै रोपाइँ भएको थियो। त्यसबेला कोशीमा १४.३, बागमतीमा २०.५, गण्डकीमा १३.८, कर्णालीमा ३९.१ तथा सुदूरपश्चिममा ४५.५ प्रतिशत रोपाइँ भएको थियो।

कृषि क्षेत्रका जानकारहरूले पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित भएको बताएका छन्। देशभर मनसुन सक्रिय भए पनि अपेक्षाअनुसार पानी नपरेकाले खेतमा पर्याप्त चिस्यान नहुँदा किसानले रोपाइँलाई तीव्रता दिन नसकेको उनीहरूको भनाइ छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार जुन १ देखि २५ तारिखसम्म देशभर औसत १४९ मिलिमिटर वर्षा मापन भएको छ। यो यस अवधिको औसत २१४ मिलिमिटर वर्षाको ६९.६ प्रतिशत मात्रै हो। औसतभन्दा कम वर्षा भएकाले धान रोपाइँमा प्रत्यक्ष असर परेको कृषि विज्ञहरूको निष्कर्ष छ।

यो वर्ष वर्षा कम हुने अनुमान विभागको छ। धान नेपालको प्रमुख खाद्यान्न बाली भएकाले समयमै रोपाइँ हुन नसके उत्पादनमा समेत असर पर्ने चिन्ता व्यक्त गरिएको छ। कृषिविज्ञहरूले आगामी दिनमा पर्याप्त वर्षा भए रोपाइँको गति बढ्ने अपेक्षा गरेका छन्।

धान उत्पादन कम भएमा मुलुकको आर्थिक विस्तारलाईसमेत ठूलो असर गर्दै आएको छ। धान उत्पादन बढेका वर्ष मुलुकको आर्थिक वृद्धि एक प्रतिशत थपिने गरेको छ।

प्रकाशित: २०८३ असार १३ गते शनिवार ०८:५९
प्रतिक्रिया

थप समाचार

निर्यातले खर्ब नाघ्दा पनि व्यापार घाटा ५ खर्बमाथि, आयातको दबदबा कायमै

काठमाडौँः चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपालको वैदेशिक व्यापार उल्लेख्य रूपमा विस्तार भएको छ। निर्यातले पहिलोपटक तीन महिनामै खर्बको सीमा पार गरे पनि आयातको वृद्धिदर उच्च रहँदा...

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना