काठमाडौं – साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले कुवतेको सामना गर्दैछ। बैंगलोरको श्री कांतिराव रंगशालामा पौने ४ बजेबाट सुरु भएको खेलमा पहिलो हाफमा नेपाल दुई गोलले पछि परेको छ।
खेलको २३ औं मिनेटमा कुवेतका कप्तान खालिद हाजिहले हेडरमार्फत गोल गरेर खेलमा अग्रता दिलाएका थिए। उनले फ्रि किकमा आएको बललाई गोलमा परिणत गरेका थिए। त्यस्तै, खेलको ४२ शाबैब अल्खाल्दीले गोल गर्दै ग्रतालाई दोब्बर बनाएका थिए।
यता नेपालले भने गोल गर्न सकेन। नेपाली डिफेन्डरले म्यान मार्किङ गर्न नसकेको कारण नेपालले गोलको सामना गरेको हो।
नेपाली टिमका मुख्य प्रशिक्षक अल्बर्टो भिन्सेन्जो एनीसले किरण चेम्जोङको कप्तानीमा सुरुआती–११ मा अग्रस्थनमा नवयुग श्रेष्ठसँगै मनिष डाँडी र अन्जन विस्टलाई स्थान दिएका छन्।
त्यस्तै, उनले मिडफिल्डमा एरिक विष्ट, पुजन उपरकोटी, लाकेन लिम्बुलाई राखेका छन्। नेपाली टिमको डिफेन्समा अनन्त तामाङसँगै सनिश श्रेष्ठ, रोहित चन्द र विमल पाण्डे रहेका छन्।


