२०८३ कार्तिक १३ गते बिहिबार

४ प्रतिशत बालबालिकामा दृष्टिदोष

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, असार ७
char percent dristhi dos news photo

काठमाडौं– नेपाल नेत्रज्योति संघ र अर्विसको सहकार्यमा सञ्चालित नेपाल रिच परियोजनाबाट करिब ८ लाख बालबालिका लाभान्वित भएका छन्। परीक्षण गरिएमध्ये ४ प्रतिशत बालबालिकामा दृष्टिदोषको समस्या देखिएको छ। अर्विसको आर्थिक सहयोगमा नेपाल नेत्रज्योति संघले सञ्चालन गरेको उक्त परियोजनामार्फत झापा मोरङ, पर्सा, सुनसरी र सिराहाका ७ लाख ८५ हजार ४६० जना बालबालिकाको निःशुल्क आँखा परीक्षण गरिएको हो।

सन् २०१८ देखि २०२२ सम्म चलेको परियोजनामार्फत ६ देखि १८ वर्षसम्मका विद्यालय जाने र नजाने बालबालिकाको आँखा परीक्षण गरिएको थियो। आँखा परिक्षणपछि समस्या देखिएका बालबालिकालाई निःशुल्क चस्मा तथा शल्यक्रियासमेत गरिएको संघका कार्यक्रम व्यवस्थापक रञ्जन शाहले बताए। परियोजनामार्फत ४ वर्षमा २ हजार ५५५ वटा निजी तथा सामुदायिक विद्यालयमा आँखा जाँच गरिएको थियो।

उक्त जाँचका क्रममा दृष्टिमा समस्या देखिएका २० हजार ३८० जना बालबालिकालाई निःशुल्क चस्मा वितरण गर्नुका साथै २०१ जना बालबालिकाको आँखाको निःशुल्क शल्यक्रियासमेत गरिएको उनले जानकारी दिए। शाहका अनुसार आँखा जाँच गरी वितरण गरिएका चस्मामध्ये ६३ प्रतिशत बालबालिकाले मात्र नियमित रुपमा प्रयोग गरिरहेका छन्। ‘चस्मा लगाउँदा साथीहरुले जिस्क्याउने, आमाबाबुले छोरीहरुलाई विवाह गर्न कठिनाइ हुने भन्दै चस्मा लगाउन नदिने, चस्मा लगाउँदा सहज नहुने र लजाउनेजस्ता कारणले पनि बालबालिकाले नियमित रुपमा चस्मा नलगाएको देखिन्छ,’ शाहले भने।

यसरी वितरण गरिएका चस्माको नियमित प्रयोगबाट प्रभावित विद्यार्थीको शैक्षिक स्तरमा उन्नति र दैनिकीमा समेत धेरै परिवर्तन आएको उनले दाबी गरे। नेपाल नेत्रज्योति संघ आरएम केडिया आँखा अस्पताल, नेपाल नेत्रज्योति संघ सगरमाथा चौधरी आँखा अस्पताल, नेपाल नेत्रज्योति संघ विराटनगर आँखा अस्पताल र मेची आँखा अस्पतालमार्फत यी जिल्लामा कार्यक्रम सञ्चालन गरिएको थियो।

नेपाल नेत्रज्योति संघले कोही पनि नागरिक पहुँच र पैसा अभावमा आँखा उपचार सेवाबाट वञ्चित नहुन् भन्ने उद्देश्यले विभिन्न दातृ निकायसँगको सहकार्यमा देशैभर विभिन्न निःशुल्क शिविर आयोजना गरिरहेको संघका कार्यकारी निर्देशक डा.शैलेशकुमार मिश्रले बताए। परियोजनाले कार्यक्रम सञ्चालित जिल्लाका महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक तथा विद्यालयका भिजन एम्ब्यास्डरलाई आँखा जाँचसम्बन्धी आधारभूत तालिमसमेत दिएको थियो।

प्रकाशित: २०८० असार ७ गते बिहिबार ०७:११
प्रतिक्रिया

थप समाचार

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

काठमाडौँ: मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना