काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि खेलाडी अक्सन भएकव छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार अक्सनका लागि अन्तिम सूचीमा परेका १५५ खेलाडीमध्ये ५२ जना विभिन्न फ्रेन्चाइज टोलीमा आबद्ध भएका छन्।
तेस्रो संस्करणमा एकै ब्रान्डले एकैपटक ६ फ्रेन्चाइज टोलीसँग साझेदारी गर्दै प्रतियोगितामा आफ्नो उपस्थिति बलियो बनाएको छ।
एनपीएल सिजन–३ का सहभागी टोलीहरूको आधिकारिक जर्सी सार्वजनिक गरिएको हो।
सोही अवसरमा एक्सट्रिम इनर्जी ड्रिंक्सले चितवन राइनोज, कर्णाली याक्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजको शीर्ष प्रायोजक (टाइटल स्पोन्सर) बनेको घोषणा गरिएको छ।
यससँगै एउटै ब्रान्डले एकै संस्करणमा ६ वटा फ्रेन्चाइज टोलीलाई शीर्ष प्रायोजन गरेको यो दुर्लभ हो।


