२०८३ कार्तिक ११ गते मङ्गलबार

रोनाल्डोको विश्वकप सपना समाप्त!

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २३
ronaldo

क्रिस्टियानो रोनाल्डोको विश्वकप सपनालाई उनका कट्टर अन्तर्राष्ट्रिय प्रतिद्वन्द्वी स्पेनले अन्त्य गरिदिएको छ। मिकेल मेरिनोको अन्तिम समयको निर्णायक गोलको मद्दतले स्पेन २०२६ विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

थोरै अवसरहरू सिर्जना भएको एक औसत खेलमा, आर्सनलका खेलाडी मेरिनोले इन्जुरी समयमा पोर्चुगलका सेन्टर-हाफहरू बीचबाट उस्तै गतिमा दौडिँदै तल्लो कुना च्यापेर गोल गरी खाता खोलेका थिए।

४१ वर्षीय रोनाल्डोले यो खेलअघि नै आफ्नो यो अन्तिम विश्वकप हुने बताएका थिए। अब खेल जगतका महान् खेलाडीमध्येका एक उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिनेछन् कि छैनन् भन्नेमा सबैको नजर हुनेछ। पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले खेलपछि साढे तीन वर्षको कार्यकाल समाप्त गर्दै आफ्नो पद छाड्ने घोषणा गरेका छन्।

वर्तमान युरोपेली च्याम्पियन स्पेनले अब सेमिफाइनल प्रवेशका लागि बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ। स्पेनको जितसँगै २०२६ विश्वकपका आठ क्वार्टरफाइनलिस्टमध्ये पाँच टोलीको टुंगो लागेको छ।

पोर्चुगलको विश्वकप रेकर्ड सन् २००६ मा सेमिफाइनल पुगेयता उत्साहजनक छैन। २०१० मा अन्तिम १६, २०१४ मा समूह चरण,  २०१८ मा अन्तिम १६ र २०२२ मा क्वार्टरफाइनलबाट पोर्चुगल बाहिरिएको थियो।

पोर्चुगलले २०१६ को युरोपेली च्याम्पियनसिप जिते पनि विश्वकपमा भने उसको प्रदर्शन फितलो रहँदै आएको छ। पोर्चुगलका समर्थकहरूलाई राम्ररी थाहा छ कि हालैका प्रतियोगिताहरूको प्रदर्शन पर्याप्त छैन। रोबर्टो मार्टिनेजले यसमा केही योगदान त गरे, तर राष्ट्रिय टोलीमा यस्ता समस्याहरू गुम्सिएका छन् जसको समाधान कुनै पनि प्रशिक्षकले विश्वमञ्चमा पाउन सकेका छैनन्।

भिसेन्टे डेल बोस्कको नेतृत्वमा स्पेनले २००८ देखि २०१२ को बीचमा तीनवटा ठूला ट्रफीहरू (दुई युरो र एक विश्वकप) जितेको थियो। लुइस डे ला फुएन्टेको टोलीले पनि दुई वर्षअघि जर्मनीमा एक उपाधि जितिसकेको छ। अहिलेको स्पेनिस टोलीले जसरी कुशलतापूर्वक र शान्त ढंगले आफ्नो काम गरिरहेको छ, त्यो निकै व्यावसायिक छ।

स्पेनका लागि दोस्रो विश्वकप उपाधिले यी खेलाडीहरूको नाम राष्ट्रको खेल इतिहासमा स्वर्ण अक्षरले लेखिनेछ। पोर्चुगल जस्तो खतरनाक टोलीलाई थोरै अवसरमा सीमित राख्नुले स्पेन यो पटक अन्त्यसम्म जान सक्छ भन्ने थप प्रमाण दिएको छ।

स्पेनले २०१० को विश्वकप जितेको थियो। त्यसपछि लगातार दुई विश्वकप खेलमा उही सुरुआती ११ खेलाडीहरू मैदानमा उतारेको पोर्चुगले यो जितमा भने वैकल्पिक खेलाडीहरूले मौकाको फाइदा उठाउँदै टोलीलाई अन्तिम आठमा पुर्‍याए। फेरान टोरेसको पासमा मिकेल मेरिनोले गरेको गोल फिफा विश्वकपको इतिहासमा दुई स्पेनिस वैकल्पिक खेलाडीहरू मिलेर गोल गरेको मात्र तेस्रो अवसर हो। यसअघि १९८२ मा युगोस्लाभियाविरुद्ध र २०१४ मा अष्ट्रेलियाविरुद्ध यस्तो भएको थियो।

पोर्चुगल पनि यो विश्वकपबाट बाहिरिने जर्मनी, नेदरल्याण्ड्स र ब्राजिल जस्ता फलेन जायन्ट्स (बाहिरिएका ठूला टोली) को सूचीमा थपिएको छ। यी चारै राष्ट्र क्वार्टरफाइनलमा पुग्ने छैनन् भनेर सायद धेरैले अनुमान गरेका थिएनन्। त्यसको सट्टा मोरक्को, नर्वे, र स्विट्जरल्याण्ड वा कोलम्बिया जस्ता टोलीहरू प्रतियोगितामा बाँकी छन्। फ्रान्स, इङ्गल्याण्ड, अर्जेन्टिना र स्पेन अहिले बलिया टोलीका रूपमा देखिएका छन्, जो कम्तीमा सेमिफाइनलअघि एक-अर्कासँग भिड्ने छैनन्।

स्पेनका मिकेल मेरिनो २०२६ विश्वकपमा गोल गर्ने पाँचौँ फरक आर्सनलका खेलाडी हुन्। प्रिमियर लिग च्याम्पियन आर्सनलका धेरै खेलाडीहरूले एउटै विश्वकपमा गोल गरेको यो नयाँ कीर्तिमान हो। मेरिनो बाहेक भिक्टर ग्योकेरेस (स्विडेन), लियान्द्रो ट्रोसार्ड (बेल्जियम), ग्याब्रियल मार्टिनेली (ब्राजिल) र काइ हाभर्ट्ज (जर्मनी) ले पनि यसअघि गोल गरिसकेका छन्।

प्रकाशित: २०८३ असार २३ गते मङ्गलबार १०:०९
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

रसेल र लोकेशको आक्रामक ब्याटिङका बाबजुद विराटनगर पराजित, चितवन ८ रनले विजयी

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ। खेलको अन्तिम चरणमा विराटनगरले लगातार विकेट गुमाउँदा जितको नजिक पुगेर पनि हार...

टस जितेर विराटगरले चितवनलाई दियो पहिले ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले...

एनपीएल क्रिकेट : आज दुई खेल हुँदै 

काठमाडौं। राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा मध्यान्ह १२ बजे चितवन राइनोज र विराटनगर...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना