२०८३ कार्तिक २३ गते आईतबार

टेरामक्स प्रकरण: पूर्वमन्त्री महेश बस्नेतलाई अदालतले किन दियो सफाइ?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २३
Mohan B Basnet

काठमाडौँ: बहुचर्चित टेरामक्स  प्रविधि खरिदमा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री मोहन बहादुर बस्नेतलाई सफाइ दिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ अर्ब २१ करोड रुपैयाँभन्दा बढीको बिगो दाबी गर्दै दायर गरेको मुद्दामा अदालतले बस्नेतको संलग्नता पुष्टि हुने आधार नदेखिएको ठहर गर्दै अदालतले बस्नेतले सफाइ पाउने फैसला गरेको हो।

नेपाल दूरसञ्चार प्राधिकरणले विदेशबाट आउने र नेपालभित्र हुने फोन कल तथा डाटाको ट्राफिक अनुगमन गर्न टेरामक्स प्रणाली खरिद गर्ने योजना बनाएको थियो। यसको मुख्य उद्देश्य टेलिकम सेवामा हुने अवैध भाइबर/ह्वाट्सएप कल बाइपास रोक्नु र राजस्व चुहावट नियन्त्रण गर्नु थियो।

जसका लागि ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार रुपैयाँको खरिद सम्झौता गरिएको थियो, जुन अत्यन्त महँगो भएको अख्तियारको दाबी थियो। सम्झौता हुनुअघि अनिवार्य रूपमा गर्नुपर्ने विस्तृत परियोजना प्रतिवेदन, लागत अनुमान र सम्भाव्यता अध्ययन नगरी सिधै खरिद प्रक्रिया अघि बढाइएको थियो।

तत्कालीन मन्त्री मोहन बहादुर बस्नेतले आफ्नो क्षेत्राधिकार बाहिर गएर प्राधिकरणलाई उक्त प्रणाली खरिद गर्न नीतिगत निर्देशन दिएको र बजेट स्वीकृत गराएको दाबी अभियोगपत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको थियो। खरिद गरिएका उपकरणहरू हालसम्म जडान नभएको र प्रयोगविहीन अवस्थामा थन्किएर बसेका कारण राज्यलाई अर्बौँको नोक्सानी भएको अख्तियारको अभियोग पत्रमा उल्लेख थियो।

उक्त मुद्दामा विशेष अदालतका न्यायाधीशत्रय हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले सोमबार केही अभियुक्तलाई दोषी ठहर गरे पनि बस्नेतसहितका केहीलाई भने सफाइ दिएको हो।

अदालतले मन्त्री बस्नेतलाई सफाइ दिन मुख्यगरी दुईवटा तर्क अघि सारेको छ। पहिलो सर्वोच्च अदालतको परमादेशको पालना र दोस्रो व्यक्तिगत लाभ तथा बदनियत नदेखिएको।

विशेषको फैसलाको संक्षिप्त फैसलाअनुसार टेरामक्स खरिद प्रक्रिया सुरुमा रद्द भएको थियो। तर, बोलपत्रदाता कम्पनी भ्यानराइज सोलुसन्सले सर्वोच्च अदालतमा रिट दायर गरेपछि सर्वोच्चले खरिद प्रक्रिया अघि बढाउन परमादेश जारी गरेको थियो। विशेष अदालतले भनेको छ, ‘सर्वोच्चको आदेश पालना गर्ने सिलसिलामा भएका कामलाई मात्र भ्रष्टाचारको संज्ञा दिन मिल्दैन।’

अख्तियारले मन्त्री बस्नेतले क्षेत्राधिकार बाहिर गएर निर्देशन दिएको आरोप लगाएको थियो। तर, अदालतले ती निर्देशनहरूबाट बस्नेतले व्यक्तिगत रूपमा अतिरिक्त लाभ लिएको वा नेपाल दूरसञ्चार प्राधिकरणलाई हानी नोक्सानी पुऱ्याउने बदनियत राखेको कुरा स्वतन्त्र र वस्तुनिष्ठ प्रमाणबाट पुष्टि हुन नसकेको उल्लेख गरेको छ। ‘प्रमाणको अभावमा कसुरदार ठहर गर्न न्यायोचित हुँदैन,’ फैसलामा भनिएको छ।

बस्नेतसहित यस मुद्दाबाट पूर्व सञ्चार सचिव महेन्द्रमान गुरुङ र नेपाल दूरसञ्चार प्राधकिरणका पूर्वअध्यक्ष पुरुषोत्तम खनालसहित प्रतिवादीहरू अच्युतानन्द मिश्र, सुरेन्द्रलाल हाडा, विजयकुमार राय, रेवतीराम पन्थ, दिपेश आचार्य, सुरेश बस्नेत, हिरण्यप्रसाद बास्ताकोटी, सन्दीप अधिकारी तथा कम्पनी भेनराइज सोलुसन, उक्त कम्पनीका सीईओ जमल अनोउटी, नेपाली एजेन्टहरू दिलिपकुमार गुरुङ र तेजप्रसाद खरेलले पनि सफाइ पाएका छन्।

अदालतले दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, पूर्व सहसचिव धनराज ज्ञवाली र टिकाप्रसाद उप्रेतीलाई भने दोषी ठहर गरेको छ। उनीहरूलाई ६ महिना कैद र ५० हजार रुपैयाँ जरिवानाको सजाय सुनाइएको छ। दिगम्बर झाको हकमा तत्कालीन अवस्थामा सार्वजनिक ओहोदामा बहाल रहेको भन्दै थप सजाय समेत हुने फैसलामा उल्लेख छ। फैसलाको संक्षिप्त पाठ आए पनि पूर्णपाठ आउन भने समय लाग्ने अदालत प्रशासनले जनाएको छ।

प्रकाशित: २०८३ असार २३ गते मङ्गलबार १०:३६
प्रतिक्रिया

थप समाचार

सामाजिक सुरक्षासम्बन्धी कार्यविधि स्वीकृत: श्रमिकको ज्याला खातामा, सामाजिक सुरक्षा अनिवार्य

कार्यविधिअनुसार निर्माण र परामर्श सेवामा रोजगारदाताको २० प्रतिशत सामाजिक सुरक्षा योगदानमध्ये १० प्रतिशत सरकारले व्यहोर्नेछ।

२८ उजुरीमाथिको सुनुवाइपछि सर्वोच्चमा सिफारिस चारै न्यायाधीशको नाम स्वीकृत

काठमाडौँ: सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चारै जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ। सिंहदरबारमा शनिबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित...

आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर सर्वोच्चमा

काठमाडौँ: प्रहरी महानिरीक्षक (आईजीपी)बाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्। आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट पुगेको हो। रिट दर्ता हुन...

माधव नेपालविरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा: के हो जग्गा सट्टापट्टाको विवाद? को–को जोडिए?

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र मन्त्रीहरू डा. मिनेन्द्र रिजाल र डम्बर श्रेष्ठ, मुख्यसचिव स्व. माधवप्रसाद घिमिरे सहित ९७ जनाविरुद्ध साढे ७३ करोडको भ्रष्टाचार मुद्दा दायर भएको छ।

पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध अर्को भ्रष्टाचार मुद्दा

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध अर्को भ्रष्टाचार मुद्दा लिएर विशेष अदालत पुगेको छ। रिजाल टासी इन्ड्रटिजको हदबन्दीभन्दा धेरै जग्गा तत्कालिन...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना