२०८३ कार्तिक ११ गते मङ्गलबार

अर्जेन्टिनाका युवा फरवार्ड जुलियन अल्भारेजले भने: मेस्सी इतिहासकै महान् खेलाडी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २४
ani-20260708055741_693c0191

अर्जेन्टिनाका युवा फरवार्ड जुलियन अल्भारेजले कप्तान लियोनल मेस्सीलाई विश्वकै उत्कृष्ट तथा फुटबल इतिहासकै महान खेलाडीको संज्ञा दिएका छन्। फिफा विश्वकप २०२६ अन्तर्गत इजिप्टविरुद्धको रोमाञ्चक पुनरागमन जितपछि अल्भारेजले मेस्सीको प्रदर्शनको खुलेर प्रशंसा गरेका हुन्।

अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टलाई ३–२ गोलले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो। उक्त खेलमा २–० ले पछि परेको अर्जेन्टिनालाई क्रिस्टियन रोमेरोले ७९औँ मिनेटमा हेडरमार्फत गोल गर्दै अर्जेन्टिनालाई खेलमा फर्काएका थिए। त्यसलगत्तै मेस्सीले ८३औँ मिनेटमा बराबरी गोल गर्दै खेलमा फर्काएका थिए भने इन्जो फर्नान्डेजले इन्जुरी समयमा विजयी गोल गरेका थिए।

खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै अल्भारेजले मेस्सीको प्रदर्शनलाई शब्दमा बयान गर्न कठिन रहेको बताए। ‘लियोका लागि भन्नुपर्ने शब्द नै बाँकी छैनन्। उनले खेलिरहेको यो विश्वकप निकै प्रभावशाली छ। हामी उनलाई सहयोग गर्ने, साथ दिने र उनको साथमा हरेक क्षणको आनन्द लिने प्रयास गरिरहेका छौँ,‘ अल्भारेजले भने, ‘उनी एक लिजेन्ड हुन्। उनी विश्वकै उत्कृष्ट खेलाडी र इतिहासकै महान खेलाडी हुन्।’

इजिप्टविरुद्धको गोलसँगै मेस्सीले विश्वकप इतिहासमा नयाँ कीर्तिमान बनाएका छन्। उनले लगातार नौ विश्वकप खेलमा गोल गर्ने पहिलो खेलाडी बन्ने उपलब्धि हासिल गरेका छन्। जारी विश्वकपमा उनको गोल संख्या आठ पुगेको छ, जुन एउटै विश्वकप संस्करणमा उनको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो।

यो गोलसँगै मेस्सीको विश्वकप करियर गोल संख्या २१ पुगेको छ। तथ्यांक संस्था अप्टाका अनुसार उनी विश्वकपको नकआउट चरणका लगातार ६ खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका छन्। साथै उनले सन् १९३० मा गुइलेर्मो स्टाबिलेले बनाएको अर्जेन्टिनाका लागि एउटै विश्वकपमा ८ गोल गर्ने कीर्तिमानसँग पनि बराबरी गरेका छन्।

तर, खेलको पहिलो हाफमा मेस्सीले पेनाल्टीमा गोल गर्न भने सकेनन्। इजिप्टका गोलरक्षक मोस्तफा शोबेरले उनको प्रहार रोकेका थिए। यससँगै मेस्सी एउटै विश्वकप संस्करणमा दुई पटक पेनाल्टी असफल हुने (टाइब्रेकर बाहेक) पहिलो खेलाडी बनेका छन्। विश्वकप इतिहासमा उनको चार पेनाल्टी असफलता सबैभन्दा धेरै हो।

पेनाल्टीमा चुके पनि मेस्सीले दोस्रो हाफमा आफ्नो प्रभाव देखाए। क्रिस्टियन रोमेरोले ७९औँ मिनेटमा हेडरमार्फत गोल गर्दै अर्जेन्टिनालाई खेलमा फर्काएका थिए। त्यसपछि मेस्सीले पेनाल्टी क्षेत्र बाहिरबाट शक्तिशाली प्रहार गर्दै बराबरी गोल गरे।

इजिप्टमाथिको जितसँगै साविक विजेता अर्जेन्टिनाले उपाधि रक्षा यात्रालाई निरन्तरता दिएको छ। अब क्वार्टरफाइनलमा अर्जेन्टिनाले स्वीट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। एएनआई

प्रकाशित: २०८३ असार २४ गते बुधबार ०२:१२
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

रसेल र लोकेशको आक्रामक ब्याटिङका बाबजुद विराटनगर पराजित, चितवन ८ रनले विजयी

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ। खेलको अन्तिम चरणमा विराटनगरले लगातार विकेट गुमाउँदा जितको नजिक पुगेर पनि हार...

टस जितेर विराटगरले चितवनलाई दियो पहिले ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले...

एनपीएल क्रिकेट : आज दुई खेल हुँदै 

काठमाडौं। राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा मध्यान्ह १२ बजे चितवन राइनोज र विराटनगर...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना