काठमाडौँः गृहमन्त्री सुधन गुरुङसहित ६ जना मन्त्रीले आइतबार भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टर तथा बोडेमा रहेको होल्डिङ सेन्टरको अनुगमन गरेका छन्।
अनुगमनमा गृहमन्त्री गुरुङसँगै भूमि मन्त्री प्रतिभा रावल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादी, स्वास्थ्य मन्त्री निशा मेहता, शिक्षा मन्त्री सस्मित पोख्रेल र श्रम मन्त्री रामजी यादव सहभागी थिए।
शनिबार परेको अविरल वर्षापछि कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ आश्रय लिइरहेका सुकुम्बासीलाई सुरक्षित रूपमा खरिपाटी होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको थियो। सोही अवस्थाको निरीक्षण तथा व्यवस्थापनको अवस्था बुझ्न मन्त्रीहरूको टोलीले खरिपाटी र बोडेस्थित होल्डिङ सेन्टरको अवलोकन गरेको हो।


