काठमाडौँ- सर्वोच्च अदालतले उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने नेविसंघका नेताहरूविरुद्धको मुद्दा फिर्ता नलिन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले मुद्दा फिर्ता लिने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो।
नेविसंघका नेताहरूविरुद्धको मुद्दा फिर्ता लिनुको कारण पेस गर्न पनि सर्वोच्चले सरकारलाई आदेश दिएको छ। आफूमाथि आक्रमण गर्ने नेविसंघका नेताविरुद्धको मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेशको माग गर्दै चलाउने बुधबार सर्वोच्च पुगेका थिए।
चलाउनेमाथि आक्रमण गर्ने नेताविरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेसँगै समाजवादी मोर्चा र बृहत् नागरिक आन्दोलनसमेतले प्रदर्शन गर्दै आएका थिए।


