२०८३ कार्तिक ११ गते मङ्गलबार

मेस्सीको काखदेखि विश्वकप फाइनलको मैदानसम्म: लामिन यामालको अविश्वसनीय यात्रा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २
photo_65e85cda

काठमाडौँ: अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी र स्पेनका युवा स्टार लामिन यामालबीचको सम्बन्ध झण्डै दुई दशक पुरानो एउटा ऐतिहासिक तस्बिरले फेरि चर्चामा ल्याएको छ।

सन् २००८ मा खिचिएको मेस्सी र बच्चा यामालको उक्त तस्बिर अहिले २०२६ फिफा विश्वकप फाइनलअघि विश्वभर भाइरल बनेको छ। मेस्सीले पनि उक्त तस्बिरको संयोगलाई ‘अविश्वसनीय’ भन्दै प्रतिक्रिया दिएका छन्। डी–स्पोट्र्सले सार्वजनिक गरेको भिडियोमा मेस्सीले यामाल सानो बच्चा हुँदा खिचिएको तस्बिर अहिले दुवै खेलाडी विश्वकप फाइनलमा प्रतिस्पर्धा गर्ने अवस्थासम्म आइपुग्नु आश्चर्यजनक भएको बताएका छन्।

‘साँच्चिकै यो तस्बिर अस्तित्वमा हुनु नै अविश्वसनीय कुरा हो। हामीले यो तस्बिर खिच्दा ऊ केवल एउटा बच्चा थियो र अहिले हामी दुवै विश्वकप फाइनलमा प्रतिस्पर्धा गर्दैछौं। यो सबै कुरा नै अविश्वसनीय छ,’ मेस्सीले भनेका छन्।

करिब १८ वर्षअघि बार्सिलोनाका खेलाडी रहेका मेस्सीले क्याटलान पत्रिका डियारियो स्पोर्टले आयोजना गरेको च्यारिटी फोटोसुटमा सहभागी हुँदा यामालसँग भेट गरेका थिए। बार्सिलोनाको ऐतिहासिक क्याम्प नोउ रंगशालामा भएको उक्त फोटोसुटमा २० वर्षीय मेस्सीले शिशु अवस्थाका यामाललाई उनकी आमा शिला एबेना नजिकै राखेर तस्बिर खिचाएका थिए। त्यतिबेला मेस्सी विश्व फुटबलका उदाउँदा खेलाडी थिए भने यामाल भविष्यमा स्पेनका प्रमुख प्रतिभामध्ये एक बन्ने कुरा कसैले कल्पना गरेका थिएनन्।

तर अहिले करिब दुई दशकपछि दुवै खेलाडी विश्वकपको उपाधिका लागि एकअर्काविरुद्ध मैदानमा उत्रने भएका छन्। यो ऐतिहासिक तस्बिर स्वतन्त्र फोटोग्राफर जोन मोनफोर्टले खिचेका थिए। संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ)ले समेत उक्त तस्बिर सार्वजनिक गर्दै मेस्सी र यामालको यात्रालाई विशेष रूपमा उल्लेख गरेको छ।

युनिसेफले सामाजिक सञ्जाल एक्समा लेखेको छ, ‘हो, तपाईंहरूले देख्नुभएको तस्बिर वास्तविक हो। १८ वर्षभन्दा पहिले एउटा बच्चा लामिन यामाल र उनकी आमा शिला मेस्सीसँग युनिसेफको कोष संकलन कार्यक्रममा भेट भएका थिए।’

युनिसेफले मेस्सी र यामाल दुवै मैदानमा मात्र नभई सामाजिक क्षेत्रमा पनि बालबालिकाको हितका लागि काम गरिरहेको उल्लेख गरेको छ। दुवै खेलाडी युनिसेफका सद्भावना दूतसमेत हुन्।

यसैबीच, २०२६ फिफा विश्वकपको फाइनलमा साविक विजेता अर्जेन्टिना र युरोपियन च्याम्पियन स्पेन भिड्दैछन्। यो खेलले अनुभवी महान् खेलाडी मेस्सी र किशोर स्टार यामालबीचको पुस्तान्तरणको प्रतीकात्मक भिडन्तसमेत बन्ने अपेक्षा गरिएको छ।

स्पेनले सेमिफाइनलमा फ्रान्सलाई २–० ले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो भने अर्जेन्टिनाले इंग्ल्यान्डलाई २–१ ले हराउँदै उपाधि भिडन्तमा स्थान बनाएको हो। अर्जेन्टिनाको जितमा खेलको अन्तिम समयमा निर्णायक गोल भएको थियो। मेस्सी फाइनलअघि प्रतियोगिताको गोल्डेन बुट दौडमा शीर्ष स्थानमा छन्। इंग्ल्यान्डविरुद्धको सेमिफाइनलमा दुई असिस्ट गरेपछि उनले फ्रान्सका कप्तान किलियन एमबाप्पेलाई समेत पछि पारेका छन्। एएनआई

प्रकाशित: २०८३ साउन २ गते शनिवार ०१:५०
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

रसेल र लोकेशको आक्रामक ब्याटिङका बाबजुद विराटनगर पराजित, चितवन ८ रनले विजयी

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ। खेलको अन्तिम चरणमा विराटनगरले लगातार विकेट गुमाउँदा जितको नजिक पुगेर पनि हार...

टस जितेर विराटगरले चितवनलाई दियो पहिले ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले...

एनपीएल क्रिकेट : आज दुई खेल हुँदै 

काठमाडौं। राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा मध्यान्ह १२ बजे चितवन राइनोज र विराटनगर...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना