काठमाडौँ- नेपाली खेलाडी अञ्जली तेली विश्व बक्सिङ च्याम्पियनसिपको क्वार्टरफाइनलमा प्रवेश गरेकी छन्। भारतको नयाँदिल्लीमा जारी विश्व महिला बक्सिङ च्याम्पियनसिपअन्तर्गत खेलमा जित निकाल्दै अञ्जली क्वार्टरफाइनल पुगेकी हुन्।
विश्व बक्सिङ च्याम्पियनसिपमा नेपाली महिला खेलाडी पुगेको यो पहिलो पटक हो। यसअघि नेपाली महिला कहिल्यै पनि विश्व बक्सिङको अन्तिम आठमा पुग्न सकेका थिएनन्।
सोमबारको खेलमा तेलीले हाइटीकी खेलाडीलाई ५–० ले हराउँदै क्वार्टरफाइनल यात्रा तय गरेकी हुन्। अब उनले क्वार्टरफाइनलमा बेलारुसकी खेलाडीसँग मार्च २२ मा प्रतिस्पर्धा गर्ने छिन्।


