२०८३ साउन ११ गते सोमबार

विदेशबाट फर्किँदा सुन ल्याउन सहज, सादा औँठी र सिक्री ल्याउँदा नागरिकले सास्ती नपाउने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ५
Airport_Tribhuwan (8)

काठमाडौँ: प्रवासबाट फर्कने नेपालीहरूले सुन ल्याउँदा सास्ती नपाउने भएका छन्।  सरकारले आर्थिक ऐनको प्रावधानमा महत्त्वपूर्ण संशोधन गर्दै सादा स्वरूपका सुनलाई समेत गहनाकै मान्यता दिने निर्णय गरेको हो। यससँगै विमानस्थलमा यात्रुले भोग्दै आएको प्रशासनिक झन्झट हट्ने भएको छ।

यसअघि, आर्थिक ऐनको अनुसूचीमा सामान्य आकार मात्र दिएर बनाइएका बेरुवा औँठी, बाला र सिक्रीलाई गहनाको रूपमा मान्यता नदिने प्रावधान थियो। यही प्रावधानलाई आधार बनाएर भन्सारका कर्मचारीहरूले यात्रुको गहनामा रसायन प्रयोग भए/नभएको भन्दै परीक्षण गर्ने र अनावश्यक दुःख दिने गरेको सुनिन्थ्यो।

नयाँ व्यवस्थाले उक्त प्रतिबन्धात्मक प्रावधानलाई हटाइदिएको छ, जसले गर्दा अब गहनाको स्वरूपमा रहेको सुनलाई कुनै वर्गीकरण नगरी सिधै पास गरिने भएको छ।

पुरानो कानुनी व्यवस्था अनुसार, बुट्टा नभरिएका वा रसायन प्रयोग नगरिएका सुनका वस्तुलाई गहना नभई सुनको ढिक्का (बुलियन) सरह मानिन्थ्यो। यसले गर्दा वैदेशिक रोजगारीबाट फर्कने श्रमिकहरूले आफ्नो कमाइबाट ल्याएको सानो परिमाणको सुन पनि जफत हुने वा चर्को जरिवाना तिर्नुपर्ने अवस्था थियो। अब भने गहना जस्तोसुकै स्वरूपको भए पनि तोकिएको परिमाणभित्र रहे भन्सारले गहना नै स्वीकार्ने छ।

कति ल्याउन पाइन्छ?
नयाँ मापदण्ड अनुसार पनि वैधानिक सीमा भने यथावत राखिएको छ। विदेशबाट आउने नेपाली पुरुषले २५ ग्राम र महिलाले ५० ग्रामसम्म सुनका गहना पूर्णतः निःशुल्क (महसुल नलाग्ने गरी) ल्याउन पाउनेछन्। सोभन्दा बढी थप ५० ग्रामसम्म प्रचलित भन्सार दर बुझाएर ल्याउन सकिनेछ भने त्यसभन्दा माथिको थप ५० ग्राममा प्रचलित महसुलका साथै अतिरिक्त ३ प्रतिशत जरिवाना लाग्ने कानुनी व्यवस्था छ।

भन्सार प्रक्रिया सहज बनाइए पनि यसले तस्करीको नयाँ ढोका खोल्न सक्ने भन्दै अधिकारीहरूले सचेत गराएका छन्। जटिल बुट्टा भर्नु नपर्ने भएपछि बेरुवा गहनाका नाममा व्यावसायिक प्रयोजनका लागि सुन ओसारपसार हुनसक्ने जोखिम बढेको छ। विमानस्थल भन्सारका अनुसार, पछिल्लो समय झिटिगुन्टा सुविधा मार्फत भित्रिने सुनको परिमाणमा केही वृद्धि देखिएको छ, जसले बैंकहरू मार्फत हुने आधिकारिक आयातलाई केही हदसम्म प्रभावित पार्न सक्छ।

प्रकाशित: २०८३ साउन ५ गते मङ्गलबार ०७:०५
प्रतिक्रिया

थप समाचार

डिजिटल वालेटमा राष्ट्रिय परिचयपत्र अनिवार्य, असोजभित्र अद्यावधिक गर्नुपर्ने, नगरे के हुन्छ?

राष्ट्रिय परिचयपत्र प्राप्त गरिसकेका नेपाली नागरिकले पनि सोही अवधिभित्र आफ्नो वालेट खातामा राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गर्नुपर्नेछ।

आर्थिक सुधारका नीतिगत र कानुनी जटिलता ‘मिसन मोड’मा फुकाउनुपर्छ: अर्थमन्त्री वाग्ले

काठमाडौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटले घोषणा गरेका आर्थिक सुधारका नीतिगत र कानुनी जटिलताका विषय मिसन मोडमा फुकाउनुपर्ने बताएका छन्। बिहीबार (हिजो) मन्त्रालयमा आयोजित आर्थिक वर्ष...

कच्चा तेलसँगै डलरको ग्राफ लाग्यो उकालो, महंगी बढाउँदै

काठमाडौं। विश्व बजारमा कच्चा तेलसँगै अमेरिकी डलरको मूल्य ग्राफ पुनः उकालो लागेको छ। पश्चिम एसियामा अमेरिका र इरानबीच पुनः युद्ध सुरु भएपछि तेल आपूर्तिमा अवरोध आउँदो ब्यारेलको १०० डलर माथि...

आगामी चार बजेटमार्फत  सरकारले चाहेको अर्थतन्त्रको आधार देखिन्छ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार निरन्तर प्रयासरत रहेको बताएका छन्। कर प्रशासनलाई पारदर्शी, प्रभावकारी र विश्वसनीय बनाउन सके नेपाल...

पोखरा र भैरहवाका एयरपोर्ट सञ्चालन गर्न सरकारले लियो यस्तो नीति

काठमाडौँ: सरकारले निर्माण सम्पन्न भएर नियमित सञ्चालनमा आउन नसकेका दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चनलनका लागि नयाँ नीति लिएको छ। बुधबार बसेको  मन्त्रिपरिषद् बैठकले २०८५ साल भदौ मसान्तसम्म...
sebon adakshya
शेयर बजार

सेबोनमा अड्किए १०४ कम्पनीका आईपीओ, छैन अनुमति दिने छाँटकाँट

हाल विभिन्न क्षेत्रका १०४ वटा कम्पनी आईपीओ निष्कासनको स्वीकृतिको प्रतीक्षामा छन्। पाइपलाइनमा रहेका कतिपय कम्पनीले तीन वर्षभन्दा लामो समयदेखि अनुमति पाउन सकेका छैनन्।
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
oil
उद्योग

नेपालबाट खानेतेल आयात रोक्न भारतीय उद्योगीको दबाब, उद्योग संकटमा परेको दावी

सन् २०२५ मा नेपालबाट भन्साररहित खाद्य तेलको आयात ५४८ प्रतिशत बढेको जिकिर गर्दै एसोसियसनले तत्काल कदम चाल्न सरकारसँग माग गरेको हो। एसोसियसनका अनुसार, अघिल्लो वर्षको तुलनामा नेपालबाट खानेतेल...
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
fifa_cup
खेलकुद

विश्वकप टिम बढाएर ६४ पु्र्‍याउने फिफाको तयारी, फुटबल उद्योग ध्वस्त पार्न लागेको आरोप

फिफाले ४८ टोलीलाई परीक्षणको रुपमा लिएको जानकारी दिएका बेला आगामी चार वर्षपछि हुने विश्वकपमा ६४ मुलुक पुर्याउने चर्चा चलेपछि यसको विरोध सुरु भएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना