काठमाडौँ: सरकारले निर्माण सम्पन्न भएर नियमित सञ्चालनमा आउन नसकेका दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चनलनका लागि नयाँ नीति लिएको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले २०८५ साल भदौ मसान्तसम्म पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय उडानका लागि पार्किङ, ल्याण्डिङ र न्याभिगेसन शुल्कमा शतप्रतिशत छुट दिने निर्णय गरेको छ।
यस्तै, नियमित अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीलाई ग्राउण्ड ह्याण्डलिङ शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने निर्णय पनि सरकारले गरेको छ।
