२०८३ कार्तिक १४ गते शुक्रबार

वेस्ट इन्डिजसँग १०१ रनले नेपाल पराजित

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ७
west_indies

काठमाडौँ- नेपालले वेस्ट इन्डिजसँग १०१ रनको हार बेहोरेको छ। ३४० रनको लक्ष्य पछ्याएको नेपाल ४९ ओभर चार बल खेल्दै सबै विकेट गुमाएर २३९ रनमा समेटिएपछि नेपालले १०१ रनको हार व्यहोरेको हो।

नेपालका लागि आरिफ शेखले सर्वाधिक ६३ रन बनाएका थिए। तर खेलभर नेपाल वेस्ट इन्डिजको दबाबमा रह्यो। यससँगै नेपालले आईसीसी विश्वकप छनोटमा आफ्नो दोस्रो हार व्यहोरेको छ।

नेपालका ओपनर कुशल भुर्तेललाई अल्जारी जोशेफले र तेस्रो नम्बरमा मैदान पसेका भीम सार्कीलाई ज्यासन होल्डरले आउट गराएका थिए। यसरी जिम्बावेमा भइरहेको छनोटको तेस्रो खेलमा नेपालले दुई विकेट गुमाएर ब्याटिङमा कमजोर सुरुआत गरेको थियो।

नेपालले २३ रन बनाउँदै दुई विकेट गुमायो र मैदानमा टिकेर खेल्न सकेन। ओपनर कुशलले पाँच रन मात्र बनाउन सके भने भीमले पनि सात बल खेलेर दुई रन जोडे। खेलमा आसिफ शेखले २८, रोहित पौडेलले ३० र कुशल मल्लले २ रन बनाए।

दिपेन्द्र सिंह ऐरीले २३, सन्दीप लामिछानेले १ र गुल्सन झाले ४२ रन बनाएका थिए।

नेपालविरुद्ध वेस्ट इन्डिजका ज्यासन होल्डरले तीन विकेट लिँदा अल्जारी जोशेप, किमो पउल र अकिल होसेनले समान दुईदुई विकेट लिए। केलीले पनि एक विकेट गिराए।
पहिलो पारीमा नेपाली फास्ट बलर करण केसीले वेस्ट इन्डिजको पहिलो विकेट लिएको केही समयमै युवा बलर गुल्सन झाले नेपालका लागि दोस्रो विकेट गिराए। पावर प्ले सकिएपछि बलिङमा देखिएका सन्दीप लामिछानेले पनि खेलको १६ औं ओभरमाविकेट लिएका थिए।

वेस्ट इन्डिजका प्रभावसाली ब्याटरहरु ज्यासन चार्ल्स, केली मयर्स र ब्रन्डन किंग आउट भएपछि नेपाली बलिङले केही राम्रो सुरुआत पाएको थियो। यता, वेस्ट इन्डिजले भने ५५ रन मात्र बनाउँदा तीन विकेट गुमाइसकेको थियो।

तर, त्यसपछि मैदानमा निकोलस पुरन र साही होपले नेपाली बलिङ युनिटलाई नै नाकाम बनाइदिए। उनीहरुले नेपालविरुद्ध सानदार सतक नै प्रहार गरे।

होपले शतक पुरा गरेको केहीमिनेटमै निकोलस पुरनले पनि सतकप्रहार गरेर वेस्ट इन्डिजको अंकलाई २७१ रनमा पुर्याएका थिए। खेलमा सात ओभर बाँकी रहँदा निकालेस पुरन आउट भए। खेलको पहिलो पारीमा वेस्ट इन्डिजले सात विकेट गुमाउँदै २३९ रन बनाएपछि नेपालले ३४० रनको लक्ष्यपाएको थियो।

नेपालका लागि ललित राजवंशीले तीन विकेट लिएभने करण, गुल्सन, सन्दीप र दिपेन्द्र सिंह ऐरीले समान एकएकविकेट लिए।

गुल्सनले आफ्नो पहिलो तथा खेलको पाँचौ ओभरमा वेस्ट इन्डिजको ज्यासन चार्ल्सलाई आउट गराए भने चार बलमा एक रन बनाएका केली मयर्सलाई करणको बलमा कुशल भुर्तेलले क्याचआउट गराएका थिए।

तेस्रो नम्बरमा मैदान प्रवेश गरेका ज्यासनले ६ बल खेल्दाकुनै रन जोड्न सकेका थिएनन्। उनलाई झाले विकेट किपर आसिफ शेखको हातबाट क्याच गराए। दोस्रो विकेट गुमाउँदा वेस्ट इन्डिजको खातामा ९ रन थियो। चार बलमा एक रन बनाएका केली मयर्सलाई करणले पवेलियन फर्काएका थिए।

त्यस्तै, बलर सन्दीप लामिछानेले वेस्ट इन्डिजका ओपनर ब्रान्डन किंगलाई आउट गराएका थिए। ४२ बलमा ३२ रन बनाएका किंगलाई लामिछानेले १६ औं ओभरको तेस्रो बलमा आउट गराएका हुन्।

१६ औंओभर पछिको बलिङले विकेट लिन सकेन। बरु साही होप र निकोलस पुरनले उत्कृष्ट पारी खेले। नेपालविरुद्ध वेस्ट इन्डिजले २२ औं ओभरमा सय रन पुरा गरेको थियो।

धेरै प्रयास गर्दा पनि नेपाली बलरले उनीहरुको साझेदारी तोड्न सकेनन्। उनीहरु दुवैले सतकप्रहार गरे। १०७ बलमा सातचौका र दुई छक्काका साथ सतक पुरा गरेकाहोपले १३२ रन बनाए। मैदानमा चौथो नम्बरमाप्रवेश गरेका होप र पाँचौ नम्बरमा प्रवेश गरेका पुरनले सँगसँगै शतक प्रहार गरेका हुन्।

निकोलसले भने ८१ बलमा सतक पुरा गरेका भने खेलअवधिभरी १० चौका र चार छक्काको सहयोगमा ११५ रन बनाए। जिम्बावेको राजधानीमा रहेको हरारे स्पोर्टस् क्लबमा सम्पन्न खेलको ४४ औं ओभरमा दिपेन्द्र सिंह ऐरीले यि खेलाडीको साझेदारी तोडेका थिए। तर बाहिरिनु अघि उनीहरुले दोहोरो शतकको साझेदारी गरिसकेको थिए।

टिमको स्कोर २७१ भएपछि ऐरीको बलबाट निकोलस आउट भए। रोमन पावेल (२९ रन)लाई ललितले डगआउट फर्काएदिए। किमो पावेल पनि ललितकै शिकार भए। उनले एक रन मात्रबनाउन सके। त्यस्तै, होपलाई पनि ललितले नै आउट गराएका थिए। उनले १० चौका र तीन छक्का चट्काए।

प्रकाशित: २०८० असार ७ गते बिहिबार ०८:४९
प्रतिक्रिया

थप समाचार

आर्या फार्मास्युटिकल्स र नेपाल प्रिमियर लिगबीच तीनवर्षीय सहकार्य

काठमाडौँः आर्या फार्मास्युटिकल्सले नेपाल क्रिकेट संघ (क्यान) र नेपाल प्रिमियर लिग ९एनपीएल० सँग तीनवर्षीय सहकार्य गर्ने भएको छ। कम्पनीले आफ्नो स्थापनाको ३०औँ वर्षका अवसरमा एनपीएलसँग स्वास्थ्य...

मोइन अलीको अर्धशतकसहित काठमाडौँविरुद्ध जनकपुरको सहज जित

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ। जनकपुरले काठमाडौँ गोर्खाजलाई ८ विकेटले हराएको हो। जितका लागि पाएको...

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

एनपीएलले बढायो होटलहरूको कारोबार

काठमाडौँ: कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)ले काठमाडौंका होटल तथा पर्यटन व्यवसायमा आर्थिक गतिविधि बढाएको छ। यसवर्षको एनपीएलमा नेपाल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना