२०८३ कार्तिक ११ गते मङ्गलबार

प्रवासी नेपालीलाई अर्थमन्त्रीले भने: ढुक्क हुनुहोस्, एक पटकको नेपाली सधैँको नेपाली

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १०
photo-1_dd55ef40

काठमाडौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने सरकार र आफ्नो पार्टीको मान्यतामा विश्वस्त रहन आग्रह गरेका छन्। उनले विदेशमा रहेका नेपालीहरूलाई नेपालको आर्थिक विकास र लगानी विस्तारका महत्त्वपूर्ण साझेदारका रूपमा अघि आउन पनि आह्वान गरेका छन्।

अस्ट्रेलियास्थित नेपाली युवा उद्यमीहरूले आयोजना गरेको एक सम्मेलनलाई शनिबार भर्चुअल सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले सरकारले गैरआवासीय नेपालीसँगको सम्बन्धलाई थप सुदृढ बनाउने नीति लिएको बताए।

‘एक पटकको नेपाली, सधैँको नेपाली भन्ने हाम्रो मान्यता स्पष्ट छ। त्यसमा ढुक्क हुनुहोस्,’ उनले भने। उनले प्रवासमा रहेका नेपालीहरूलाई नेपालको विकास र लगानी विस्तारका ‘सद्भावना दूत’ को संज्ञा दिँदै नयाँ सरकारले सुशासनको आधार निर्माण र आर्थिक विकासका लागि नयाँ अवसर सिर्जना गरिरहेको बताए। त्यसमा गैरआवासीय नेपालीको सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो।

अर्थमन्त्री वाग्लेले चालु आर्थिक वर्षको बजेटमार्फत कर प्रणाली, राजस्व परिचालन, बजेट वितरण तथा लगानी वातावरणमा सुधारका पहल गरिएको उल्लेख गर्दै नेपालमा थप वैदेशिक तथा प्रवासी नेपालीको लगानी भित्र्याउने अपेक्षा सरकारको रहेको बताए। नेपालमा गरिएको लगानीको प्रतिफल सहज रूपमा फिर्ता लैजान सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाउँदै उनले अस्ट्रेलियासहित विदेशमा रहेका नेपालीहरूलाई आफ्नै वा विदेशी लगानी नेपाल भित्र्याउन पहल गर्न आग्रह गरे।

‘डायस्पोरालाई नेपालमा लगानी ल्याउन सहजीकरणका महत्त्वपूर्ण ढोकाहरू खोलिएका छन्। तपाईंहरू हाम्रो सद्भावना दूत हुनुहुन्छ। आफैँले कमाएको वैध र विदेशी लगानी नेपालमा ल्याउन तपाईंहरू सबैभन्दा प्रभावकारी सहजकर्ता हुनुहुन्छ,’ उनले भने।

उनले सरकारले गैरआवासीय नेपाली लक्षित एनआरएनए बन्ड, अफसोर बन्ड तथा वैकल्पिक वित्त परिचालन जस्ता रूपान्तरणकारी अवधारणाहरू अघि सारेको उल्लेख गर्दै ती व्यवस्था नेपालमा लगानी विस्तार गर्ने उद्देश्यले ल्याइएको स्पष्ट पारे।

सरकारी कोषभन्दा बाहिरका स्रोतसमेत परिचालन गरेर अर्थतन्त्रको पुनरुत्थान गर्ने लक्ष्य रहेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले सरकारले थप गर्नुपर्ने सहजीकरणका विषयमा प्रवासी नेपालीहरूबाट स्पष्ट सुझाव दिन पनि आग्रह गरे।

प्रकाशित: २०८३ साउन १० गते आईतबार ०९:४९
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना