२०८३ कार्तिक १२ गते बुधबार

सुनसरी घटना: प्रधानमन्त्रीले मध्यराति स्टाटस लेखे, सर्वदलिय बैठक न डाके न सहभागी भए

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १३
balen_5ed2a734

काठमाडौँ: सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपले उग्ररूप लिँदै सामाजिक सद्भाव भड्किएको छ। त्यसपछि अवस्था तनावपूर्ण बन्दै गएपछि प्रतिपक्षी दलहरू र सर्वसाधारणले सरकारको जवाफदेहिता खोजिरहेका छन्।

यसैबीच बुधबार बिहान सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वदलिय बैठक राखे। सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा सम्पन्न बैठकमा लामिछानेसहित नेपाली कांग्रेसका सभापति गगन थापा, संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, एमाले महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका आर्यन राई, राप्रपाका अध्यक्ष राजेन्द्र लिंदेन, सांसद खुस्बु ओली, जनमत पार्टीका अध्यक्ष सीके राउतलगायतका नेताहरू सहभागी भए।

तर उक्त बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङ भने उपस्थित भएनन्। सामाजिक सञ्जालमा प्रधानमन्त्री शाहले आफैँ सर्वदलिय बैठक डाक्नुपर्नेमा सहभागी समेत नभएको भन्दै आलोचना भएको छ।

बुधबार बिहान सम्पन्न सर्वदलिय बैठकमा प्रतिपक्षी दलका नेताहरूले पनि यसबारे प्रश्न गरेका छन्। कांग्रेस सभापति गगन थापाले बैठकमा यस्तो संकटको वेला प्रधानमन्त्रीले भाउ खाएर बसेको भन्दै आलोचना गरे। उनले प्रश्न गरे, ‘यस्तो बेलामा पनि प्रधानमन्त्रीले भाउ खाएर बस्ने हो? यस्तो बेलामा पनि प्रधानमन्त्री ठालु भएर बस्ने हो? सबैसँग सम्पर्क गर्ने, सबै पक्षलाई जोड्ने र सबैलाई समेटेर अघि बढ्ने प्रयास गर्नुपर्दैन?’
सबै राजनीतिक दल र स्थानीय तथा प्रदेश सरकारसँग संवाद गर्नुपर्ने उनको भनाइ थियो।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीले राष्ट्रपतिसँग समन्वय गरी सर्वदलीय छलफलको पहल गर्नुपर्नेमा त्यो नगरेर जिम्मेवारीबाट पन्छिएको भन्दै आपत्ति जनाए।

यस्तै नेकपा माओवादी केन्द्रका संयोजक प्रचण्डले सरकारको प्रस्तुति  अपेक्षाअनुसार प्रभावकारी नदेखिएको भन्दै आलोचना गरे। संविधान निर्माणदेखि बाढीपहिरो र भूकम्पसम्मका संकटका वेला राजनीतिक दलहरूबीच साझा सहमति र राष्ट्रिय एकता भएको उदाहरण दिँदै उनले त्यही परिपक्वता, संवाद र जिम्मेवारी अहिलेको सरकारमा हुनुपर्ने उनले बताए।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले यस्तो संवेदनशील विषयको पहल राजनीतिक दलले नभइ सरकारले गर्नुपर्ने भनाइ राखे। सरकारले किन पहल नगरेको भन्दै उनले प्रश्न गरे।  बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले थप धारणा राखे। उनले सरकारले अभिभावक छ भन्ने प्रत्यानुभूति गराउन सक्नुपर्ने बताए।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार आफ्नो जिम्मेवारीबाट पन्छिएको आरोप लगाए। उनले सरकारले सर्वदलिय पहल नगरी किन पन्छिएको भन्दै बैठकमा प्रश्न गरे।

यसैगरी जनता समाजवादी पार्टीका नेता प्रकाश अधिकारीले बैठकमा सरकारका प्रतिनिधि खोई भनेर प्रश्न गरेका थिए। उनले सर्वदलिय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री उपस्थित नभएको र प्रतिनिधिसमेत नपठाइएकोमा आपत्ति जनाए।

जनमत पार्टीका अध्यक्ष डा सीके राउतले यस्तो संवेदनशील विषयमा पनि प्रधानमन्त्री मौन रहनु दु:खद् भएको बताए।

यता सभापति लामिछानेले भने प्रधानमन्त्री र गृहमन्त्रीले गम्भीरताका साथ काम गरिरहेको भन्दै बचाउ गरे। सर्वदलिय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अहिले चर्का कुरा गर्ने नभइ शान्ति सद्भाव कायम गर्नुपर्ने समय भएको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीले गम्भीर भएर काम गरिरहेको दावी गरे।

सामाजिक सञ्जालमा चौतर्फी आलोचना भएपछि मंगलबार राति भने प्रधानमन्त्री शाहले फेसबुमा एउटा स्टाटस राख्दै सामाजिक सद्भाव कायम राख्न आह्वान गरेका थिए। सुनसरीमा भएका घटनाक्रमबाट दु:खी भएको बताउँदै उनले यो घटनाबाट पाठ सिकेर फेरि यस्ता घटना हुन नदिन सरकारले तत्काल आवश्यक निर्णय गरिरहेको उनले बताएका छन्।

उनले भनेका छन्–

नमस्कार। मलाई थाहा छ, मन दुख्नु सामान्य कुरा होइन। तर सुनसरीमा भएको सामान्य घटनामा मन दुखेको कुराबाट आक्रोशित हुँदा ज्यान गुम्ने अवस्था पुग्यो। समाज भाँडिने र एकले अर्कोलाई देख्दा डराउने अवस्थामा पुग्यो। मानवता बोकेको कसैले पनि चाहेको अवस्था यस्तो होइन। तर पनि घटनाक्रमहरू अशान्त भए।

प्रधानमन्त्रीकारूपमा मात्र होइन, यही देशका नागरिककारूपमा म सुनसरीमा भएका घटनाक्रमबाट दु:खी छु। मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। घाइतेहरूको चाँडो स्वास्थ्य ठिक होस् भन्ने कामना गर्दछु। यो घटनाबाट गुमाएका परिवारहरूको दुख मैले महसुस गरेको छु। सरकारले सक्दो चाँडो न्याय र क्षतिपूर्ति उपलब्ध गराउनेछ। फेरि त्यस्तो नहोस् भन्नका लागि यसका कसुरदारहरूलाई कानुन बमोजिम कारबाही गरिने विश्वास दिलाउन चाहन्छु।

यो घटनाबाट हामीले पाठ सिकेर फेरि यस्ता घटना हुन नदिन सरकारले तत्काल आवश्यक निर्णय गरिरहेको छ। घटनाको सुरुवातदेखि नै सरकारले आफ्नो उपस्थिति देखाएको छ तर ति पुग्दो भएनन्। सुरक्षाकर्मीको गोलीले नागरिकको ज्यान गुम्यो, घाइते भए। सुरक्षाकर्मीको तर्फबाट यस्तो क्षति हुनु कुनै पनि हालतमा सामान्य कुरा होइन। यसबारेमा अनुसन्धान सुरू भइसकेको र कानुनबमोजिम कारबाही हुने कुरा म जानकारी गराउँछु। सरकार छ र दोषीमाथि कारबाही हुनेछ भन्ने विश्वास यो सरकारले दिलाउनेछ। सम्पुर्ण घटनाकाबारेमा सरकारले गम्भिर भएर समिक्षा गरेको छ। तपाईहरुले फेरि यस्ता घटना हुन नदिन सरकारले चाल्ने कदमकाबारेमा गम्भिर र जिम्मेवार कदमको महसुस गर्नु हुनेछ।

मृतकका परिवार, घाइते तथा घाइतेका परिवारहरूलाई न्यायको अनुभूति गराउनका लागि सरकारले आफ्नो पुरा शक्ति लगाएर चाँडो भन्दा चाँडो परिणाम दिनेछ। त्यति बेलासम्मका लागि आफ्नो उत्तेजना, आक्रोश, बदलाको भावनालाई सबैले रोक्नुहोला। हामीलाई धर्मले सिकाउने पनि त्यहि हो।

मान्छेको सबै भन्दा पहिलो धर्म मान्छे जोगाउनु हो। र सरकारको सबैभन्दा पहिलो धर्म आफ्ना नागरिकलाई सुरक्षित बनाएर कसुरदारलाई कारबाही गर्दै पिडितलाई न्याय र क्षतिपूर्ति दिलाउने हो। सरकारले यो सबै काम यथासक्य चाँडो गर्नेछ।

फेरि पनि आग्रह गर्छु, मनमा छन् भने पनि तुष, रिस, डर, आक्रोशलाई हटाउनु होला। उत्तेजित हुने वा गराउने कुनै पनि काममा सरिक नभइदिनुहोला। सुरक्षित र संयमीत भएर बसौँ। एकअर्कालाई प्रेम र सम्मान गरौँ। सामाजिक सद्भाव कायम राखौँ। 

प्रकाशित: २०८३ साउन १३ गते बुधबार ११:११
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना