२०८३ कार्तिक १३ गते बिहिबार

विश्वप्रसिद्ध गढीमाई मन्दिरमा चोरी: चाँदीको मुकुट र सुनका गहनासहित बहुमूल्य सामग्री गायब

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १३
photo-2_027dded4

रौतहट: बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित विश्वप्रसिद्ध धार्मिक पर्यटकीय स्थल गढीमाई मन्दिरमा ताला तोडेर बहुमूल्य गहनाहरू चोरी भएको छ। गत साउन १० गते आइतबार राति अज्ञात समूहले मन्दिरको मूल ढोकाको ताला फुटाई मुख्य देवीको मूर्तिमा रहेका ४ थान बहुमूल्य गहनाहरू चोरी गरेको घटना सार्वजनिक भएको हो।

धार्मिक आस्थाको केन्द्र रहेको गढीमाई मन्दिर जस्तो संवेदनशील र सुरक्षित मानिने स्थानमा भएको यो चोरीको घटनाले स्थानीयवासी, धार्मिक संघसंस्था र सर्वसाधारणमा गम्भीर चिन्ता र आक्रोश पैदा गरेको छ। घटना घटेको चार दिनपछि मन्दिरका मूल पुजारी शिव चौधरीले चोरी भएका गहनाहरूको आधिकारिक विवरण सार्वजनिक गरेका हुन्।

मूल पुजारी चौधरीका अनुसार चोरहरूले मन्दिर भित्र प्रवेश गरी मुख्य देवीलाई चढाइएका ४ थान बहुमूल्य गहनाहरू चोरेर लगेका छन्।

देवीको शिरमा रहने चाँदीको मुख्य मुकुट (टोप), सुनको जलप लगाइएको चाँदीको ऐतिहासिक हार, देवीको गलामा सजाइएको सुनको परम्परागत तिलहरी र मुख्य पूजाआजामा प्रयोग गरिने सुनको हार चोरी भएको उनले जानकारी दिए।

मूल पुजारी चौधरीले मन्दिरको सुरक्षा संवेदनशीलतामाथि प्रश्न उठाउँदै घटनाको निष्पक्ष र सुक्ष्म छानबिन गर्न माग गरेका छन्। उनले दोषीको तत्काल पहिचान गरी कडाभन्दा कडा कानुनी कारबाही गर्न र चोरी भएका बहुमूल्य धार्मिक गहनाहरू यथाशक्य चाँडो बरामद गर्न स्थानीय प्रशासन र प्रहरीसँग जोडदार माग गरेका छन।

घटनाबारे जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय बारा र मातहतका प्रहरी टोलीहरू अनुसन्धानमा जुटेका छन्। जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरका अनुसार मन्दिर परिसर तथा आसपासका क्षेत्रमा जडान गरिएका सिसिटिभी (ऋऋत्ख्) क्यामराहरूको फुटेज संकलन गरी सूक्ष्म विश्लेषण भइरहेको छ।

एसपी कुँवरले भने, ‘हामीले सिसिटिभी क्यामराको फुटेजलाई मुख्य आधार बनाएर अनुसन्धान अगाडि बढाएका छौँ। शंकास्पद व्यक्ति माथि निगरानी बढाइएको छ।’

यद्यपि, घटनामा संलग्न वास्तविक अपराधीहरूको पहिचान भने अझै खुल्न सकेको छैन। प्रहरीले दोषीको खोजी कार्य तथा प्रमाण संकलनको कामलाई अत्यन्त तीव्र गतिमा अघि बढाइएको र चाँडै नै अपराधीहरू कानुनी दायरामा आउने दाबी गरेको छ।

नेपाल र भारत मात्र नभई विश्वभरका हिन्दू धर्मावलम्बीहरूको महान् आस्थाको केन्द्रका रूपमा रहेको गढीमाई मन्दिरमा भएको यो घटनाले आम जनमानसमा चिन्ता उत्पन्न गराएको छ।

हरेक पाँच वर्षमा लाग्ने विश्वकै ठूलो बलिमेलाका रूपमा परिचित यस मन्दिरको सुरक्षा व्यवस्थामा भएको यस्तो गम्भीर कमजोरीप्रति स्थानीय सरोकारवालाहरूले असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले घटनाको सत्यतथ्य तत्काल सार्वजनिक गर्न र मन्दिरको सुरक्षालाई दीर्घकालीन रूपमा भरपर्दो बनाउन माग गरेका छन्।

प्रकाशित: २०८३ साउन १३ गते बुधबार ०५:३२
प्रतिक्रिया

थप समाचार

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

भारत–चीन जोड्ने कर्णाली करिडोर: व्यापार, पर्यटन जलविद्युतको सम्भावना 

सुर्खेत: भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। करिब ५०५ किलोमिटर लामो यो करिडोरले कर्णालीका...

स्पेनमा रेल दुर्घटनाः ६८ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक घोषणा

काठमाडौं। स्पेनमा दुई तीव्र गतिमा कुदिरहेका रेल एकआपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ। यसअघि दुर्घटनामा ५० जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो। स्थानीय समयअनुसार बिहान...

बगर बन्यो धानखेत

रसुवा: उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य धानखेत बगरमा परिणत भएको छ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनासकारी बाढीका कारण उक्त वडाको सम्पूर्ण खेतीयोग्य जमिन बगरमा रुपान्तरण भएको हो। त्रिशूली...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना