काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका छन्। बैठक बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको प्रधानमन्त्रीको सचिवालय सदस्य सुरेन्द्र बजगाईले जानकारी दिए।
बैठकमा सुनसरीमा दुई समुदायबीचको साम्प्रदायिक द्वन्द्वपछि उत्पन्न परिस्थिति र समसामयिक विषयमा छलफल हुनेछ।
राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति र रक्षा सचिव रहने व्यवस्था छ।


