२०८३ कार्तिक २१ गते शुक्रबार

२७ लाखभन्दा बढी स्मार्ट लाइसेन्स वितरणका लागि कार्यालयहरूमा पठाइयो

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १४
photo_a5561059

काठमाडौँ: यातायात व्यवस्था विभागले विगत चार वर्षदेखि रोकिएको सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को छपाइ कार्य सम्पन्न गरी वितरण प्रक्रियालाई तीव्रता दिएको छ।

विभागले एक विज्ञप्ति जारी गर्दै छपाइ मेसिन, जनशक्ति व्यवस्थापन, सफ्टवेयर र स्रोतगत समस्याका कारण लामो समयदेखि थन्किएका लाइसेन्सहरू हालै छपाइ सकिएर सम्बन्धित यातायात कार्यालयहरूमा पठाइएको जानकारी दिएको हो।

विभाग र सुरक्षण मुद्रण केन्द्रबीच भएको सम्झौता अनुसार २०८३ असार मसान्तसम्म छपाइ हुन बाँकी रहेका सबै लाइसेन्सहरू तयार पारिएको छ। प्राप्त विवरण अनुसार, साउन ७ गतेसम्ममा २७ लाख ४७ हजार २५३ थान कार्डहरू हुलाकमार्फत देशभरका सम्बन्धित यातायात व्यवस्था कार्यालयहरूमा वितरणका लागि पठाइसकिएको छ। लामो समयको ढिलाइ र प्रतीक्षाका बाबजुद धैर्यता देखाएकोमा विभागले सेवाग्राहीहरूप्रति आभार समेत प्रकट गरेको छ।

यद्यपि, विभागले म्याद सकिन एक वर्षभन्दा कम अवधि बाँकी रहेका लाइसेन्सहरू भने छपाइ नगरेको प्रस्ट पारेको छ। हाल नवीकरण गर्दा १० वर्ष अवधिको लाइसेन्स प्राप्त गर्न सकिने प्रावधान रहेकोले, एक वर्षभन्दा कम म्याद भएका सेवाग्राहीहरूलाई आफ्नै पायक पर्ने कार्यालयमा गई नवीकरण प्रक्रिया अघि बढाउन विभागले अनुरोध गरेको छ।

लाइसेन्स प्रणालीलाई थप आधुनिक र झन्झटमुक्त बनाउन विभागले केही नयाँ सुधारहरू पनि ल्याएको छ। अब नयाँ लाइसेन्स र नवीकरणका लागि राष्ट्रिय परिचयपत्रमा भएको विवरण प्रयोग गरिने र राजस्व भुक्तानी अनलाइनमार्फत नै गर्न सकिने गरी प्रणालीमा सुधार गरिएको छ। साथै, लाइसेन्समा भएका विवरणगत त्रुटिहरू अब सम्बन्धित कार्यालयबाटै तत्कालै सच्याउन सकिने प्रबन्ध मिलाइएको छ। वैदेशिक रोजगारीमा जानेहरूका लागि भने द्रुत छपाइ र वितरणको विशेष व्यवस्था गरिएको विभागले जनाएको छ।

प्रकाशित: २०८३ साउन १४ गते बिहिबार ०२:०२
प्रतिक्रिया

थप समाचार

oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
dinesh thakali
बैंकिङ

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना