काठमाडौँः प्रधानमन्त्री वालेन्द्र शाहले आज साँझ ६ बजेपछि राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार पछिल्लो समय तराईरमधेश क्षेत्रमा विकसित घटनाक्रम, शान्ति–सुरक्षा अवस्था तथा सरकारले अवलम्बन गर्ने आगामी कदमबारे जानकारी गराउन प्रधानमन्त्री शाहले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्।
यसअघि प्रधानमन्त्री शाहले गृहमन्त्री सुधन गुरुङसँग छलफल गरेका थिए। त्यसपछि गृहमन्त्री गुरुङ स्थलगत अनुगमनका लागि सुनसरी प्रस्थान गरेका छन्।


