काठमाडौँ: अर्थ मन्त्रालयले गठन गरेको वार्ता टोली र लघुवित्तपीडित सघंर्ष समितिबिच आज पुनः वार्ता हुने भएको छ।
बिहीबार भएको वार्ता सकारात्मक र समाधानउन्मुख रहे पनि सरकारी वार्ता टोली र लघुवित्तपीडित संघर्ष समितिबिच आज पुनः वार्ता हुने भएको हो।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्तपीडितसँग वार्ता गर्न समिति गठन गरेका थिए। बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै उनले अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गरेका थिए।


