२०८३ साउन २७ गते बुधबार

वीर अस्पतालमा अनधिकृत छाया निर्देशकको आतंक! प्रधानमन्त्री कार्यालयदेखि अख्तियारसम्म उजुरी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २१
bir_hospital

काठमाडौँ: देशकै प्राचीन र विराट वीर अस्पतालमा अनधिकृत छाया निर्देशको आतंक फैलिएको भन्दै प्रधानमन्त्री कार्यालदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छन्। डा. दीपक कुमार मिश्रले अस्पतालमा अधिकार क्षेत्रबाहिर गएर खरिद, लेखा, प्रशासन र स्टोरमा हस्तक्षेप गरी बिचौलियाको भूमिका खेलिरहेको आरोप उजुरीमा छ।

सोझै निमित्त निर्देशकलाई उनले दबाबमा राखेर स्वास्थ्य क्षेत्रमा मेडिकल माफियासँगको मिलेमतोमा अवैध सम्पत्ति आर्जन तथा गैरकानुनी लगानी गरिरहेको आरोप उनीमाथि छ।

अस्पतालसम्बन्धी व्यापारीसँग उनले करोडौँ रकम असुली गरिरहेको आरोप छ।

अस्पताल सुधार जेएनजी अभियानले उनीमाथि सम्पत्ति शुद्धीकरण, गैरकानुनी रकम आर्जन तथा लगानी छानबिन गर्न प्रधानमन्त्री कार्यालय, स्वास्थ्य मन्त्री, स्वास्थ्य सचिव, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र सम्पत्ति शुद्धीकरण विभागमा छानबिन तथा कारबाही गर्न माग गर्दै उजुरी दायर गरेको छ।

उजुरीकर्ता मध्ये एक जनाले अस्पतालमा उपचार गराउँदाको आफू पीडित समेत रहेको बताएका छन्। उनले भने, ‘डा. मिश्रले आफ्नो तथा श्रीमतीको नाममा स्वार्थ बाझिने गैरकानुनी स्वास्थ्य संस्था स्थापना, सञ्चालन, सञ्चालक, शेयरधनी तथा श्रीमती नताशा मिश्रको नाममा समेत कम्पनी दर्ता तथा सञ्चालन गरेका छन्। अस्पतालमा समेत कार्यविचलन भई अनधिकृत रूपमा विभिन्न शाखामा आफू पुलिस र प्रशासनसँग राम्रो पहुँच छ भन्दै धम्क्याउँदै एकलौटी रकम उठाइरहेका छन्।’

भुक्तानी रकमको १२ देखि १३% कमिसन मिश्रले लिने गरेको दाबी उनले गरे।

यस्तो छ उनीविरुद्ध परेको उजुरी

श्रीमान् कार्यालय प्रमुखज्यू
अख्तियार दुरुपयोग अनुसन्धान आयोग
टङ्गाल, काठमाडौँ।

विषय: राष्ट्रसेवक कर्मचारी भई अवैध रकम आर्जन तथा गैरकानुनी लगानी गरेकोले छानबिन गरी कडा कानुनी कारबाही गरिपाऊँ।

माननीयज्यू,

उपरोक्त विषयमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) मा कार्यरत कर्मचारीले गैरकानुनी कार्य गरेको हुँदा निजको विवरण निम्नानुसार रहेको छ:

नाम, थर: डा. दीपक कुमार मिश्र
ठेगाना: सप्तरी जिल्ला, राजविराज न.पा. वडा नं. ५ (परिवर्तित वडा नं. ८)
हाल: ललितपुर म.न.पा. वडा नं. २८, इमाडोल
क.स.नं.: २५०७२५
नागरिकता नं.: ४५३०, सप्तरी
पद: ब.क. मुटुरोग, नवौँ तह
सह-प्राध्यापक (२०८१/०८/०७)

श्रीमतीको नाम, थर: नताशा मिश्र
ठेगाना: सप्तरी जिल्ला
नागरिकता नं.: २२५०, सप्तरी

अनधिकृत संस्था स्थापना र गैरकानुनी लगानी गरेको संस्थाहरू:

१) रेड प्लस हेल्थ केयर प्राइभेट लिमिटेड
ठेगाना: ललितपुर महानगरपालिका वडा नं. २८
कम्पनी दर्ता नं.: २६४०११–०७७/०७८
मिति: २०७८/०३/१६
स्थायी लेखा नं.: ६१००१७०२१
उद्देश्य: स्वास्थ्य क्लिनिक, औषधि, सर्जिकल सामान आयात, बिक्री वितरण, ठेक्कापट्टा लगायत।

२) इनोभा हार्ट एण्ड हेल्थ केयर सेन्टर प्रा. लि.
ठेगाना: ललितपुर महानगरपालिका वडा नं. २८, इमाडोल
कम्पनी दर्ता नं.: २४७३२०–०७७/०७८
दर्ता मिति: २०७७/०७/२७
स्था. ले. नं.: ६०९८५१२३२
उद्देश्य: स्वास्थ्य परीक्षण, अस्पतालको बोलपत्रमा सरिक भई कार्यहरू गर्ने।

निज डा. दीपक कुमार मिश्रले आफू र आफ्नी श्रीमतीको नाममा नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ५९ मा स्वास्थ्य सेवामा कार्यरत कर्मचारीले स्वास्थ्य क्लिनिक वा अस्पताल वा नर्सिङ होम खोल्न तथा सञ्चालन गर्न नपाउने व्यवस्थाको विपरीत कार्य गरेका छन्।

साथै, नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को नियम ११२ विपरीत, निजामती सेवा ऐन, २०४९ को दफा ४८ (क) मा कुनै बैंक वा कम्पनीको स्थापना, रजिस्ट्रेसन वा सञ्चालनको काममा भाग लिन नपाउने कानुनी व्यवस्थाको उल्लङ्घन गरेका छन्। निजामती सेवा नियमावली, २०५० को नियम १७७ विपरीत तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १४ मा गैरकानुनी व्यापार व्यवसाय गर्ने राष्ट्रसेवकलाई आफ्नो वा अर्काको नाममा कुनै फर्म वा कम्पनी वा संस्थाको हिस्सेदार भएमा कसुर अनुसार कैद वा जरिवाना हुने व्यवस्था छ।

निजामती सेवाका कर्मचारीको आचरण सम्बन्धी नियमावली, २०६५ को नियम ९ ले व्यापार व्यवसाय गर्न नहुने भनेकोमा सो विपरीत, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र अन्तर्गतका निकायमा कार्यरत कर्मचारीको आचारसंहिता २०८३ विपरीत, राष्ट्रिय सदाचार नीति २०८३ विपरीत, भ्रष्टाचार विरुद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना (आ.व. २०८२/८३-२०८७/८८) विपरीत एवं उनी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २०८१/०८/०७ को निर्णय अनुसार सहायक प्राध्यापक (शिक्षक) समेत रहेकाले प्रतिष्ठान शिक्षक नियमावली २०६४ को नियम १०१ को समेत विपरीत संस्था तथा फर्म दर्ता गरी सञ्चालन गर्नु गैरकानुनी छ।

निजले माथि उल्लिखित नियम विपरीत तथा स्वार्थ बाझिने गरी स्वास्थ्य संस्था स्थापना र गैरकानुनी लगानी गरेकोले नियमानुसार सम्पत्ति छानबिन तथा कारबाही गरिपाऊँ।

निजले कम्पनी दर्ता प्रबन्धपत्रमा सञ्चालकको रूपमा हस्ताक्षर गरी कम्पनी रजिस्ट्रारको कार्यालयमा बुझाएको पत्र, शेयर लगत तथा सञ्चालक पत्र र श्रीमती नताशा मिश्र अध्यक्ष तथा सञ्चालक रही नाममा माथि लेखिएका दुवै कम्पनीको शेयर लगत साथै आवश्यक कागजात यसै साथ राखेका छौँ। उनको अन्य स्वास्थ्य कम्पनीमा पनि अवैध लगानी रहेकाले सो विवरण कम्पनी रजिस्ट्रार कार्यालयसँग माग गरी छानबिन गर्नु हुन हार्दिक अनुरोध गर्दछौँ।

पुनश्च
साथै, तत्कालै छानबिन गर्नुपर्ने वीर अस्पतालमा गरिएको अनियमितताको बारेमा: डा. दीपक कुमार मिश्रले अस्पतालमा आफू ‘छाया निर्देशक’ हुँ भन्दै सोझै निर्देशकलाई अनुचित प्रभावमा राखी मुटु विभागमा काम नगरी/नबसी सधैँ निर्देशक कार्यालयमा बसी जबर्जस्ती धम्की दिएर खरिद, लेखा, प्रशासन र स्टोरले पेस गरेको फाइल हेर्ने र सम्बन्धित व्यापारीहरू तर्साउने र कमिसन उठाउने काम गर्छन् भनी स्टोरकै कर्मचारीहरू बताउँछन्। अस्पतालमा अत्यावश्यक सामान कोटेसनमा लिँदा आफूलाई कमिसन दिने फर्मसँग मात्रै लिने गरेको बारेमा लेखाकै एक पूर्व अधिकृतले पनि बताउँछन्।

यसै आर्थिक वर्षको रु. २३ करोड बजेट आफू निकट व्यापारीलाई दिन नसक्ने भएपछि सो बजेट समर्पण गराएका छन्। उनले आफूलाई कमिसन दिने व्यापारीको मात्रै भुक्तानी गराउन आफैँ फाइल बोकेर हिँड्छन्। उनको कुनै भूमिका र आधिकारिक पत्र पनि उनीसँग छैन, तर ‘माथि पुलिस र प्रशासनमा पहुँच छ’ भन्दै सबै उच्चपदस्थ कर्मचारीलाई थर्काएर राखेका छन्। अस्पतालमा अत्यावश्यक औषधिको अभाव छ, न्युरो ओटी र युरो ओटीको सामान बिग्रेर अपरेसनमा बाधा परेको छ, तर मिश्र भने कमिसनको लागि नचाहिने सामान मगाएर स्टोरमा थन्क्याएर राख्छन् तर आवश्यक अस्पतालजन्य सामान भने अभाव छ। गत हप्ता अस्पतालले गरेको करोडौँको भुक्तानीमा डा. मिश्रले एकलौटी रूपमा २३ लाख रुपैयाँ ललितपुरको एक नाम चलेको होटल लगायतमा बोलाएर व्यापारीसँग कमिसन लिएका थिए।

असार पहिलो हप्ता अस्पतालले भुक्तानी गरेको अक्सिजन, चिया खाजा, पानी, फोहोरमैला, लिफ्ट मर्मत, सूचना प्रकाशन भुक्तानी, प्लास्टिक झोला खरिद, infotak करार भुक्तानी लगायतमा अन्यसँग २२,५०,००० बिचौलिया रकम बुझेका थिए। एबीजी जाँचको सामान मगाउँदा एकै पटक १ वर्षका लागि मगाउन लगाएर १२ लाख झ्वाम पारेका थिए। विपन्न गरिब बिरामीलाई प्रयोग हुने मुटुको उपचारमा लाग्ने मेडिकल डिभाइस आफू निकट व्यापारीलाई अनियमित तवरले ठेक्का दिई ठुलो कमिसन खान्छन् भने अब अस्पतालले गर्न लागेको मेडिकल सर्जिकल बोलपत्र तयार गर्न पनि आफैँ हस्तक्षेप गरिरहेको अस्पतालकै चिकित्सकहरू बताइरहेका छन्। कर्मचारी भर्ना तथा म्याद थपमा कर्मचारीलाई डर देखाएर रकम उठाउने गर्दछन्। उनको बिचौलिया कार्यको विरोध गरेमा कर्मचारीलाई आफ्नो पहुँच गृह मन्त्रालय र पुलिससँग सेटिङ छ भन्दै ‘पुलिस र सीआईबी लगाएर केही झुटा मुद्दा र लागुपदार्थ हालेर फसाई दिन्छु’ भन्छन् र गुण्डागर्दी पनि प्रयोग गरिरहेका छन्। अतः निजमाथि हदैसम्मको कारबाही र अवैध सम्पत्ति तथा लगानी छानबिन गरिपाऊँ।

फरियादी
अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली, २०५९
नियम ५, ६ (अज्ञात)

प्रकाशित: २०८३ साउन २१ गते बिहिबार १२:३६
प्रतिक्रिया

थप समाचार

सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल शिक्षण अस्पतालका रूपमा सञ्चालन हुने

कैलाली: सुदूरपश्चिम प्रदेश सरकारले चार वटा प्रादेशिक अस्पताललाई शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका शिक्षण अस्पतालका रूपमा प्रयोग गर्न स्वीकृति दिएको छ । बुधबार बसेको प्रदेश...

सरकारी अस्पतालमा सेवा लिनै सास्ती! अस्पतालमा बिरामीको भीड [तस्बिर]

पछिल्लो समय सरकारी अस्पतालमा सेवा लिनै सेवाग्राहीले सास्ती बेहोरिरहेका छन्। यही समस्या चितवनको भरतपुर अस्पतालमा पनि देखिएको छ। चितवनका निजी अस्पताल र मेडिकल कलेजमा स्वास्थ्य बीमा सेवा बन्द...

भरतपुर अस्पतालमा प्रसूति शय्याको अभाव, म्याट्रेसमा राखेर सेवा दिइँदै

चितवन: भरतपुर अस्पतालमा प्रसूति शय्याको अभाव भएपछि सुत्केरी पश्चातको सेवा ‘म्याट्रेस’ राखेर प्रदान गर्नुपरेको छ। गत असार दोस्रो साताबाट आगामी भदौसम्म अस्पतालमा सुत्केरी सेवा लिनेको उच्च...

नर्भिकको क्षमता विस्तारमा सवा ३ अर्ब लगानी: माघदेखि २७५ शय्या सञ्चालनमा, आईपीओको तयारी

गत वर्षको अप्रिलमा सम्पन्न गर्ने लक्ष्य थियो। २०२३ देखि सेवा विस्तार गर्न नयाँ भवन निर्माण गरिरहेको छ। हस्पिटलको क्षमता बढेपछि २७५ पुग्ने छ। हाल ११६ बेड सञ्चालनमा छ। १५९ बेड थप्न लागेको हस्पिटलले...

आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति

काठमाडौँ:  आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न विवादपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। बुधबार...
bc0f8481-ec15-4af1-998c-442cdfeab0c3
समाज

एलएलएम नतिजामा त्रुटि: ७७ प्रतिशत अनुत्तीर्ण, सबैमा पास भएका धेरै विद्यार्थी विधिशास्त्रमा फेल

काठमाडौँ: त्रिभुवन विश्वविद्यालयको कानुन संकायमा स्नातकोत्तर (एलएलएम) दोस्रो सेमेस्टरको नतिजामा त्रुटि भएको भन्दै विद्यार्थीहरूले पुनःपरीक्षणको माग गर्दै डीन कार्यालयमा निवेदन दिएका छन्।...
arun_subedi
विचार

नियामक निकायले बजारलाई ‘सहजीकरण’ गर्ने हो, ‘नियन्त्रण’ होइन

व्यावहारिक धरातलमा ओर्लिएर नीतिहरू नबनाएसम्म बैंकमा पैसा थुप्रिने तर जनताको हात खाली हुने क्रम जारी रहनेछ। उद्यमीको सम्मान, लगानीको सुरक्षा र करको सरलीकरण नै आजको अर्थतन्त्रको औषधि हो। पुँजीलाई...
norvic pix (2) (1)
शेयर बजार

बुकबिल्डिङबाट आईपीओ ल्याउन लागेको नर्भिक हस्पिटलले सेयरधनीलाई ४२.१० प्रतिशत लाभांश दिने

यही मंगलबार बसेको सञ्चालक समिति बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो। लाभांश पारित गर्त हस्पिटलले आउँदो भदौ १५ मा वार्षिक साधारणसभा बोलाएको छ।
nrn_fund
उद्योग

एनआरएन डेभलपमेन्ट फन्डले पायो डलरमा आईपीओ ल्याउन अनुमति, ५० अर्ब लगानी आउने

सेबोनले धितोपत्र निष्कासन निर्देशिका परिमार्जन गरेर मंगलबार डेभलपमेन्ट फन्डलाई विदेशी मुद्रामा आईपीओ जारी गर्न इजाजत दिएको हो। फन्डमार्फत मुलुकको पूर्वाधार निर्माणमा गैरआवासिय नेपालीको...
mountain_mug
कर्पोरेट

माउन्टेनमग कफी स्कुलसँग स्वर्णिम अनुभवको साझेदारी

काठमाडौं। युवा उद्यमशीलता विकासका क्षेत्रमा सक्रिय रूपमा कार्यरत स्वर्णिम अनुभव प्रालिले माउन्टेनमग कफी स्कुल ललितपुरसँग साझेदारी गरेको छ। माउन्टेनमग कफी ब्रान्डद्वारा सञ्चालित उक्त...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना